सञ्चारमन्त्री अडियो प्रकरण : कांग्रेसले भन्यो-प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसले सञ्चार तथा सूचनामन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरणका विषयमा प्रधानमन्त्रीले सार्वजनिक रुपमा जवाफ दिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै कांग्रेस प्रवक्ता विश्वप्रकास शर्माले राजनीतिक आग्रह तथा पूर्वाग्रह नभइ तथ्यपूर्ण ढंगले अनुसन्धान गर्नुपर्ने बताए ।

उक्त विषयमा अडियोमा आएका भन्दा बाहिर को–को छन् भन्ने विषयमा सरकारले अनुसन्धान गर्नुपर्ने उनले बताए ।

उनले प्रतिपक्षीको हैसियतले सदनमा पनि उक्त विषय उठाउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?