रेशम चौधरीको मुद्दामा मिसिल झिकाउन सर्वोच्चकाे आदेश

लोकपथ
338
Shares

काठमाडौं । सर्वोच्च अदालतले  नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले पार्टी अध्यक्ष रन्जिता श्रेष्ठ र निर्वाचन आयोगलाई विपक्षी बनाएर दायर मुद्दामा मिसिल झिकाउन आदेश दिएको छ ।

रेशमले दायर गरेको सो मुद्दामाथि सुनुवाई गर्दै सर्वोच्चका न्यायाधीशद्धय बालकृष्ण ढकाल र विनोद शर्माको संयुक्त इजलासले यस्तो आदेश जारी गरेको हो ।

टीकापुरमा सम्पन्न पहिलो महाधिवेशनबाट अध्यक्षमा निर्वाचित भएका रेशम चौधरीलाई निर्वाचन आयोगले वैधानिकता दिन अस्वीकार गरेपछि रेशम अदालत गएका थिए ।

अदालतले सुनुवाइका लागि वैशाख १८ गतेलाई अर्को पेसी तारेख पनि तोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?