पसिना पुछ्दै ट्राफिक प्रहरी भन्छन्, ‘नियम पालना गरे हजुरलाई नै सजिलो होईन र ?’

‘साँझ बिहान मानिसहरु मस्त निदाइरहेको रात होस् वा चर्को घाम, ठिहिर्‍याउने जाडो अनि बर्खा । सडकमा उभिनुपर्छ । जनताको सेवा र सहजताको खातिर सडकमा अहोरात्र खटिनुपर्छ । यो हाम्रो कर्तव्य हो।’

निकै बेरको अनुरोध पछि पसिना पुछ्दै उनी हामीसँग कुराकानीको लागि तयार भए ।

***

‘कोरोना महामारीको चपेटामा होस् वा त्यसअगाडी। आ-आफ्नो जिम्मेवारी पूरा गर्नपर्छ । फरक यत्ति हो कि, महामारीका बेला सडकमा ड्यूटीमा खटिँदा हाम्रो परिवारमा समेत त्यसको प्रभाव पर्छ । किनकी सडकमा आवतजावत गर्ने ठूलो समूहसँग हाम्रो सम्पर्क हुन्छ। कर्तव्यपालनाको सिलसिलामा सडकबाट नै रोगको संक्रमण भएर यसपटकको महामारीमा धेरै सहकर्मीहरुको घरमा समेत संक्रमण र मृत्युका घटना भएका छन्। महामारीको समयमा एकातिर उस्तै व्यस्त काम, अर्कोतिर मनमा केहि भय, परिवारपनि सशंकित हुने गर्छन् यस्तो बेलामा हामीले सुनेका छौँ धेरै मानिसहरु मानसिक रोगी समेत भएका छन् । कति मानिसहरु ‘ज्यान रहे काम पछि गरौँला’ भनेर घरबाट बाहिर निस्किन चाहेनन् । कतिपयले रोजगारी नै छोड्नुभयो । निम्न आय भएका मानिसहरु रोग लागेर भन्दा भोकले पो झन् चाँडो ज्यान जाने हो कि भन्ने चिन्ताले लुकिछिपी पनि विभिन्न काममा निरन्तर रहे । तर नागरिकलाई अप्ठेरो पर्दा हरबखत उहाँहरुको सुरक्षाको लागि हामी भएको आभाष दिईरहनुपर्छ । आफूलाई समस्या परिरहेका बेला देश र जनताको सेवामा निरन्तर सेवामा छु भन्ने कुराले चाहिँ खुसी बनाउँछ । देश जनताप्रति बफादार रहेर सुरक्षाकर्मी यत्रो महामारीमा पनि अहोरात्र खटिरहे ।’

हाम्रा केहि प्रश्नमा उनले आफ्ना भोगाई र अप्ठेरो सरसर्ती सुनाए ।

***
हुनपनि महामारीमा यी राष्ट्रसेवक आफ्नो र परिवारको जीवनमा आउनसक्ने समस्यालाई पन्छाएर जनताको सेवामा खटिए । सवारी चेकजाँचमा, अस्पताल परिसरमा वा खोप केन्द्रमा, महामारीकै क्रममा भएका राजनीतिक गतिवीधिका कारण सडकमा उर्लेको भीड वा सामाजिक घटनामा। प्रहरीहरु जनताको सेवामा प्रहरी खटिईरहे ।

***

कोभिड-१९ ले निम्त्याएको महामारीको समयमा पनि निरन्तर सेवा दिने ट्राफिक प्रहरीका एक प्रतिनिधी पात्र हुन् – प्रहरी जवान दिलिप रानाभाट । उनी देश र जनताको सेवा गर्ने कसम खाएर सेवामा लागेको १० वर्ष भयो। जस्तोसुकै कठिन परिस्थितीमा पनि उनले आफ्नो जिम्मेवारीलाई निरन्तरता दिइरहेका छन्। दिलिपको पहिलो कार्यकाल काठमाडौंको कालिमाटी बाट ट्राफिक प्रहरीको रुपमा शुरु भएको थियो । त्यसपछि सरुवा भएर कोटेश्वर पुगे । करीव ५ वर्षको सेवा पछि उनी भक्तपुरको नयाँ ठिमिमा सरुवा भए । हाल उनी भक्तपुर महानगरीय प्रहरी बिटमा काम गर्दै आइरहेका छन्।

No description available.
दिलिप रानाभाट (३०)  तनहुँ, भानु नगरपालिका-४ का हुन् । हाल भक्तपुरको नयाँ बस्तिस्थित बालकोटमा बस्दै आइरहेका उनको ५ जनाको परिवार छ । आमा, बहिनि र श्रीमती । उनको बुवा कामको सिलसिलामा भारतको दिल्लितिर बस्दै आइरहेका छन् ।

‘सजिलो के छ भने म र श्रीमति एउटै पेशा छौँ । दुवैजना जनताको सेवामा खटिइरहेका छौँ । ट्राफिकको पेशा चौबिस घण्टा खट्नुपर्छ तर समय तालिका हुन्छ । खाना खाने, खाजा खाने । पालैपालो छुट्याएर पनि दिनमा १८/२० घण्टा त खट्नैपर्छ उनले भने । अरु बेलाको समय भन्दा महामारीले निम्त्याएको भयावह परिस्थिती र यसको नियन्त्रणका लागि जारी गरिएको निषेधाज्ञा र लकडाउनको समयमा झनै सास्ति भएको थियो ।’

उनी थप्छन्, ‘सबैको आफ्नो – आफ्नो समस्या । ड्यूटी नगरौँ, आफूले रोजेको पेशा गरौँ । परीवारलाई समेत जोखिम ।’

यो समय अवधिभरी आफ्नो भन्दा पनि परीवारलाई केहि होला कि भन्ने डरले सताइरह्यो ।

No description available.

नेपालमा कोरोनाको पहिलो लहरका बेला जारी गरिएको लकडाउनमा जस्तो नियम उल्लंघन गरेर काम बिना बाहिर हिँड्ने र भनेको नमान्ने जस्तो कार्य चाहिँ यसपटकको निषेधाज्ञामा भएन। दोस्रो र तेस्रो भेरीयन्टले कतिपय युवा उमेरका मानिसको पनि ज्यान गयो । यस्तो देखेर सुनेर पनि यसपालि सकेसम्म प्राय सबै जनाले आफू आफू नै सुरक्षा अपनाएर अनावश्यक घरबाट निस्किनुभएन । उनले यसपटकको अनुभव सुनाए । उनले पोहोेरको तुलनामा यसपटक मानिसहरु आफैँ सर्तक भएको बताए । थाहा नपाएर नियम उल्लङ्घन गर्ने भन्दा पनि जानाजान बुझ पचाउने मानिसहरु धेरै भेटिएको दिलिपको अनुभव छ।

महामारीको समयमा पनि बाहिर नहिँडि नहुने बाध्यता भएका जस्तो कि कुनै रोगी नियमित चेकअपको लागी अस्पताल जानुपर्छ, बिरामी कुरुवाहरु भए वैदेशिक रोजगारीमा जानको लागी गर्नुपर्ने प्रक्रियाको कामको लागी पास भएका मानिसहरुलाई छुट दिएका थियौँ।

प्रहरीको पेशामा भनेको बेला बिदा मिल्दैन घर जान पाइँदैन घरमा कुनै शुभकार्य हो वा घरको कोहि सदस्य बिरामी भएको बेलासम्म पनि आफ्नो काम र जिम्मेवारीको कारणले घर जान पाइदैन । म घर गाउँको नगएको ६ वर्ष भइसक्यो उनि गुनासो पोख्दै थिए ।

No description available.

‘दिनरात नभनी सडकमा उभिनुपर्छ सडकको धुलो धुँवाको कारण समस्या हुन्छ । हामी यसरी जनताको लागि खटिँदा कतिपय मानिसहरु जानजान ट्राफिकको नियम मिचेर हिँडिरहेका हुन्छन् । यस्तो बेलामा आफैँलाई मेलै यो पेशा किन रोजोको हुँला भन्नेर दिक्क पनि लाग्छ तर जिम्मेवारीबाट विचलित हुँदैनौँ । बाटोमा जस्तो पनि मान्छे हिँड्छन् कसलाई रोग लागेको छ कसलाई छैन भन्ने कसरी थाहा पाउने ? डर भएरपनि हामीलाई डराउने छुट छैन।’ उनी निर्धक्क सुनिए ।

लेखकबाट थप :

शुभम : जहाँका बालबालिकालाई कोरोनाको रत्तिभर प्रभाव परेको छैन

ट्रेकिङ गाइडको लकडाउन डायरी म त विदेश जान्छु होला

विदेशमा बगाएको पसिनाले देखेको सपना निषेधाज्ञाले बेचैन छन् आर्यन

किसानलाई असारे चटारो छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?