नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो

लोकपथ
0
Shares

काठमाडौं । राष्ट्रिय सभाले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाएको छ ।

मंगलबार बसेको राष्ट्रिय सभाको बैठकले उक्त विधेयकलाई समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको हो ।

प्रधानमन्त्री बालेन्द्र साहको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त विधेयकलाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गरेकी थिइन् ।

मन्त्री गौतमले प्रस्ताव प्रस्तुत गर्दै विधेयकलाई सम्बन्धित समितिमा पठाउन सभाको अनुमति मागेकी थिइन् । त्यसपछि राष्ट्रिय सभा अध्यक्षले प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्दा बैठकले सर्वसम्मतिले स्वीकृत गरेको हो ।

राष्ट्रिय सभाको अर्को बैठक आगामी भदौ १६ गते मंगलबार दिउँसो १ः१५ बजे बस्ने गरी स्थगित भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?