मन्त्री बाँस्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन होस् : साझा पार्टी

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सेक्युरिटी प्रिन्टीङ प्रेसको खरिदमा ७० करोड कमिसन मागेका अडियो सार्वजनिक भएसँगै विभिन्न पार्टीहरुले उनलाई बर्खास्त गरेर छानविन गरिनु पर्ने बताएका छन् ।

साझा पार्टीका प्रवक्ता डा. सूर्यराज आचार्यले आज एक विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ओलीसँग सञ्चार मन्त्री बास्कोटालाई तत्काल वर्खास्त गरेर निष्पक्ष छानविन गर्न माग गरेका छन् ।

उनले सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ “आफू पनि भ्रष्टाचार नगर्ने र अरूलाई पनि गर्न नदिने बारम्बार बताउँदै आएका प्रधानमन्त्री केपी ओलीकै भक्तपुरस्थित नीजि निवासमा बस्दै आएका मन्त्री बास्कोटालाई तुरून्तै वर्खास्त गरेर निष्पक्ष छानविन गर्न साझा पार्टी प्रधानमन्त्रीसँग जोडदार माग गर्दछ,”

विज्ञप्तिमा आमजनताले विश्वास गरेका विशिष्ट व्यक्तित्वहरूको उच्चस्तरीय छानविन आयोग बनाएर २०४६ सालयताका सम्पूर्ण उच्चपदस्थ राजनीतिकर्मी र कर्मचारीहरूको सम्पत्ति छानविन गरी अवैध सम्पत्ति राष्ट्रियकरण गर्न र दोषीलाई हदैसम्मको कारवाही गर्नुपर्ने माग साझा पार्टीको विज्ञप्तिमा भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?