प्रधानमन्त्रीजी नैतिक कठघरामा पर्नुभयो : पत्रकार विजयकुमार पाण्डे

काठमाडौं। सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारप्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले करोडौँ रुपैयाँ कमिसनको मोलमोलाइ गरेको आरोप लागेको छ ।

उनले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेका आरोप लागेको हो ।

स्रोतले उपलब्ध गराएको अडियो रेकर्डमा एक स्वीस कम्पनीको एजेन्टसँग उनले सो कमिसन मागेका हुन् । ती एजेण्ड हुन्–स्वीक कम्पनीको नेपाली एजेण्ट विजय प्रकाश मिश्र ।

मिश्र र सञ्चारमन्त्रीबीचको कुराकानीको अडियोमा कमिसनको मोलमोलाइ सुनिन्छ ।

उक्त अडियो सार्वजनिक भएसँगै यतिखेर सञ्चार जगत तथा बौद्धिक जमातमा समेत यस विषयमा तर्क वितर्कहरु भइरहेका छन् । यसै क्रममा वरिष्ठ पत्रकार विजय कुमार पाण्डेले सामाजिक सञ्जालमा लेख्दै प्रधानमन्त्री केपी शर्मा ओलीसमेत नैतिक कठगरामा परेकोले मन्त्री बास्कोटाले राजिनामाको माग समेत गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा एक स्टयाटस लेख्दै भनेका छन्, “दोष प्रमाणित होला नहोला त्यो आफ्नै ठाँउमा छ तर गणतन्त्र नेपालको प्रधानमन्त्री पदको गरिमा रक्षाको लागि पनि गोकुलजीले हाल पदबाट राजिनामा गर्दै उपयुक्त हुन्छ ।”

र यो पनि

सञ्चारमन्त्री बाँस्कोटामाथि लाग्यो ७० करोड रुपैयाँ कमिसन मागेको आरोप

अडियो प्रकरणमा बाँस्कोटाले मुख खोले : ठूलो कुरो होइन

सञ्चारमन्त्री बास्कोटालाई बर्खास्त गरि अनुसन्धान गर्न काँग्रेसको माग (विज्ञप्तीसहित)

प्रिन्टीङ प्रेस खरिद प्रकरण : आफूमाथि लागेको आरोपका विषयमा बाँस्कोटा ३ बजे बोल्ने

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?