चीनमा फेरी फर्किएकै हो त नयाँ कोरोना ? के हो ‘एसिम्टोम्याटिक’ केस ?

काठमाडौं । विश्वमा अहिलेसम्म कोरोना भाइरसका कारण ८२ हजार भन्दा धेरैको मृत्यु भएको छ । त्यस्तै १४ लाख भन्दा धेरैमा संक्रमण फैलिएको छ । कोरोनाका कारण सारा विश्व नै कामी रहेको छ ।

यसैबीच कोरोनाको उद्गमस्थल चीनको वुहानमा नयाँ कोरोना देखिएको छ । पुरानो कोरोना भाइरस फैलिएको ठाउँमा फेरी नयाँ कोरोना भाइरसको जन्म भएको भारतीय सञ्चारमाध्यम आजतकले खबर प्रकाशित गरेको छ । तर पुरानो कोरोना भाइरस भन्दा खतरनाक रहेको बताइएको छ ।

किनभने पहिलेको कोरोना भाइरसमा लक्षण भएको तर यो कोरोना भाइरसमा भने कुनै लक्षण नै फेला नपरेको बताईएको छ ।

बिना कुनै लक्षण नयाँ कोरोनाले मानिसहरुको शिकार गरिरहेको बताइएको छ । नयाँ पाइएको कोरोनामा के लक्षण लागेर मृत्यु भयो भन्ने कुरा नै पत्ता लाग्न नसकेको वैज्ञानिकहरुले बताएका छन् ।

अहिलेसम्म जाडो, खोकी, घाँटी खराब, श्वासप्रश्वासमा समस्या हुने कुरा पुरानोको लक्षण मान्ने गरिन्थ्यो । र पुरानो कोरोनासँग अहिले सारा विश्व लडिरहेको छ । तर नयाँ अवतार लिएर त्यहि कोरोना बिना कुनै लक्षणका साथ फेरी पनि चीनबाट नै शुरु भएको छ ।

पुरानो कोरोना फैलिएकै ठाउँबाट फेरी पनि बिना कुनै लक्षणका साथ नयाँ कोरोना देखा परको हो । पुरानो कोरोना भन्दा अत्याधिक खतरनाक भएर कोरोना फेरी फर्किएको वैज्ञानिकहरुले बताएक छन् ।

यो नयाँ कोरोना संक्रमणमा कुनै पनि लक्षण फेला परेको छैन, त्यसैले यस नयाँ अवतारको कोरोना भाइरसलाई एसिम्टोम्याटिक केस भनिएको छ ।

एसिम्टोम्याटिक केसको मतलब हो, कुनै पनि मानिसमा कोरोना हुनसक्ने तर त्यसको कुनै लक्षण देखा नपर्ने । यो नयाँ कोरोनाको जानकारी त्यो व्यक्तिलाई पनि हुँदैन, जसलाई संक्रमण लागेको छ । मात्र तापक्रम जाँच गर्ने मिशिनले त यो भाइरस लागे नलागेको समेत थाहा नहुने वैज्ञानिकहरुको दाबी छ ।

एसिम्टोम्याटिक कोरोनाको संक्रमण कोभिड-१९ भन्दा झनै खतरनाक रहेको वैज्ञानिकहरुको दाबी छ । किनभने नयाँ कोरोना भाइरसमा कुनै लक्षण नै देखा पर्दैन ।

संसारमा कोरोनाका जति मामिला आएका र देखिएका छन्, ति सबै सिम्टोम्याटिक केसेज थिए । उनीहरु कोरोना संक्रमित पनि थिए, तर उनीहरुमा कोरोनाको लक्षण पनि क्लियर रुपमा देखिएको थियो । र उनीहरुको पहिचान पनि सहजै गर्न सकिएको थियो ।

संक्रमितहरु पनि लक्षण देखा परेपछि आफ्नो स्वास्थ्य जाँच गराउँदथे । लक्षण देखिएका कारण धेरैमा संक्रमित सर्दैन पनि थियो । तर एसिम्टोम्याटिक मामिला साम्ने आएपछि चीन सहित विश्वलाई नै खतरा भएको छ । विश्वका लागि एकमाथि लगातार अर्काे चुनौति थपिएको छ ।

नयाँ कोरोनाको महामारीबाट कसरी बच्ने ?

पहिलो उपचार : सरकारले लकडाउन खोल्न नहतारियोस् । कोरोना संक्रमितको संख्या शुन्यको स्थितिमा आइपुगेपछि मात्र लकडाउन खोलोस् ।

दोश्रो उपचार : कोरोना संक्रमितहरुलाई लक्षण देखा पर्न छोड्यो र रिपोर्ट नेगेटिभ आयो भन्दैमा तत्काल समाज तथा घर जान नदिऔँ । किन भने कोरोना फेरी पनि केहि समयपछि पनि देखा पर्दछ ।

साथै कोरोनाको शिकार अन्यमा नसरोस् भन्नको लागि संक्रमितको टेस्ट प्रत्येक दिन गरौँ  

चीन सरकारले हुबेईमा लकडाउन खोल्ने आफ्नो निर्णय उल्टो भएको छ । र चीनमा अचानक कोरोनाका १५४१ एीसम्टोम्याटिक मामिला देखा परेका छन् ।

लकडाउन खोलेपछि चीनमा नयाँ कोरोना भित्रिएको छ । यो सँगै कोरोनाको लक्षण समेत पत्ता लाग्न नसकेको चीनले बताएको छ ।

नयाँ कोरोना भाइरस चीनमा फेरी कसरी फैलियो त ?

पुरानो कोरोना भाइरस अहिले पनि मौज्दात रहेको छ । तर यो भन्दा ठूलो कुरा भनेको त नयाँ कोरोनाको जन्म पनि पुरानो कोरोनाको उद्गमस्थलमा नै भएको छ ।

वास्तवमा लकडाउन पछि चीनको हुबेई प्रान्तमा कोरोनाको यो ग्राफ अत्याधिक कम हुँदै गएको थियो । मार्च महिनामा त चीनमा संक्रमितको संख्या सकिएको बराबर नै भएको थियो ।

त्यसैले चीनले कोरोनाका संक्रमित सकिएको भन्ने सोचेर लकडाउन पूर्ण रुपमै हटाएको थियो । तर उसको यो निर्णय उल्टो भईदियो र कोरोनाले आफ्नो नयाँ अवतारमा झनै खतरनाक बनेर फेरी चीनमा आक्रमण गर्न शुरु गरेको छ ।

चीन सरकारले २ महिनाको लकडाउन काफी भएको र अब सबै कन्ट्रोल भएको सोचेर ८ अप्रिलबाट वुहानमा पूर्ण रुपमा लकडाउन हटाइनेछ भन्ने घोषणा गरेको थियो । र वुहानमा सार्वजनिक यातयात ‘पब्लिक ट्रान्सपोर्ट’ फेरी पहिलेकै झैँ शुरु हुन थाल्यो ।

चीनको हुबेई प्रान्तमा लकडाउन हटेपछि त्यहाँबाट उडान भर्ने डेमेस्टिक तथा इन्टरनेशनल फ्लाईट पुनः शुरु गर्याे । अन्य देशमा फसेका आफ्ना नागरीकहरुलाई चीनले आफ्नो देशमा लान थाल्यो । तर चीन यो कुरामा चुक्यो कि, यसले कोरोना भाइरसउ झनै खतरनाक रुपमा एसिम्टोम्याटिकको शिकार बनिनेछ ।

अन्य देशबाट बोलाएका आफ्ना नागरीक सबैलाई संक्रमण पक्कै थिएन । तर जसलाई थियो उनीहरुले चीनमा फेरी खतरा पैदा गरिसकेका थिए ।

चीन यहि ठाउँमा चुक्यो र एसिम्टोम्याटिकको शिकार बन्न पुग्यो चीनलाई यो बारेमा थाहै भएन कि, हामी फेरी आफ्नो मुलुकमा कोरोनालाई बोलाईरहेका छौँ ।

त्यो बाहेक जो-जो संक्रमितहरुलाई चीनले अस्पतालमा उपचार गरेर निको बनायो र उनीहरुलाई उपचार पछि तत्काल घर फर्कायो, त्यसकै कारण संक्रमित नभएका अन्यमा संक्रमण फैलिन थाल्यो । तर यसको असर भने लकडाउन खुलेपछि अहिले चीनले भोगिरहेको छ ।

लकडाउन खोलेपछि चीनको हुबेईमा मात्र एसिम्टोम्याटिक कोरोनाका १५४१ वटा नयाँ केश देखा परेका छन् । साथै उनीहरुको सम्पर्कमा रहेको मानिसहरुमा पनि कोरोना पोजेटिभ पाइन थालेको छ ।

यो सबै जानिसकेपछि हामीले यो पनि पक्कै बुझ्यौँ नै होला कि, कोरोना भाइरसले हाम्रो साथ यति सहजै छोड्नेवालामा छैन । विश्व स्वास्थ्य संगठनले त चेतावनी दिँदै भनेको छ कि, कोरोनाको महामारी अहिलेसम्म त्यस्ता धेरै देशमा पुग्न बाँकि रहेको छ, जस्तै गृहयुद्ध ग्रस्त देशहरु ।

महामारी विज्ञानका विशेषज्ञ एन्टोनी फ्ल्याहोल्टका अनुसार यो कोरोनाको पहिलो चरण मात्र हो । अझै यसको चरण ‘फ्रेज’  देखिन बाँकी रहेको छ ।

एक तर्फ सारा विश्व कोरोनाको पहिलो फेजसँग लडिरहेको छ भने अर्काेतर्फ चीनमा फेरी नयाँ कोरोनाको दोश्रो चरण झनै आक्रमक बनेर फैलिन थालेको छ ।

महामारी विज्ञानका विशेषज्ञ एन्टोनी फ्ल्याहोल्टका अनुसार ”कोरोना एक चरणमा पनि नष्ट हुन सक्दछ, तर यसले क्वारेन्टाइन, मौसममा निर्भर भएर बच्ने तरिका अपनायो भने । तर कोरोनाको ‘केसेज’ देखिन छोडे भन्दैमा तत्काल लकडाउन खोल्नु तथा हतारिनुले झनै संक्रामक बन्न सक्दछ । जसरी चनिमा फेरी कोरोनाको नयाँ अवतार देखिएको छ ।”


यो महामारी केहि चरणमा फैलिने आशंका यसकारण पनि गरिएको छ कि, बच्नका लागि अहिले उठाइएको कदम मात्र अस्थायी छ । र मौका फेरी मिल्नासाथ यो महामारी पुनः शुरु हन्छ ।

यो महामारी त्यो बेलासम्म फैलि नै रहन्छ जबसम्म थर्ड इम्युनिटीसम्म पुग्न सकिँदैन । कुनै समयमा यो तयार पार्न केहि महिना लाग्छ त कहिले वर्ष दिन जान सक्दछ ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोना भाइरस पछि विश्वमा फेरी अर्को खतरा आउन सक्ने वैज्ञानिकको भविष्यवाणी !

कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी ! 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?