सरकारले ड्रोनबाट डढेलो र वन अतिक्रमण निगरानी गर्ने

लोकपथ
0
Shares
फाइल तस्बिर

काठमाडौं । सरकारले वन डढेलो, अतिक्रमण तथा अवैध क्रियाकलापको निगरानी अब ड्रोन तथा आधुनिक प्रविधिबाट गर्ने भएको छ ।

सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०८३–०८४ को नीति तथा कार्यक्रममा सो कुरा उल्लेख गरिएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले नीति तथा कार्यक्रम बाचन गर्दै आधुनिक प्रविधिको प्रयोग गरी ती क्रियाकलापहरुको निगरानी गर्ने बताए ।

‘वन डडेलो उच्च सतर्कता केन्द्रबाट निरन्तर निगरानी तथा अग्नी नियन्त्रण क्षमता अभिवृद्धि गरिनेछ । ड्रोन स्याटेलाइट तथा आधुनिक प्रविधिमार्फत् डडेलो, वन अतिक्रमण तथा अवैध क्रियाकलापको रियल टाइम निगरानी गरिनेछ,’ नीति तथा कार्यक्रममा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?