कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्काे झड्का !

काठमाडौं । अमेरिकाका शीर्ष वैज्ञानिकले भर्खरै मात्र एक चेतावनी दिएका छन् । उनले औषधी पत्ता लाग्यो भनेर खुशी भएका विश्ववासीहरुमा कोरोना भाइरसले बिस्तारै-बिस्तारै मौसमी रोग धारण गर्न सक्ने भन्दै चेतावनी दिएका हुन् ।

अमेरिकामा संक्रामक रोगका विशेषज्ञ डा. एन्थमी फाउचीले सारा विश्वमै कोरोना भाइरस नियन्त्रण गर्न असम्भव जस्तै रहेको चेतावनी दिएपछि, औषधी पत्ता लाग्यो भनेर खुशीले रमाएका सारा विश्ववासीहरुको अनुहारमा पुनः निराशा छाएको छ ।

‘नेशनल इन्स्टिट्युट अफ हेल्थ’मा कोरोना संक्रमक बिरामीहरुको उपचार गराईरहेका एक्सपर्टस् डाक्टर एन्थनी फाउचीले यो वर्ष सारा पृथ्वीबाट नै भाइरसलाई जरैदेखि उखेलेर फ्याँक्न असम्भव जस्तै रहेको बताएका छन् ।

यसको मतलव हो कि, ‘आउँदो फ्लू सिजनमा कोरोना भाइरसको संक्रमण फेरी महामारीको रुपमा प्रकट हुनसक्दछ ।’

फाउचीले भने, ‘कोरोना फेरी फर्किने डरले अमेरिका भाइरससँग लड्नको लागि आफ्नो तयारी मजबुत गरिरहेको छ, अमेरिका भ्याक्सिन विकसित गर्न र तमाम ट्रीटमेन्टलाई लिएर क्लिनिकल ट्रायल गर्न लागि परेको छ ।’

यदि कोरोना भाइरसको महामारी फेरी आयो भने आफूसँग कमसेकम त्यसलाई फैलिनबाट रोक्ने उपाय हुने बताउँदै फाउचीले अमेरिका त्यसमा लागिरहेको बताएका छन् ।

अमेरिकाले कोरोना भाइरसको भ्याक्सिन १२ देखि १८ महिनासम्ममा तयार पार्न सक्ने पनि उनले बताएका छन् ।

डाक्टर फाउचीले अमेरिकामा कोरोना भाइरसबाट एक लाख भन्दा धेरैको मृत्यु हुन सक्ने दाबी गरेका छन् ।

उनले भने, ‘राज्यले भाइरस फैलिनबाट रोक्नको लागि पूरा देश लकडाउन नगरेको र आम अमेरिकी नागरिकहरुलाई घरमा बस्नको लागि आदेश नदिएकोले देशले आफूलाई आफैँ खतरामा मोलेको छ ।’

विश्व स्वास्थ्य संगठनका अनुसार, अहिले कोरोना भाइरसका लागि ४० वटा भ्याक्सिनको परिक्षण गरिँदै छ । यसमध्ये केहि भ्याक्सिन मानिसहरुमै परिक्षण गर्ने चरणमा पुगिसकेको छ ।

अमेरिकामा अहिलेसम्म कोरोना भाइरसको महामारीका कारण १० हजार ९ सय ४३ जनाको मृत्यु भईसकेको छ भने, ३ लाख ६७ हजार ६५० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

अमेरिकाको न्युयोर्क शहरमा मात्रै ४ हजार ७ सय ५८ जनाले अहिलेसम्म ज्यान गुमाईसकेका छन् । अमेरिकामा अहिलेसम्म ८ हजार ९ सय ८३ जनाको अवस्था गम्भीर रहेको छ ।

आजमात्रै अमेरिकामा ७२ जनाले ज्यान गुमाएका छन् भने भाइरसले आज मात्रै ६सय ४६ जनामा आफ्नो संक्रमण फैलाएको छ ।

अहिलेसम्म सारा विश्वमा ७४ हजार ७ सय ९२ जनाले कोरोनाको महामारीका कारण ज्यान गुमाएका छन् भने १३ लाख ४७ हजार ८ सय ३८ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै २ लाख ८६ हजार ४ सय ६९ जना उपचार पछि निको भएर घर फर्किएका छन् भने ४७ हजार ३ सय ९८ विश्वभर जनको अवस्था गम्भीर छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?