आधुनिकताको नाममा पुर्ख्यौली पेसा नै मासिने हो कि !

२८ वर्षीय विवेक प्रजापति प्राय माटोका भाँडाकुँडा बनाउन व्यस्त देखिन्छन् । सानै उमेरदेखि आफ्नो पुर्ख्यौली पेसालाई सघाउँदै आएका विवेकले तन्नेरी उमेरमा आइपुग्दा यसलाई आफ्नो व्यवसाय बनाएका छन् । जन्मेदेखि मृत्युसम्मका कार्यको लागि अनिवार्य मानिन्छ, माटोका भाँडाकुँडा । सँगै स्कुल पढेका धेरै साथीभाइ पैसा कमाउन विदेश गइसके पनि आफ्नो देश र पेसा छोडेर अरुको देशमा जान विवेकको मनले कहिल्यै मानेन ।

No description available.

स्थान : भक्तपुर दरबार स्क्वायर

दिउँसोको चर्को घाममा विवेकका आमा, दिदी, बहिनी भ्याइनभ्याइ माटोबाट बनेको थरीथरीका भाँडाहरू सुकाइरहेका छन् । कोही माटो मुछ्ने, कोही गिर्खा छान्ने, कोही मेसिनबाट माटोको भाँडा उत्पादन गर्ने, कोही बनिसकेको सामान घाममा लगेर सुकाउने त कोही ओल्टाइपल्टाइ गर्दै गरेका । थरीथरीका लोभलाग्दा भाँडाहरू हार मिलाएर सुकाउने, सुकेका भाँडा सुरक्षित ठाँउमा राख्नेलगायतका काम गरिरहेका देखिन्छन् दिनभर ।

No description available.

विवेकका बुबाआमा, श्रीमती र एक छोरीसहित पाँच जनाको परिवार छ । माटोको भाँडा बनाउने पेसाबाट नै उनले आफ्नो, परिवारको घर खर्च, बिरामी हुँदा औषधोपचारलगायतका खर्च पुर्‍याउँदै आइरहेका छन् ।

‘जन्मिएर अलिअलि बुझ्ने हुँदादेखि नै आफ्नो बुबाआमाले गरेको देखेर सिकेको हुँ । बच्चाबेलामा साथीभाई जम्मा भएर खेल्ने उमेरमा पनि यही भाँडा बनाउने माटोसँग नै लत्पतिएर हुर्केको हुँ ।’ उनी भन्छन्, ‘करिब १७/१८ वर्ष पुगेपछि बुबाआमालाई माटोको भाँडा बनाउने काममा सहयोग गर्न थालेँ । विस्तारै काम गर्दै जाँदा यो कामप्रति मोह पनि बढेर आयो ।’

No description available.

युवा अवस्थामा साथीहरूको देखासिकीमा मनमा अनेकौँ सोच आए पनि अहिले उनले आफ्नो पूरै जिन्दगी यही काममै समर्पित गर्ने निर्णय गरेका छन् ।

विवेकले भाँडा बनाउने माटो किनेर ल्याउने गरेका छन् । पहिलाजस्तो माटो किन्न जानु पर्दैन गाडीमा हालेर यहीँसम्म ल्याइदिन्छन् । धेरैजसो सूर्यविनायक सिपाडोलबाट माटो ल्याउनेगरेका उनले एक गाडीको मूल्य १० देखि १५ हजार रुपैयाँसम्म पर्ने बताउँछन् ।

No description available.

यतिका धेरै माटोको भाँडो बनाइयो, अब कहाँ लगेर बिक्री गर्ने, बिक्री नै नहुने हो कि भन्ने चिन्ता विवेकलाई अहिलेसम्म छैन । उनलाई भाँडा बनाउनुभन्दा पहिला नै अर्डर आएको हुन्छ र अर्डरबमोजिम नै उनले माटोको भाँडाहरू तयार गर्नेगरेका छन् । ‘अर्डरबिना यहाँ अरुले पनि बनाउनुहुन्न । तर नियमित प्रयोगमा आउने भाँडाकुँडा भने बनिरहेको हुन्छन्’ उनले भने ।

No description available.

विवेकले धेरै थरीका माटोको भाँडा बनाउँछन् । पाला, खुत्रुके, गप्चा, दियो, गमला, छ्याङबाचेजस्ता सामानहरू उनी नियमित बनाइरहेका हुन्छन् । एक दिनमा उनले दुईदेखि तीन सयसम्म भाँडा बनाउन सक्छन् । ‘६ महिनालाई पुग्ने गरी एकैचोटि माटो ल्याउँछौँ । अर्डर धेरै आएर माटो सकियो भने सम्पर्क हुन्छ र थप माटो ल्याइदिन भन्छौँ ।’ पसिना पुछ्दै उनी सुनाउँछन्, ‘धेरै मिहिनेत गर्नुपर्छ सुरुमा माटो ल्याउने, नरम पार्ने, मेसिनमा पेल्ने, राम्रोसँग छोपेर राख्ने, त्यसपछि माटो मुछेर गिर्खा छानेपछि मात्र भाँडा बनाउन योग्य माटो बन्छ ।’ माटोको भाँडा बनाउने प्रक्रियाबारे सोधेको प्रश्नमा जवाफ दिँदै उनले भने, ‘माटो ल्याएदेखि भाँडा तयार भएसम्मको प्रक्रिया सबै हामीले नै गर्ने हो ।’

No description available.

‘अहिले त सबै काम गर्न सजिलो छ, हामीले मेसिन किनेका छौँ । पहिला सबै काम हातले नै गर्नुपथ्र्यो । काम पनि थोरै हुने अनि दुःख धेरै गर्नुपर्ने हुन्थ्यो । तर अहिले मेसिन आएपछि हाम्रो जीवनशैली नै फेरिएको छ ।’ उनी थप्छन्, ‘थोरै दुःखमा धेरै भाँडा बनाउन सकिन्छ । पहिला त काठको भाँडामा माटो राखेर लट्ठीले घुमाउने गरेका थियौँ ।’

‘अहिले त मेसीनको मूल्य पनि बढिसक्यो, हामीले ५/६ वर्षअघि ३ हजारमा किनेको मेसिन अहिले ३० देखि ३५ हजारसम्म पर्छ । तर किन्दा घाटा भने हुँदैन।’ उनी भन्छन्, ‘हातले गर्नु र मेसिनले गर्नुमा धेरै फरक हुन्छ । मेटलवालाहरूलाई अर्डर दिएपछि उनीहरूले मेसिन तयार गरिदिन्छन् ।’

No description available.

अर्डरअनुसारका भाँडा घरमै बनाउने भएकाले उनको पेसालाई लामो समयसम्मको लकडाउन र निषेधाज्ञाले केही फरक पारेन । तर गाडी बन्द भएकाले लामो समयसम्म तयारी सामानहरू मड्का हाउसमै थुपार्नु परेको उनी बताउँछन् ।

त्यहाँ बनेका सबै माटोको भाँडा मेसिनबाट मात्र बन्दैनन्, कतिपय ह्यान्डमेड भाँडाहरू पनि हुन्छन् जुन आफँैले डिजाइन गरेर बनाउनुपर्छ । त्यहाँको ह्यान्डमेड सामान हेर्दा कुनै आर्टभन्दा कम देखिन्नन् । कुराकानीको क्रममा विवेकले गुनासो पोख्दै भने, ‘अब यो काम १० वर्षभन्दा माथि जान्छजस्तो लाग्दैन, आधुनिकताको नाममा हाम्रो पुख्र्यौली पेसा दिनानुदिन लोप हुँदै गइरहेको छ ।’

माटोको भाँडा हामीलाई बच्चा जन्मेदेखि मृत्युको अन्तिम संस्कार गर्न समेत प्रयोग गरिन्छ तर सबै मान्छे आधुनिक भइसके । अब यो पेसा बचाउन नै गाह्रो हुनथालेको उनी बताउँछन् । उनले आफ्नो अनुभव सुनाए, ‘हाम्रो संस्कृतिमा सबै जात्राहरूमा माटोको भाँडा चाहिन्छ । जात्रा, बेल विवाह, मान्छे जन्मिँदा, मर्दा सबै अवस्थामा । अहिले धेरै गाह्रो छ । माटो पाउन छाडिसक्यो । अर्काको घर भत्काएर भाँडा बनाउन मिल्दैन । यस्तो कुराहरू सरकारले बुझेर हाम्रो पुर्ख्यौली पेसा बचाइदिए धन्य हुने थियौँ ।’ उनले अनुनय शैलीमा अनुरोध गरे ।

No description available.

२८ वर्षीय यी युवा र यिनको जोस हेर्दा लाग्छ, उनी आर्थिक उपार्जनका लागि मात्र होइन आफ्नो परम्परा जोगाउन यस पेसामा लागिपरेका छन् । हेर्दा सानो र माटो खेलाको देखिए पनि यही पेसाले आफू पूर्ण सन्तुष्टि भएको उनी बताउँछन् ।

No description available.

नेपालमा केही छैन र केही गर्न सकिन्न भन्दै खाडी र पश्चिमा देशमा मात्र आफ्नो सुन्दर भविष्य देख्ने लाखौँ युवाहरुलाई प्रेरणा बन्नसक्छन् विवेक । रातदिन अर्काको माटोमा पसिना बगाएर एकदिन फेसबुकको भित्तामा आफूलाई चिटिक्क बनाउनुभन्दा आफ्नै माटोमा केही गरेर शान्तिपूर्वक जीवन बाँच्नु नै बुद्धिमान हो भन्ने प्रेरणा समेत उनीबाट लिन सकिन्छ ।

लेखकबाट थप :

कोरोनाको मारमा ट्राभल एजेन्सी : पत्तो छैन कहिले खुल्छ !

पान पसलले बदलेको जीवन : …अनि मन्जु वैशाखी टेकेरै व्यापार गर्न थालिन्

‘पैसा होईन पाईलैपिच्छे अप्ठेरो छ परदेशमा, आउनुहोस् नेपालमा पसिना बगाऔँ’

पसिना पुछ्दै ट्राफिक प्रहरी भन्छन्, ‘नियम पालना गरे हजुरलाई नै सजिलो होईन र ?’

मुन्ना अचेल मुस्कुराउँदैनन् !

शुभम : जहाँका बालबालिकालाई कोरोनाको रत्तिभर प्रभाव परेको छैन

ट्रेकिङ गाइडको लकडाउन डायरी म त विदेश जान्छु होला

विदेशमा बगाएको पसिनाले देखेको सपना निषेधाज्ञाले बेचैन छन् आर्यन

किसानलाई असारे चटारो छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?