सञ्चारमन्त्री बाँस्कोटामाथि लाग्यो ७० करोड रुपैयाँ कमिसन मागेको आरोप

काठमाडौँ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले करोडौँ रुपैयाँ कमिसनको मोलमोलाइ गरेको आरोप लागेको छ ।

उनले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेका आरोप लागेको हो ।

स्रोतले उपलब्ध गराएको अडियो रेकर्डमा एक स्वीस कम्पनीको एजेन्टसँग उनले सो कमिसन मागेका हुन् ।

ती एजेण्ड हुन्–स्वीक कम्पनीको नेपाली एजेण्ट विजय प्रकाश मिश्र ।

मिश्र र सञ्चारमन्त्रीबीचको कुराकानीको अडियोमा कमिसनको मोलमोलाइ सुनिन्छ ।

बार्गेनिङको अडियोमा मिश्रले मन्त्रीलाई भन्छन्, ‘७० जति आउला कि ? आउट ट्रयाक नजाँदा ७० (करोड) जति आउलाकि !’

त्यसमा मन्त्रीले चासो राख्दा तपाइँको के गर्छन् छुट्टै गर्छन् ? भन्दै सोधेका छन् । जवाफमा मिश्रले भनेका छन्, ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ । यसमा ७० प्रतिशत तपाइँहरुलाई दिने हो हामीले ३० प्रतिशत राख्ने हो । यो एकदमै ट्रान्सपरेन्ट हुन्छ ।

सो क्रममा सञ्चारमन्त्रीले कर्मचारीलाई गालीगलौज समेत गरेकाछन् । उनले कर्मचारीलाई मिलाउनु पर्ने तर यस्तो कुरा आफूले गरे यिनीहरुले हेप्ने भन्दै आफै कुरा गर्न मिश्रलाई भनेका छन् ।
जवाफमा मिश्रले कुरा गर्ने भनेका छन् ।

यस विषयमा मन्त्रीको प्रतिक्रिया आएको छैन भने मिश्रपनि सम्पर्कमा आएनन् ।
के हो विवाद ?
सन् २०१७ फ्रेबुअरी ५ मा लगानी बोर्डमा प्रस्ताव दर्ता गराएको स्विट्जरल्यान्डको केबीए नोटा एसवाईएसले सबै सेक्युरिटी प्रणाली जडान गर्न २ सय मिलियन युरो अर्थात् करिब २५ अर्ब ६० करोड प्रस्ताव गरेको थियो ।

तर, हाल सरकारले सेक्युरिटी प्रिन्टिङका लागि ८० मिलियन युरो अर्थात १० अर्ब २४ करोड बराबर बढी लागत प्रस्ताव गरेको कम्पनीलाई जीटूजी (सरकार–सरकारबीच) का आधारमा दिन लागेको छ ।

आईएन ग्रुप कम्पनीले बैंक नोट बाहेकको परियोजनाका लागि १ सय ८५ मिलियन युरो र भरिडोस कम्पनीले पनि १ सय ७५ मिलियन युरोमा नयाँ परियोजना दर्ता गराएको देखिन्छ तर यी दुवै कम्पनीले दर्ता गराएको परियोजनाको वास्तविक मूल्य ९० देखि ९५ मिलियन युरो मात्रै रहेको छ । अन्तर्राष्ट्रिय बोलपत्र आह्वान नगरी ‘खल्ती’ भित्रबाट एउटा कम्पनीलाई लागिएको भन्दै विवाद भएको हो ।

अहिले सोही विवाद संसदको लेखा समितिमा पनि पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?