मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु

लोकपथ
338
Shares


सर्लाही । मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ ।

लालबन्दी नगरपालिका-४ स्थित सडकमा पुनर्वासबाट रंजितपुरतर्फ जाँदै गरेको ज.११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा चालक सोही नगरपालिका-३ जब्दी बस्ने ४५ वर्षीय राज कुमार चौधरीको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको स्थानीय लालबन्दी मोडेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?