काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
जसअनुसार विद्यार्थी ६५ दशमलव ९८ प्रतिशत ग्रेडड अर्थात् उत्तीर्ण भएका हुन् ।
सोमबार साँझ बोर्डले परीक्षा भएको २९औँ दिनमा परीक्षाफल सार्वजनिक गरेको हो ।
गत चैत १९ गतेदेखि २९ गतेसम्म एसईईको परीक्षा भएको थियो ।
यस वर्ष एसईई परीक्षामा ५ लाख १२ हजार ४२१ जना विद्यार्थीले फारम भरेका थिए । नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जनाले परीक्षाका लागि फारम भरेका थिए ।
जसमा दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य ७ जना छन् ।
केहीबेरमा वेबसाइट र बोर्डले तोकेको विभिन्न माध्यमबाट नतिजा हेर्न सकिनेछ ।
यसरी हेर्न सकिन्छ नतिजा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया