ट्वीटरबाट मन्त्रीले गरे राजीनामा घोषणा !

काठमाडौं –विवादास्पद अडियो प्रकरणमा मुछिएका सरकारका प्रवक्ता सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले राजीनामा दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै उनले लेखेका छन्, ”मेरो बारेमा प्रशन उठेकोले सम्माननीय प्रधानमन्त्रीज्यू समक्ष नैतिकताको आधारमा मन्त्रीपदबाट राजीनामा दिएको जानकारी गराउँछु । धन्यवाद् ।”  सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका लागि स्वीस एजेन्टसँग ७० करोड कमिसनका लागि कुराकानी भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले राजीनामा माग गर्दै प्रतिपक्षी दल , भातृ संगठन , उनैको पार्टी नेपाल कम्युनिष्ट पार्टीका नेता , विभिन्न साना दल, बुद्धिजीवी, नागरिक समाज, अगुवा, युवा, लेखक , सञ्चारकर्मी, विद्यार्थी, पत्रकार सबैले सामाजिक सञ्जालमार्फत देश लुट्नेहरुलाई छुट दिन हुँदैन भन्ने आशयको अभिवयक्ति दिँदै प्रधानमन्त्रीलाई सोधेका थिए, ”पिएम् ज्यू नयाँ नेपाल यहि हो ? समृद्धि भन्या यहि हो ?

सरकारलाई चौतर्फी रुपमा चर्को दबाब परेपछि प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष केपी शर्मा ओली र अर्का अधयक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको थियो ।

बास्कोटाले राजीनामा दिएको भन्दै सभामुख अग्निप्रसाद सापकोटाले संसदमा जानकारी दिएपछि उनको राजीनामाबारे पुष्टि भएको छ । सेक्युरिटी प्रेस स्थापनाको प्रक्रियामा कमिसन मागेको अडियो रेकर्ड सार्वजनिक भएपछि बाँस्कोटामाथि राजीनामा दिन दबाब परेको थियो । संसद बैठकमा प्रमुख विपक्षी कांग्रेसले सञ्चारमन्त्री बास्कोटाको राजीनामा मागेको थियो ।

साथै सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदबारे मन्त्रिपरिषद्मा समेत समेत पटकपटक छलफल भएकाले यसको जिम्मा प्रधानमन्त्रीले लिनुपर्ने, यसलाई भ्रष्टाचारको विषय बनाउनुपर्ने माग अघि सारेको छ ।

यता अख्तियार दुरुपयोग अनुसन्धान अयोगका पूर्व प्रमुख आयुक्त सूर्यनाथ उपाध्यायले कमिशन मागेको अडियो सार्वजनिक भएपछि छानबिन अघि बढाउन अख्तियारले उजुरी कुर्नु नपर्ने बताएका छन् ।

आजै भएको एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वच्छता र पारदर्शिताको नाममा कसैको अनुहार नहेर्ने दोहोर्‍याएका छन् ।

यसअघि लोकपथमा प्रकाशित यी समाचारहरु पढ्नुभएको थियो ? 

मन्त्री गोकुल बाँस्कोटाले दिए राजीनामा

बाँस्कोटाको अडियो बाहिरिएपछि डा. बाबुराम भट्टराईको यस्तो व्यङ्ग्य !

सञ्चारमन्त्री बाँस्कोटामाथि लाग्यो ७० करोड रुपैयाँ कमिसन मागेको आरोप

अडियो प्रकरणमा बाँस्कोटाले मुख खोले : ठूलो कुरो होइन

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न काँग्रेसको माग (विज्ञप्तीसहित)

प्रिन्टीङ प्रेस खरिद प्रकरण : आफूमाथि लागेको आरोपका विषयमा बाँस्कोटा ३ बजे बोल्ने

सञ्‍चारमन्त्री अडियो प्रकरण : ओली र प्रचण्डबीच छलफल

मन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन होस् : साझा पार्टी

प्रधानमन्त्रीजी नैतिक कठघरामा पर्नुभयो : पत्रकार विजयकुमार पाण्डे

सञ्चारमन्त्री अडियो प्रकरण : कांग्रेसले भन्यो-प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ

मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी (विज्ञप्तिसहित)

मन्त्रीले बोलेको अश्लील शब्दप्रति निजामती कर्मचारी युनियनको आक्रोश (विज्ञप्तीसहित)

सञ्चारमन्त्रीको अडियो प्रकरण : छानविन समिति बनाउन लेखा समितिको माग

प्रधानमन्त्री ओलीले मन्त्री बाँस्कोटालाई बोलाए बालुवाटार

सञ्चारमन्त्री बाँस्कोटाको बर्खास्त माग गर्दै साझा पार्टीले प्रदर्शन गर्ने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?