एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’, नेपालले के सिक्ने ?

चन्द्रकला कार्की /काठमाडौं – विश्वभर नै आतंक फैलाएको कोरोना भाइरसको संक्रमणको कारण भारतले निकै अप्ठेरो स्थिती गुजारिरहेको छ । हरेक दिन उकालो लागेको संक्रमित र मृतकको ग्राफले खतराको घन्टी मात्रै बजाएको छैन, यस्तो विषम परिस्थितीमा एकले दोस्रोलाई सहयोग गर्ने वातावरण समेत छैन। अवस्था दिनानुदिन बिग्रँदो छ ।

भारतजस्तो देशले घुँडा टेकिसकेको यो परिस्थितीमा नेपालले भारतबाट पाठ सिकेर आफ्ना नागरिकलाई धेरै हदसम्म सुरक्षित गर्न सक्थ्यो तर यसमा सरकार चुकिसकेको छ । कोरोनाको संकटले निम्त्याएको परिस्थितीका कारण नेपालमा दिन प्रतिदिन कठिन स्थिती सिर्जना हुँदै गइरहेको छ । यस्तो विषम अवस्थामा नेपालमा छिमेकी राष्ट्र भारतको नयाँ दिल्लीमा भएका उदाहरणीय कामहरुबाट हामीले तत्काल सिकेर पूर्व तयारी गर्नुपर्छ । अहिले पनि कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि स्वास्थ्य सामाग्री, अस्पतालमा बेड, अक्सिजन, भेन्टिलेटरको त हाहाकार मच्चिरहेकै छ।

अवस्था यतिसम्म अप्ठेरो भएको छ कि, बिरामीलाई अस्पतालसम्म पुर्‍याउन एम्बुलेन्सले पनि पालो नपाएर बिरामीको घरमा नै ज्यान गइरहेको छ । कतिपयले अक्सिजनको कमि भएका कारण अस्पताल जाने क्रममा बाटोमा नै ज्यान गुमाएका छन् ।

भारतको नयाँ दिल्लीमा कोरोनाका बिरामीलाई अस्पतालसम्म पुर्‍याउनको लागी अटो रिक्सालाई अक्सीजन सहितको एम्बुलेन्स बनाएको खबरहरु पढेर स्क्रोल मात्रै गर्नुभन्दा हामीले यस्तो सुरुवाती पाईला चाल्न छाड्नुहुन्न । त्यहाँ टाइसीया फाउन्डेसनका साथ सांसद सन्जय सींहले अटो एम्बुलेन्स शुरु गरेका छन्। अहिले तत्कालको अवस्थामा आकस्मिक सेवाको लागी १० वटा अटो एम्बुलेन्स शुरु भएको छ भने अब चाँडै २० वटा थप्ने तयारी भइरहेको भारतीय सञ्चारमाध्यमले जनाएका छछन् । अझै भविष्यमा यस्तो सेवा थप्दै जाने उनीहरुले सञ्चारमाध्यमसँग बताएका छन्। स्रोत साधन नै नपाएर अकालमा मानिसले ज्यान गुमाउनुपरेको कारण आफूसँग भएको स्रोत साधनलाई सहि तरीकाबाट सदुपयोग गर्न सकिन्छ भनेर अटो एम्बुलेन्स सेवा दिएको उनको भनाई छ।

Auto Ambulance | Free Auto Ambulance Service Launched In Delhi

अप्ठेरोको समयमा शुरुवात गरिएको यो निकै प्रशंसनिय काम हो । नेपालमा दिनानुदिन बढ्दै गएको संक्रमणले अस्पतालमा बेड पाउने र अक्सिजन समेतको समस्या भईरहेकै छ । अक्सिजनको समस्याले हाहाकार मच्चिरहेको समयमा बेड नै नपाएर सयौँ हजारौँ बिरामीको भुईमा राखेर पनि उपचार गर्नु परेको अवस्था छ। १ दिनमा नै ९/ १० हजार संक्रमित थपिन थालेपछि अब बिरामीलाई अस्पतालसम्म कसरी पुर्‍याउने ?  भन्ने झन् चिन्ताजनक विषय बनेको छ । पर्याप्त मात्रामा एम्बुलेन्स नभएर अस्पताल पुग्न नपाई मानिसको ज्यानै जान थालिसकेको छ। त्यसैले जति सक्दो हामीसँग भएको स्रोत साधनलाई सदुपयोग गर्दै नेपालमा पनि यस्ता सेवा सञ्चालन गर्न सकिन्छ।

In India, three-wheelers called 'autos' are becoming ambulances as the health infrastructure crumbles | BusinessInsider India

भारतमा यसरी अटो एम्बुलेन्स चालू गरेर बिरामीलाई सहयोग भईरहेको छ भने नेपालमा पनि एम्बुलेन्सको अभाव भईरहेको परिस्थितीमा लकडाउनका कारणले घरमा थन्किएका व्यक्तिगत गाडीहरुलाई एम्बुलेन्सका रुपमा सेवा दिई उपयोग गर्न सकिन्छ। यसो भन्दैमा मौकाको फाइदा उठाई मनपरी गाडी निकालेर जोखिमलाई झन् धेरै नबढाऔँ। सेवा गर्ने नाममा व्यक्तिगत कामको लागी पनि बाहिर निस्किन सक्ने सम्भावना भएकोले यस्ता गाडीहरुमा सरकारद्धारा नै सिमित साधनलाई मात्र सेवाका लागी खटाइयो भने अहिलेको अवस्थालाई केहि राहत मिल्न सक्छ ।

दिनहुँ ९ हजारको हाराहारीमा संक्रमण थपिरहँदा धेरैजसो बिरामीहरु घरमै आइसोलेटेड भएर बसेका छन् । अहिलेको अवस्था हेर्दा अस्पताल भन्दा घरमै सुरक्षित देखिएतापनि अहिलेको नयाँ भेरीयन्ट एकदमै खतरनाक भएको कारण अक्सिजनको मात्रा कति बेला कमि हुन्छ थाहा नै नहुने भएकोले यस्ता बिरामीहरुको लागी आकस्मिक एम्बुलेन्सको आवश्यकता पर्छ।

देशैभरी बिरामीको चाप बढ्दो अवस्थामा रहेकोले एम्बुलेन्सहरु पर्याप्त नभएका कारण व्यक्तिगत सवारीसाधनलाई एम्बुलेन्सको रुपमा सेवा प्रदान गर्न अति आवश्यक देखिन्छ। संक्रमण दर सँगसँगै मृत्युदर पनि उत्तिकै बढ्दै गइरहेको छ । बढिजसो अस्पतालमा भन्दा रोग लागेपछि अस्पताल नै पुग्न नपाई बिरामीको ज्यान जान थालेको छ। बिरामीको परिवारलाई पनि अस्पताल पुर्‍याउन पाएको भए बाँचिन्थ्यो कि ! भन्ने मनमा खड्किरहन्छ।

त्यसैले यो कार्यमा ढिला गर्नु हुँदैन ।

लेखकबाट थप :

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?