२०७८,असार,४,शुक्रवार

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ


चन्द्रकला कार्की/काठमाडौं

टिनीनी… आवाजमा बजेको फोनको घण्टीले तरकारी काट्दै गरेकी प्रिया उठ्छीन् । साँझ ६ बजेको छ ।
चार्जमा राखिएको फोन रिसिभ गर्न उनी पल्लो कोठातर्फ दर्गुछिन् ।

‘सपना कलिङ’ फोनको स्क्रिनमा देखियो ।

‘हेल्लो… सपना’ प्रियाले फोन रिसिभ गरिन् ।
सन्चै छ ?
‘म सन्चै छु, तँ कहाँ हराएको ?’ फोन पनि अफ थियो

सन्चै छ, उताबाट मधुरो स्वर सुनिन्छ । ‘मलाइ अलि सञ्चो छैन यार !’
के भयो ? प्रिया आग्रह गर्छिन् ।

सपनाको फोनबाट आएको सुक्क सुक्क आवाजले प्रिया आत्तिन्छिन् । उताबाट आवाज आउँछ ।

एकदम धेरै टाउको दुखेर सहनै नसक्ने गरी अप्ठेरो महशुस भयो । थकान बढ्यो । पिसिआर गराएको रिपोर्ट पोजेटिभ आयो यार।
प्रिया अनि किन नभनेको त मलाई ?

‘चार दिन भयो, के गर्ने होला ? म एक्लै छु, कोठामा।’ वरिपरिका कोठा बस्नेहरु पनि धेरै गाउँ गएका छन्, यहाँ भएका तर्किन्छन् । विशेक नै नहुने रोग ल्याएको जस्तो व्यवहार गर्छन् । म एक्लो भएकि छु । फेरि अहिलेको भेरियन्ट खतरनाक छ रे ! मर्छु कि बाँच्छु केहि थाहा छैन।’ उनी निकै भावुक सुनिन्छिन् ।

दुई साथीबीच लगभग ३० मिनेट कुरा हुन्छ र फोन काटिन्छ।

***

फोन राखेपछि फेरि चार्जमा राखेर तरकारी बनाउन थालेकी प्रिया त्यतिबेला अवाक् हुन्छिन् जतिबेला केहिबेरअघि कुरा गरेकी मिल्ने साथीले आत्महत्या गरेको खबर आउँछ।

यो एक प्रतिनीधि घटना हो ।

प्रहरीको तथ्यांकअनुसार कोरोना महामारी शुरु भएपछि …………….जनाले आत्महत्या गरिसकेका छन् । तिमध्ये कोरोनाको संक्रमण पुष्टि भएपछि थाहा पाएर, आईसोलेसन बसेकै अवस्थामा आत्महत्या गर्नेको संख्या पनि धेरै छ।

प्रहरीको तथ्यांकअनुसार कोरोनाका बेला भएका आत्महत्याको विवरण : 

प्रदेश जिल्ला मिति लिङ्ग उमेर
२ नं. प्रदेश सर्लाही २०७७।५।१७ पुरुष १७
महोत्तरी २०७७।५।१७ महिला ८५
बागमती चितवन २०७८।०१।२३ पुरुष ३५
गण्डकी गोरखा २०७७।०३।२३ पुरुष २७
लुम्बिनी  बर्दिया २०७७।०४।१२ पुरुष ४३
अर्घाखाँची २०७७।३।२ पुरुष ४३
पाल्पा २०७७।३।२२ पुरुष २०
रोल्पा २०७७।०३।१७ पुरुष ३१
बाँके  २०७८।१।१२ पुरुष ५०
रुपन्देही २०७८।०१।१८ पुरुष ४०
कर्णाली सुर्खेत २०७७।३।१ महिला  २६
दैलेख २०७७।३।९ पुरुष  २१
सुदुर पश्‍चिम बाजुरा २०७७।०२।३० पुरुष ४५
बझाङ २०७७।०३।१९ पुरुष १८

 

कोरोना संक्रमणको महामारी यसरी फैलिरहेको छ कि कुनैपनि दिर्घ रोग नभएका, सुरक्षा सावधानी अपनाएकोमा समेत कोरोना संक्रमण भई केहि दिनको अन्तरालमा मृत्यु भएका घटना बारम्बार आईरहेका छन्। एक वर्ष भन्दा लामो समयदेखि कोरोनाको त्रासबाट जगडिएका मानिसलाई मनोवैज्ञानिक रुपमा समेत निकै असर गरिरहेको छ । कोरोनाको भय यसरी फैलिएको छ कि, ‘कोरोना संक्रमण थाहा पाएपछि केहिले आफू बाँच्नै नसक्ने भएको निष्कर्षमा पुगेर आत्महत्याजस्तो कठोर निर्णय लिन बाध्य छन् संक्रमितहरु।

परिवारको साथ : एक अचुक औषधि ! 

कोरोना संक्रमण एकातिर नयाँ रोग हो भने अर्कोतिर मानिसहरुमा यसबारे पूर्ण जानकारी छैन । तर कोरोना संक्रमण पुष्टि भएपछि कोठाभित्र थुनिएका संक्रमितहरुलाई साथ र सहयोगको आवश्यकता पर्छ । उनीहरु एक्लो महशुस गरिरहेका हुन्छन् । नयाँ भाइरस भएका कारण यसबाट ज्यानै पो जाने हो कि ? यो रात सुतेपछि आफू नब्यूँझने पो हो की ? जस्ता आत्मबल कमजोर पार्नसक्ने अनेकन नकारात्मक विचारहरु मनमा उदेलित हुन्छन् । र उनीहरुको मन सम्पूर्ण रुपमा आत्तिएको हुन्छ । यस्तो बेला उनीहरुले छिटो निर्णय लिने भएका कारण पनि आत्महत्या जस्तो डरलाग्दो विध्वसको कदम पनि उठाउन सक्छन् । आत्महत्याको कारण कुनै रोग लाग्नु, संक्रमित हुनु मात्र होइन कतिपय अवस्थामा विभिन्न चोटठक्कर सहेर बल्ल बन्न लागेको काम यस्तो प्राकृतिक बिपत्तिको कारण काम रोकिएको हरेस खाइ डिप्रेसनको शिकार भएर पनि आत्महत्या बढ्न सक्छ।

भविष्यलाई लिएर, पारिवारिक समस्यालाई केन्द्रमा राखेर, म बाँचेर कुनै काम छैन जस्ता सोचाइ बारम्बार आईरहँदा पनि यस्तो गलत कदम चाल्न सक्ने भएको कारण आत्महत्यादर बढ्न सक्छ । यस्तो बेलामा रोग प्रतिरोधात्मक क्षमता बढाउने विभिन्न औषधिका अतिरिक्त परिवार महत्वपूर्ण औषधि हो ।

मनोविद् सुझाव दिन्छन् : 

यो एकदमै दुखद समय र अप्ठेरो परिस्थिती हो । मिलेर सामना गरौँ ।

यस्तो समयमा परिवार साथीभाइ इष्टमित्र सबैले एकअर्कालाई साथ सहयोग र हौसलाको साथ अघि बढौँ ।

संक्रमितले नकारात्मक विचार त्यागौँ बरु सिर्जनात्मक कुराहरुमा मन लगाऔँ ।

सामाजिक सञ्जाल लगायत ईन्टरनेटबाट उपलब्ध विभिन्न एपहरुमार्फत् एकअर्कासँग नियमित कुरा गर्ने, मनोरञ्जनात्मक कार्यक्रमहरू हेर्ने, अध्ययन गर्न नभ्याएका कुराहरु पढ्ने, सल्लाह दिने, नाच्ने गाउने, चित्रकला, आर्टमा ध्यान लगाउने ।

सकारात्मक सोच राख्ने ।

आत्महत्या रोकथाम कसरी गर्ने ? 

आत्महत्या रोकथाम विश्वभरि नै एउटा चुनौतिको रूपमा रहेको छ । विश्व स्वास्थ्य तथा संगठनका अनुसार प्रत्येक वर्ष करिब ८ लाख मानिसको मृत्यु आत्महत्याबाट हुने गरेको छ । जुन जन संख्या प्रत्येक ४० सेकेन्डमा एउटा आत्महत्या बराबर हुन्छ। प्रत्येक आत्महत्याले १३५ व्यक्तिहरुलाई प्रभाव पार्दछ । नेपाल प्रहरीको तथ्यांक अनुसार आर्थिक वर्ष ७४ /७५ मा ५ हजार ३ सय ४६ जनाले आत्महत्याबाट ज्यान गुमाएका थिए । जसमध्ये २ हजार ८ सय ५४ जना पुरुष र २ हजार २ सय ४२ महिला, १ सय ११ बालक र १ सय ३९ बालिका रहेका छन्।

नेपालमा सबैभन्दा बढी ३ हजार ८ सय ८३ जनाले झुन्डिएर आत्महत्या गरेका छन् भने बिष खाएर आत्महत्या गर्नेको संख्या दोस्रो स्थानमा छ । यो संख्या प्रहरीमा दर्ता भएको या प्रहरीको जानकारीमा आएको संख्या मात्र हो। वास्तविकतामा यो संख्या अझ बढि हुनसक्छ । विश्व स्वास्थ्य संगठनका अनुसार संसारभर १५ देखि २९ बर्ष समूहमा आत्महत्या मृत्युको दोस्रो प्रमुख कारण हो भने नेपालमा प्रजनन उमेरका महिलाको मृत्युको प्रमुख कारण आत्महत्या रहेको पाइएको छ।

धेरै महिलाहरु लैंगिक विभेदमा आधारित हिंसाका कारण आत्महत्या गर्न बाध्य भएको पाइन्छ। आत्महत्या व्यतिm कमजोरीको कारण हुने नभएर मनोवैज्ञानिक, सामाजिक, पारिवारिक वातावरण तथा अन्य जोखिमका कारणहरुले हुने गर्दछ। ९० प्रतिशत भन्दा बढि आत्महत्या मानसिक स्वास्थ्य समस्याका कारण हुने गरेको अनुसन्धानले बताएको छ। खतराका सूचक जोखिम र सुरक्षाका उपायहरुका साथै सो हेरचाह आदीको जानकारी भएमा आत्महत्यालाई रोकथाम गरी प्रत्येक जीवनलाई बचाउन सकिन्छ।

आत्महत्या सम्भावित लक्षणहरु : 

बारम्बार निरासा, एक्लोपन र फन्दामा परेको महशुस हुनु

लागूऔषध र माधक पदार्थ सेवन गर्नु वा लतमा हुनु

निरन्तर छटपटि र ब्याकुलता बढेको महशुस हुनु

निन्द्रामा गडबडी र भावनात्मक उतारचढाव हुनु

आत्महत्या गर्ने योजना बारम्बार बनिरहनु

सामाजिक सञ्जालमा आत्महत्या गर्ने योजना तथा निराशाजनक अभिव्यक्तिहरु प्रकट गर्नु

आफ्ना नीजि सरसामान अरुलाइ दिनु र सामाजिक क्रियाकलाप भोज, मेला, पर्व, भेटघाट आदिबाट टाढिनु

आत्महत्या बारेमा गलत धारणाहरू बारम्बार आईरहनु

अरुको ध्यानाकर्षण गर्न मानिसहरू आत्महत्याबारे कुरा गर्छन् ।

आत्महत्या सधै आवेगमा गरिन्छ, तसर्थ मन अस्थिर भएका व्यक्तिहरुमा विशेष निगरानी गर्नुपर्छ ।

कमजोर आत्मबल भएको मानिसले मात्र आत्महत्या गर्छन् ।

बालबालिकाहरुले आत्महत्याको प्रयास गर्दैनन्।

आत्माहत्याको प्रयास र सोच केहि मानिसले मात्र गर्छन्।

आत्महत्या रोक्न सुरक्षाका केहि उपायहरु :

मनोसामाजिक सहयोग र मानसिक स्वास्थ्य सेवामा सहज पहुँच

साथिभाई, परिवार, समाज र अन्य महत्वपूर्ण व्यक्तिको सहयोग

सामुदायिक क्रियाकलापमा सहभागिता

उत्पादनशिल र सकारात्मक सामाजिक तथा सांस्कृतिक अभ्यास

मनका कुरा खोल्ने मैत्रिपूर्ण वातावरण

धार्मिक तथा आध्यात्मिक कृयाकलापमा संलग्नता

आत्महत्याको सोच र प्रकृति व्यवस्थापन

कसरी बच्न सकिन्छ ?

मनोपरामर्श वा मनोचिकित्सा सेवा लिने

आत्महत्याको सोचबारे मन मिल्ने साथी वा व्यक्तिलाइ बताउने

आवश्यक उपचार शुरु गर्ने र निरन्तरता दिने

साथीहरु बढाउँदै जाने र सहयोगी व्यक्ति परिवारको सदस्य वा संस्थासँग सम्पर्क समन्वय बढाउने

सामाजिक, आर्थिक र धार्मिक कृयाकलापमा सहभागी हुने

आत्महत्या आधारभूत पाँच चरणहरू

सम्भावित लक्षणहरुको पहिचान गर्ने

आत्महत्या निरुत्साहित गर्न आ आफ्नो भुमिका निर्वाह गरी सहयोग गर्ने

मानसिक रुपमा स्वस्थ रहन सो हेरचाहको अभ्यास गर्ने

उपलब्ध सेवाबारे जानकारी र पहुँच

आत्महत्याबारे खुलेर कुरा गर्ने

आत्महत्या सम्बन्धि कानुनी प्रावधानहरु के छन् ?

मुलुकी अपराध संहिता ऐन २०७४ दफा १८५ का अनुसार आत्महत्या गने दुरुत्साहन दिन नहुने कुरा उल्लेख गरिएको छ।

कसैले कसैलाई आत्महत्या गर्न उक्साउने वा यस्तो काम गर्नेसम्मको परिस्थिति खडा गर्नु वा गराउनु हुँदैन।

उपदफा १ बमोजिमको कसुर गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना हुनेछ। यस्तो कसुर भएको कुरा थाहा पाएको मितिले ६ महिना नाघेपछि उजुर लाग्ने छैन।

आत्महत्या रोकथाममा सरोकारवालाहरुको भूमिका परिवार समाज वा साथीहरुले समस्या भएको व्यक्तिसँग माया र सद्भावपूर्ण व्यवहार गर्ने, राम्रोसँग कुरा सुनिदिने, आत्महत्याको लक्षण देखिएमा बेवास्ता नगर्ने र दैनिक कार्यमा सक्रिय रहन सहयोग गर्ने।

सरकारले मानसिक स्वास्थ्य तथा मनोसामाजिक स्वास्थ्यको प्रबर्द्धन गर्न उचित नीति निर्माण तथा प्रभावकारी कार्यान्वयन गर्ने । सरकारको नीति तथा कार्यक्रम अन्तर्गत स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुमा मानसिक स्वास्थ्य सम्बन्धी कार्यक्रमहरुलाई प्राथमिकताका साथ समावेश गर्ने।

प्रहरीले आत्महत्याको संवेदनशीलतालाई मध्येनजर गर्दै छानबिन गर्ने।

स्वास्थ्यकर्मीले आत्महत्याको प्रयास एवं सोच भएका व्यक्तिहरुलाई आवश्यक मनोपरामर्श प्रदान गर्ने।

सरकारी तथा गैरसरकारी संघसंस्थाले आत्महत्या समन्वय गर्दै जनचेतनामूलक कार्यक्रमहरु बनाउने तथा संचालन गर्ने।

लेखकबाट थप : 

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

 

प्रकाशित मिति: २०७८,जेष्ठ,१,शनिवार १०:४०


प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

काठमाडौं । नेपालमा कोरोनाका कारण थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ८

काठमाडौं । पोखरा पर्यटन परिषद् आवद्ध सङ्घ संस्थाले कोरोना महामारीले सबैभन्दा ठूलो असर पर्यटन क्षेत्रमा देखिएको जनाउँदै यस क्षेत्रका अग्रपङ्क्तिमा

लमजुङ । लमजुङमा उत्पादन भएको बिजुलीले देश नै झिलिमिली भएपनि जिल्लाकै बासिन्दा भने मारमा रहेका छन् । जिल्लामा आधा दर्जनभन्दा

मनाङ । अविरल वर्षापछि आएको बाढी पहिरो पीडितको उद्दार गरिएको छ । मौसममा केही सुधार आएपछि शुक्रवार (आज) मनाङका विभिन्न