ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

खुसी (नाम परिवर्तन) र विनय (नाम परिवर्तन) को बिहे भएको २ वर्ष मात्रै पुगेको थियो । पारिवारिक सहमती र सल्लाहमा नै उनीहरुबीच मागी बिहे भएको हो । खुसी सामान्य परिवारमा जन्मे हुर्केकी केटी थिइन् भने विनय सम्पन्न परिवारका थिए । खुसीले पारिवारिक दुख, अभाव सबै भोगेकी थिइन् तर विनयले यी कुरा भोगेका त के सुनेकासम्म पनि थिएनन् । बिहे गर्ने बेलामा खुसीका परिवारले हामी छोरी बाहेक केही दिन सक्दैनौँ भनेर नभनेका होईनन् । विनयका परिवारले हामीलाई खुसी भए पुग्छ, सम्पति चाहिँदैन भनेर पनि नभनेका होईनन् । यी दुवैले भन्नुको मतलब सहमती भएर खुसीसाथ विवाह गरेका हुन् यो जोडीले ।

***

विवाहको २ हप्तासम्म राम्ररी नै चलिरहेको उनीहरुको वैवाहिक सम्बन्धमा दाईजोका कारण खटपट शुरु हुन थाल्यो ।  खुसीलाई दाइजो नल्याएको निहुँमा श्रीमानसहित परिवारबाट घोचपेच हुन थाल्यो । खुसी लगायत उनको माईती परिवारलाई विनयको परिवारबाट हियाउने, होच्याउनेदेखि स्तर नमिल्नेसँग सम्बन्ध जोडिएको भन्दै घृणा आलोचना र तिरस्कारको वर्षा हुन थाल्यो । हरेक बिहान, हरेक साँझ, हरेक खाना खाने समय हरेक पारिवारिक भेटघाटमा खुसी, उनको माईती, उनीहरुको स्तर र खुसीका कमजोरीबारे केलाउने प्रवृत्ति दोहोरिरहेका कारण खुसी दिक्क भएकी थिईन् । भनिन्छ नि सहनुको पनि सिमा छ । हरेक पल अपमान सहँदा वाक्क भईसकेकी थिइन् खुसी । न परिवारको माया न त श्रीमानको ।

खुसीले आफ्ना दुख माईतीमा बिसाउनेबारे सोचिन् तर दुलही हुँदा उनको कानमा भनिदिईएको थियो ‘दुखसुख गरेर खानू । यो घर अब तिम्रो माईती घर भयो । आफ्नो घर गरी खानू ।’ उनीमाथि भइरहेको व्यवहार महिला हिंसा हो । हिंसा सहनुहुन्न । यो कुरा खुसीलाई थाहा थियो । तर उनको माईतीबाट भनिएको थियो :

‘बोल्नुहुन्न ।’

‘बेईज्जत हुन्छ ।’

‘गाउँलेले के भन्छन् ?’

दाइजोको निहुँमा शारीरिक, मानसिक यातनाले वाक्क भएकी खुसीले कहिल्यै पनि आफूमाथि भएको अत्याचार भन्न सकिनन् । यो क्रम विवाहको २ वर्ष सम्म चल्यो । भनिन्छ नि, ‘न समाउने हाँगो, न टेक्ने खुड्किलो,’ उनी मानिसहरुको भीडमा एक्लो भईन् । जीवनसाथीका रुपमा कागजमा प्रमाणित उनका श्रीमानले श्रीमती त के मानवीय व्यवहार समेत गरेनन् । दुर्व्यहार सहेको २ वर्ष २०० वर्षजस्तो लाग्यो खुसीलाई अन्तत जीवनमा कुनै उपाय नपाएपछि बाँच्न मन लाग्न छोड्यो । आत्महत्या गर्ने निधो गरिन् । र, आफू सुत्ने कोठामा नै झुण्डिएर प्राण त्याग गरिन् ।

***

कथा जस्तो लाग्ने यस्ता घटनाबाट धेरै महिला हिंसा भोग्न बाध्य छन् । दाइजोको निहुँमा नवदुलहीमाथि श्रीमान् र ससुराले गरेको हातपातको घटना होस् वा दैनिक भोग्नुपरेको यौन दुर्व्यवहार । नेपालमा हजारौँ खुसीहरुको हाँसो लुटिएको छ । कतिलाई जिउँदै जलाईएको छ भने कतिपयले आत्महत्याजस्तो कठोर र गलत बाटो समात्न पुगेका छन् ।

नेपाल प्रहरीको तथ्यांकअनुसार गएको आर्थिक वर्ष ०७७/०७८ मा नेपालमा १५ हजार ३१८ जना महिला हिंसामा परेका छन् । ति मध्ये २ हजार १२० जना जबरजस्ती करणीमा परेका छन् । जबरजस्ती करणी उद्योगमा ६११, बहुविवाहमा ७४९, बालविवाहमा ७२, बोक्सीको आरोपमा ५७, अवैध गर्भपतनमा २५, जातिय छुवाछुतमा ३३, अप्राकृतिक मैथुनमा २६, बाल यौन दुराचारमा २२९, मानव बेचबिखन जबरजस्ती करणीमा १२, अपहरण जबरजस्ती करणी ५७, जबरजस्ती करणी गरी कर्तव्य ज्यान ३,घरेलु हिंसामा ११ हजार ३२४ जना गरी जम्मा १५ हजार ३१८ जना महिला एक वर्षको अवधिमा पिडामा परेको तथ्यांकले देखाएको छ । सबैभन्दा बढि महिला घरेलु हिंसाबाट पिडित रहेको तथ्यांकमा उल्लेख छ ।

महिला हिंसा के हो ?

महिलाको मानव अधिकारको उल्लंघनको प्रमुख विषय हो महिला हिंसा । महिला हिंसा आफैँमा एक जघन्य अपराध हो । महिला हिंसाले समाजमा महिलाहरुको सामान्यभन्दा सामान्य अधिकार हनन् गरिरहेको हुन्छ । माथि प्रस्तुत घटनामा पनि यो कुरा प्रष्ट हुन्छ ।

महिला भएकै कारणले महिलामाथि गरीने शारीरिक, मानसिक, सामाजिक तथा बौद्धिक शोषण, यातना र दुर्व्यवहारहरुलाई महिलामाथि हुने हिंसा भनिन्छ । जसअन्तर्गत बलात्कार, हत्या, कुटपिट, दाइजो प्रथा बहुविवाह ,बालविवाह, जवरजस्ती करणी र अन्य मानसीक र शारीरीक यातना देखी महिलालाई धम्क्याउने देखी जिस्क्याउनेसम्म पर्दछन् ।
महिला हिंसा जुनसुकै जातजाती, समुुदाय र वर्गहरुमा पनि भइरहेको छ । गाउँदेखि शहर सर्वहारादेखि सामन्ती र पूँजीपति वर्गसम्म पनि छ । अझ शैक्षिक रुपमा आफू अब्बल भएकाहरुसमेत यसविरुद्ध बोल्दैनन् । ईज्जतको डरका कारण अझैपनि माहिलास्वयम् हिंसाबारे बोल्ले साहस जुटाउन सक्दिनन् । डब्लूएचओका अनुसार महिला विरुद्धको हिंसा भन्नाले शारीरिक, मनोवैज्ञानिक यौनजन्य र मानसिक हिंसा बुझिन्छ ।

यस विषयमा लोकपथ डटकमले नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त बहादुर कुँवरसँग महिला हिंसाका मुख्य कारणहरु के के हुन् ? भनेर सोध्यौ । उनी भन्छन् :

– दाइजो प्रथा

-बहुबिबाह

-बोक्सीको आरोप

-अवैध गर्भपतन

-घरेलु हिंसा

-बालबिबाह

-जातिय छुवाछुत

-अप्राकृतिक मैथुन

-बालयौन दुराचार

-मानव बेचबिखन जबरजस्ती करणी

-जवरजस्ती करणी

-अपहेलना

-मानसिक तथा शारीरीक यातना आदी हुन् ।

महिला हिंसा न्यूनीकरणका उपायहरू के होलान् ? एसएसपी कुँवरका अनुसार : 

दिन प्रतिदिन बढ्दै गएको हत्या हिंसा बलात्कारका घटनाले असुरक्षा अशान्ति र दण्डहिनतालाई बढावा दिएकोमा यसको अन्त्यका लागी राज्य जिम्मेवार बनी मानव अधिकारको रक्षा गर्न अग्रसर हुन जरुरी छ।

सरकारले समाजमा यस्ता आपराधिक घटना हुन नदिन र जनताको जीवन रक्षाको लागी सजाय र जिम्मेवार हुनुपर्छ ।

पछिल्लो समय महिलामाथि झन धेरै बलात्कारका घटना हुने गरेको प्रहरीको तथ्यांकले देखाएको छ तर कारवाही भएको छैन । त्यसैले अपराधीलाई कानूनको दायरामा ल्याउनुपर्छ ।

समाजमा घटेको कतिपय घटनालाई इज्जतको डरले समाजमै भित्रभित्रै लुकाउने गरेको पाईन्छ यस्ता घटनालाई छानबिन गरी कारबाही गर्नुपर्छ ।

बलात्कारपछि महिलाको हत्या गर्ने र प्रमाण नष्ट गर्ने प्रवृति बढ्दो छ । पीडीतको न्यायमा पहँुच छैन भने न्याय प्रणाली पनि छरीतो छैन । भएका नीति नियमको कार्यान्वयन पक्ष कमजोर छ, यसलाई बलियो बनाउनु पर्छ ।

यौनजन्य अपराध हत्या हिंसाका विरुद्ध पुरुषकै नेतृत्वमा जनचेतना अभियान सञ्चालन गर्न सकियो भने महिला हिंसालाई केहि मात्रामा कम गर्न सकिन्छ ।

अन्त्यमा उनले थपे, ‘समाजले के भन्छ ? वा परिवारको ईज्जत जान्छ । म माथि खतरा हुनसक्छ भन्ने डरले यस्ता आपराधिक क्रियाकलापहरु लुकाएर नराखौँ घर परिवार समाज सबैले सत्य तथ्य घटनालाई बुझेर उचित न्याय र कारवाहीको माग गर्न अनुरोध छ ।’

लेखकबाट थप : 

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?