मन्त्री बाँस्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने नेविसंघको चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले विज्ञप्ति जारी गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने चेतावनी दिएको छ ।

नेविसंघले विहीबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीले मन्त्री बास्कोटालाई तत्काल बर्खास्त नगरे आन्दोलनमा उत्रिने बताएकको हो ।

‘सरकारका प्रवक्ता तथा आफ्ना प्रिय पात्रलाई संरक्षण उद्दत देखिए नेपाल विद्यार्थी संघ आन्दोलनको आधिवेरी सृजना गर्न बाध्य कुरा यसै विज्ञप्तिमार्फत चेतावनी दिन चाहन्छौँ ।’ विज्ञप्तिमा भनिएको छ । साथै नेविसंघलेमन्त्री बास्कोटालाई तत्काल बर्खास्त गरी कानुनी प्रक्रिया अगाडि बढाउन जोडदार माग गरेका छन् ।

७० करोड कमिसन सञ्चार मन्त्रीले मागेको अडियो ‘हाम्रा कुरा’मार्फत सार्वजनिक भइसकेको अवस्थामा निजलाई तत्काल बर्खास्त गर्न र निस्पक्ष अनुसन्धानको प्रक्रियालाई सघाउन नेपाली काँग्रेस सम्माननिय प्रधानमन्त्री केपि शर्मा ओलिलाई सार्वजनिक रुपले आग्रह गर्दछ,’ विज्ञप्तिमा जनाईएको छ ।

साथै,नेपाली कांग्रेसले सञ्चार तथा सूचनामन्त्रीको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताएका छन् ।

यो पनि पढ्नुहोस : सञ्चारमन्त्री अडियो प्रकरण स् कांग्रेसले भन्यो,प्रधानमन्त्रीले सार्वजनीक रुपमा जवाफ दिनुपर्छ

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले राजनीतिक आग्रह तथा पूर्वाग्रह नभइ तथ्यपूर्ण ढंगले अनुसन्धान गर्नुपर्ने बताए ।

उक्त विषयमा अडियोमा आएका भन्दा बाहिर को–को छन् भन्ने विषयमा सरकारले अनुसन्धान गर्नुपर्ने उनले बताए । उनले प्रतिपक्षीको हैसियतले सदनमा पनि उक्त विषय उठाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?