मन्त्रीले बोलेको अश्लील शब्दप्रति निजामती कर्मचारी युनियनको आक्रोश (विज्ञप्तीसहित)

काठमाडौं- सरकारका प्रवक्ता तथा सूचना प्रविधीमन्त्री गोकुलप्रसाद बाँस्कोटाको आवाजमा रेकर्डेड विवादास्पद अडियो सार्वजनिक भएपछि यतिबेला नेपालको राजनीतिक माहोल तातिएको छ । सर्वसाधारण पनि टिकाटिप्पणी र मन्त्रीको राजीनामा माग गरिरहेका छन् । यसैबीच कर्मचारीलाई लिएर गरेको अभिव्यक्तिप्रति नेपाल निजामती कर्मचारी युनियन केन्द्रीय कमिटीले खेद प्रकट गरेको छ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरीद प्रकरणमा मन्त्रीको अडियो सार्वजनिक भएको विषयमा कर्मचारीहरुलाई लक्षित गर्दै मन्त्रीले उच्चारण गरेको शब्दप्रति कर्मचारीहरुले कडा निन्दा गरेका हुन्।

मन्त्री बाँस्कोटाले कर्मचारीलाई अश्लिल शब्द प्रयोग गरेको सार्वजनिक भएको अडियोमा सुनिन्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?