बाँस्कोटाको अडियो बाहिरिएपछि डा. बाबुराम भट्टराईको यस्तो व्यङ्ग्य !

काठमाडौं- सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा ७० करोड कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएपछि पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकारप्रति व्यङ्ग्य गरेका छन्।

प्रधानमन्त्री केपी ओलीलाई मेन्सन गर्दै भट्टराईले ट्वीट गरेका छन्, ‘अरुको आङको जुम्रा खोज्नुभन्दा पहिले आफ्नै आङको भैंसी हेर्ने हो कि प्रम केपी शर्मा ओलीज्यु, यही हो भ्रष्टाचार गर्दिनँ र भ्रष्टाचार गर्न पनि दिन्नँ भनेको ?’

एउटा स्वीस कम्पनीको नेपाली एजेन्टसँग मन्त्री बाँस्कोटाले आफूले पाउने कमिसनका लागि सेटिङ गरेको अडियो सार्वजनिक भएको हो।
यतिबेला सामाजिक सञ्जालमा देश विकास हुन नसकेको कारण के रहेछ त भन्ने आशयले नागरिकहरुले आ आफ्ना मत जाहेरी गर्दै अब कार्बाही हेर्न बाँकी छ भन्दै टिप्पणी गरिरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?