सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न काँग्रेसको माग (विज्ञप्तीसहित)

काठमाडौं । सेक्युरिटी प्रेस खरिद प्रकरणमा मुछिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटालाई बर्खास्त गरि तत्काल अनुसन्धान गर्न माग गर्दै प्रमुख प्रतिपक्षिदल नेपाली काँग्रेसले माग गरेको छ ।

सेक्युरिटी प्रेस खरिदका लागि एक एजेन्टसँग अश्लिल संवाद गर्दै कमिसनको कुरा गरेको अडियो सार्वजनिक भएको थियो । त्यस लगत्तै कांग्रेसले विज्ञप्ति जारी गरेर मन्त्रीको बर्खास्ती र छानबिन माग गरेको जनाएको छ ।

प्रेस खरिद अनियमितता पुष्टि भएकाले यसबारे अनुसन्धान गरेर सत्यतथ्य बाहिर ल्याउन शर्माले प्रधानमन्त्री केपी शर्मालाई आग्रह गरेका समेत गरेका छन् ।

बिहीवार एक विज्ञप्ती जारी गर्दै काँग्रेस प्रवक्ता शर्माले अनुसन्धानको माग गरेका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?