शुभम : जहाँका बालबालिकालाई कोरोनाको रत्तिभर प्रभाव परेको छैन !

‘कोभिड – १९’ को महामारीले अस्तव्यस्त बनाएको विभिन्न क्षेत्रमध्ये एक हो – शिक्षा क्षेत्र ।

महामारीको जोखिम बढ्दै गएपछि सरकारले जारी गरेको लकडाउन र लकडाउनको करिब एक वर्षपछि दोस्रो लहर फैलिएसँगै जारी गरिएको निषेधाज्ञाका कारण सबै कामकाज ठप्प रह्यो । अन्य क्षेत्रभन्दा बढ्दा भीडभाड हुने विद्यालय बन्द नै गर्नुपर्ने अवस्था आयो । त्यसपछि शुरु भयो वैकल्पिक शिक्षा सिकाई विधी । यहि विधीबाट सिकाई प्रक्रिया अघि बढ्दै जाँदा शैक्षिक संस्था र तिनका गतिविधी ठप्प छन् । कोरोना कहर झनै बढ्न थालेपछि अनलाईन कक्षालाई नै मुख्य विकल्पको रुपमा पढ्ने र पढाउने काम अहिले पनि जारी छ । शहरी क्षेत्र र इन्टरनेटको पहुँच राम्रो भएको ठाँउमा त कमसेकम अनलाईन कक्षा प्रभावकारी भइरहेको छ तर ग्रामीण क्षेत्र जहाँ इन्टरनेट त के फोन गर्न पनि डाँडामा जान पर्ने बाध्यता छ, यस्ता ठाँउहरुमा अनलाइन कक्षा कसरी चल्छन् होला ? चलेका भए पनि तिनको हविगत के होला ? यसर्थ ग्रामीण क्षेत्रको बालबालिकाको सिकाई प्रभावकारी हुन सकेको छैन ।

***

लकडाउनको समयमा पनि नियमित शिक्षा र सीपमुलक ज्ञान निरन्तर बाँडिरहेको एउटा उदाहरणीय संस्था जसले महामारीको बीचमा जारी भएको निषेधाज्ञाको समयमा झनै प्रभावकारी कार्य सञ्चालन गरिरहेको छ । पत्यार नलाग्न सक्छ तर कोरोना कालअघि जस्तै यहाँ दैनिक काम भइरहेको छ। त्यहाँको स्कुल बन्द पनि भएको छैन । लकडाउनले अझ विद्यार्थीहरुलाई थप सीपयुक्त र व्यवहारीक बनाएको छ।

देशभरका शैक्षिक संस्थाले भोगीरहेको आपत् का बीच खोटाङको दिक्तेलस्थित शुभद्रा मदन फाउन्डेसन (शुभम) जसले व्यवहारीक सीकाई अपनाएको छ । त्यसैले समग्र क्षेत्रले भोगीरहेको समस्या शुभमले भोग्न परेको छैन । कोभीडको महामारीमा पनि त्यहाँको पठनपाठन र सीपमुलक गतिविधि चालू छन् ।

बालबालिकाहरु प्राय एउटा कोठाभित्रै च्यापिएर बस्न बाध्य छन् न साथी भाइसँग भेट्न पाएका छन् न त खेल्न नै अनलाइन कक्षको नाममा मोबाईल, ल्यापटपको स्क्रीनमा टाउको जोत्न बाहेक अरु केहि विकल्प नै छैन । तर शुभम् फाउन्डेसनमा विल्कुलै फरक तबरबाट सीकाईन्छ त्यहाँ किताबमा लेखिएको कुरा घोक्ने भन्दा पनि दैनिक जीवनमा आईपर्ने ‘प्राक्टीकल्ली’ कुराहरु सिकाईन्छ ।

शुभम् का विद्यार्थीहरु पढ्नको लागि भनेर कुनै विद्यालय जान पर्दैन १० कक्षा सम्म संस्था मै विद्यालय खोलिएको छ । शुभममा काभिडसँग लड्ने क्षमता बढाउनको लागी भनेर स्वच्छ हावा, तातो पानी, तातो खाने कुरा, न्यानो लुगा र तातो घाममा प्रयोग गरीरहेको कृषि वैज्ञानिक मदन राईले बताए ।

त्यहाँको दैनिक क्रियाकलाप बिहानको ५ बजे देखी शुरु हुन्छ विद्यार्थीहरु ५ बजे उठ्छन् र आफ्नो आफ्नो क्षेत्रको कामको लागी बिहानदेखी बेलुकासम्म कक्षा कोठा र कृषिबारी मै व्यस्त र खुसी देखीन्छन् ।

शुभमका विद्यार्थीहरु आफूले सक्ने दिनभरी खेतबारीमा, भवन निर्माण, पशुपालन, उत्पादन, व्यवस्थापन मै ब्यस्त रहन्छन् र बेलुका दिनभरी गरेको कामलाई डायरीमा लेख्नुपर्ने नियम अनिवार्य छ । संस्था सञ्चालक तथा कृषि वैज्ञानिक राई थप्छन् । मुख्य कुरा हामीले जान्नुपर्ने भनेको भाषा नै हो त्यो विद्यार्थीहरुले फिल्डमै सिक्छन् ।  यहाँ ४ वटा भाषा सिकाईन्छ । नेपाली, अङ्ग्रेजी, हिन्दी र चिनियाँ। फिल्डमा गरेकै कामलाई फेरि कक्षा कोठामा आएर छलफल गर्ने गरेको राईले बताए । पानी परेको बेला र धैरै जाडो भएको बेला चाहीँ कक्षा कोठामा गएर फिल्डमा गरिएका कामको बारेमा नै छलफल गर्ने गरेको राईको भनाई छ ।

शुभम् फाउन्डेसनमा कृषीका धैरै वटा विभाग छन् वनस्पति कृषी, पशुपन्छी माछा कृषी, उद्योग र निर्माण, भान्छादेखी फूलबारीको काम समेतमा त्यहाँका विद्यार्थी सक्रिय रुपमा संलग्न छन् ।

शुभमले पोहोरको लकडाउनमा सभा करोडको अर्थतन्त्र शिक्षाको लागी ३ तले व्यापार सुपरमार्केट र होटल, रेस्टुरेन्ट बनाएको थियो । र अहिलेको लकडाउनमा पनि करीब ४५ वटा कोठाको ३ तले स्टीलको घर बनाइरहेका छन् । खोटाङ जिल्लाकै सबैभन्दा ठूलो घर बनाउने उद्येश्य रहेको राईको भनाई छ ।

आठ हजार एक सय स्क्वायर फिटको ३ तले घर बनाउँदै छौँ त्यसमा चाहीँ हाम्रो साइन्स टेक्नोलोजी ल्याब, आईटी ल्याब, लाइब्रेरी र माथिल्लो तलामा २० वटा कक्षा कोठा ३ वटा हल बनाउने योजना रहेको सञ्चालक राईले बताए ।

शुभम फाउन्डेसनमा कामको रोटेसन हुन्छ सबै खालको काम सबै विद्यार्थीले गर्न पाउँछन् । कसैले वनस्पती सम्बन्धी कसैले पशुपालन कसैले भान्छाको काम विद्यार्थीलाई भ्याईनभ्याई छ । ५ कक्षा भन्दा तलका स साना नानी बाबुहरुलाई फुलबारीमा फूलहरु गोडमेल गर्ने काम लगाईन्छ तर एउटा मान्छेले एउटै मात्र काम गरीरहने भन्ने चाहीँ हुँदैन । १५ दिन १ महिनामा फरक – फरक काम गर्न लगाईन्छ ।

शुभम् मा अहिले करीब १४० जना विद्यार्थी बस्दै आइरहेका छन् । ४० देखि ५० जना चैत्रमा परीक्षा सकेर घर गएका रहेछन् । कोभिडका कारण आउन पाएका छैनन् । जसमध्ये ५२ वटा जिल्लाका विद्यार्थीहरु रहेका छन् । अहिलेसम्म ६० जातजातिका विद्यार्थीहरु त्यहाँ अध्यनरत छन् । ७७ वटै जिल्लाका विद्यार्थी ल्याउने फाउन्डर राईको योजना छ ।

घोकन्ते शिक्षाले मात्र जीवन धानिँदैन भनेर शुरु गरीएको शुभम् का विद्यार्थीले जोत्ने, खन्ने, बिउ छर्ने, उत्पादन गर्ने देखि कृषीका सबै काम साथै भान्छाका सबै काम सिक्छन् ।

शुभमका विद्यार्थीहरु आफैँ साइकल बनाउँछन् आफै कुदाउँछन् । आफैँ बाइक बनाउँछन् आफैँ गुडाउँछन् । गाडी पनि आफैँ बनाएर चलाइसकेका छन् । अब विस्तारै विद्यार्थीहरुले ड्रोन पनि बनाउदै गरेका छन् ।

शहरका बालबालिकालाई दुध कहाँ बाट आउँछ भन्दा प्याकेटबाट वा पसले अंकलले दिनुहुन्छ भन्छन् तर शुभमका बालबालिकाले आफैँ गाईको रेखदेख गर्नेदेखि गाईभैसीको दुध दोहेको, उनीहरुको स्याहारसुसार सहजै गर्न सक्छन् किनकि त्यहाँ पशुपालनदेखी गाई भैँसीको दुध दुहुने लगायतका सबै काम विद्यार्थीले नै गर्ने गर्छन् । त्यहाँ कोही शुभममा सर विद्यार्थी छैनन् सबै स्वतन्त्र छन् काम सबैले गर्नुपर्छ । सधै काम मात्र गरीराख्ने छैन । शारिरीक व्यायाम, डान्स क्लास परेड सबैे आवश्यकताअनुसार गराइन्छ ।

विद्यार्थीहरुले पढेको कुरा व्यबहारमा उतारी आत्मनिर्भर बन्न सीकाउने शुभम फाउन्डेसन कृषीको लागी आधुनिकता ल्याई विश्वकै नमुना विद्यालय बनाउने सपना बोकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?