प्रिन्टीङ प्रेस खरिद प्रकरण : आफूमाथि लागेको आरोपका विषयमा बाँस्कोटा ३ बजे बोल्ने

काठमाडौं । सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदका विषयमा ७० करोड रुपैयाँ कमिसन मागेको आरोप लागेका सूचना तथा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले ३ बजे पत्रकार सम्मेलन गरेर आफ्ना धारणा सार्वजनिक गर्ने भएका छन् ।

कमिसन लेनदेनको विषयमा गरिएको गोप्य कुराकानीको अडियो सार्वजनिक भएपछि सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बास्कोटाले आज आफ्नो धारणा सार्वजनिक गर्ने भएका हुन् ।

सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि विभिन्न टिकाटिप्पणी आइरहेका छन् ।

उनले आज मन्त्रीपरिषद्को निर्णय सार्वजनीक गर्न आयोजना हुने पत्रकार सम्मेलनमार्फत नै अडियोको कुराकानीका बारे जानकारी दिने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?