कोरोनाको महामारी पछि पृथ्वीमा फरक दृश्य देखिएको वैज्ञानिकको दाबी !

काठमाडौं । कोरोना भाइरसको कारण सारा विश्वबासीहरुलाई श्वास फेर्न गाह्रो भएको छ । तर कोरोना भाइरसको कारण सारा विश्वमा भएको लकडाउनले धर्तीलाई अत्याधिक फाईदा पुगेको छ ।

धर्ती लकडाउनका कारण पहिलेको भन्दा धेरै सफा भएको छ । र सफा हावामा श्वस फेर्न पाएको छ । धर्तीमा यति धेरै सफा हावा ७५ वर्ष पछि देखिएको छ ।

यो भन्दा अगाडि द्वितीइ विश्वयुद्धका बेला पृथ्वी स्वच्छ र सफा भएको हो । अब वैज्ञानिकहरुले आशा गरेका छन् कि, द्वितीय विश्वयुद्ध पछि धर्तीमा कार्बनको उत्सर्जन पहिलो पटक कम भएको छ ।

कोरोनाको कारण सारा विश्व लकडाउमा भएको कारणले सारा धर्तीमा कार्बनको उत्पत्ति कम भएको वैज्ञानिकहरुको दाबी छ ।

ग्लोवल कार्बन प्रोजेक्टका प्रमुख रोव ज्याक्सनले भने, यो वर्ष कार्बन उत्सर्जनमा ५ प्रतिशतले कमी आउनेछ । यो भन्दा पहिला सन् २००८ मा आर्थिक मन्दीको बेला कार्बन उत्सर्जन १.४ प्रतिशतले घटेको थियो ।

रोव ज्याक्सन क्यालिफोर्नियास्थित स्ट्यानफोर्ड युनिभर्सिटीमा प्रोफेसर छन् । रोव ज्याक्सनले भने द्वितीय विश्वयुद्ध पछिको समयमा केहि देश बन्द थिए, बजार, यातयात, उद्योग बन्द थिए ।

त्यसैले हावामा प्रदूषणको स्तरमा अत्याधिक कम भएको थियो । त्यसपछि भने कोरोनाको कारण सारा विश्व नै लकडाउन भएपछि फेरी त्यस्तै अवस्था देख्न पाइएको छ ।

रोवले भने कि, सोभियत संघ छुट्टिएपछि तेल सम्बन्धी क्राइसिसको कारण कार्बनको उत्सर्जन कम स्तरमा आएको थिएन, कोरोना भाइरसको आपद्का कारण कार्बन उत्सर्जन कम हुनु खुसीको खबर हो ।

रोव ज्याक्सनले प्रदूषणमा आएको कमी अस्थाई मात्र भएको बताएका छन् । जब लकडाउन हट्छ फेरी पहिलेकै जसरी कार्बन उत्पत्ति हुन थाल्ने उनले बताए ।

हाम्रो धर्ती पनि प्रदूषण हावा श्वास फेर्न बाध्य हुनेछ । तर बिस्तारै बिस्तारै हामीले त्यसलाई क मगर्न आवश्यक रहेको छ ।
पूर्वी इंग्ल्याण्डको युनिभर्सिटी अफ ईष्ट एंग्लियाको पर्यावरण विज्ञानी कोरीनले क्वेरेले भने कि, यो जुन अहिले धर्तीमा देखिएको बदलाव छ यो बदलाव लकडाउन हट्नासाथ बाहिर आउनेछ ।

पहिलेको धर्ती जस्तो थियो लकडाउन पछि पनि उस्तै हुनेछ । तर अहिलेका केहि दिन भने धर्ती स्वच्छ हावा लिईरहेको छ ।

कोरिन ले क्वेरले सन् २००८ को आर्थिक मन्दी पछि धर्तीमा ग्रीनहाउस ग्याँसको उत्सर्जनमा अत्याधिक गिरावट आएको यो नै पहिलो पटक हो । तर अहिले भएको लकडाउना कारण २५ प्रतिशत कार्बनमा कमी आईसकेको छ ।

संयुक्त राष्ट्रले पछिल्लो वर्षको नोभेम्वरमा एक रिपोर्ट प्रकाशित गर्दै हरेक वर्ष कार्बन उत्सर्जनमा ७.६ प्रतिशत आयो भने मात्र ग्लोवल वार्मिङमा १.५ डिग्री सेल्सियसको कमी आउँछ ।

वैज्ञानिकहरुले यस वर्ष कोरोना भाइरसका कारण भएको लकडाउनबाट कार्बन उत्सर्जनमा १० देखि २० प्रतिशतसम्म कम हुनेछ ।

लकडाउन खुले लगत्तै फेरी पहिलेकै अवस्थामा हामी पुग्ने भन्दै वैज्ञानिकहरुले बिस्तारै कार्बन उत्सजैनमा कम नगरे फेरी पनि यस्तो महामारी नआउला भन्न नसकिने चेतावनी दिएका छन् ।

यो समाचार तयार पार्दासम्म १२ लाख ७८ हजार ५२३ जना संक्रमित भएका छन् भने ६९ हजार ७५७ जनाको मृत्यु भएको छ ।

यस्तै २ लाख ६६ हजार ७३२ जना निको भएर घर फर्किएका छन् । ४५ हजार ८९७ को अवस्था गम्भिर छ । अहिलेसम्म विश्वभरीकै अत्याधिक प्रभावित देश इटालीमा अहिलेसम्म १५ हजार ८८७ जनाको मृत्यु भएको छ भने १ लाख २८ हजार ९ सय ४८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै स्पेनमा १ लाख ३१ हजार ६ ४६ जना नयाँ संक्रमित पाइएका छन् भने १२ हजार ६ सय ४१ जनाको ज्यान गइसकेको छ ।

त्यस्तै ३ लाख ३६ हजार ८५१ जना अमेरिकामा संक्रमित भएका छन् भने ९ हजार ६२० जनाको मृत्यु भएको छ । त्यस्तै फ्रान्समा संक्रमितको संख्या ९२ हजार ८३९ पुगेको छ भने ८ हजार ७८ जनाको मृत्यु भएको छ ।

त्यस्तै ब्रिटेनमा ४७ हजार ८ सय ६ जनामा संक्रमण पाइएको छ भने ४ हजार ९३४ जनाको मृत्यु भएको छ । त्यस्तै चीनमा अहिलेसम्म ८१ हजार ७०८ जनामा संक्रमण देखिँदा ३ हजार ३ सय ३१ जनाको मृतयु भएको छ आजमात्रै चीनमा थप २ जनाको मृत्यु भएको हो ।

त्यस्तै ईरानमा अहिलेसम्म ३ हजार ६ सय ३ जनाले ज्यान गुमाएका छन् भने ५८ हजार २ सय २६ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै नेदरल्याण्डमा १७ सय ६६ जनाको मृत्यु हुँदा १७ हजार ८ सय ५१ जनामा संक्रमण देखिएको छ । त्यस्तै बेल्जियममा २० हजार ८ सय १४ जनामा संक्रमण देखिँदा १ हजार ६३२ जनाले अहिलेसम्म ज्यान गुमाएका छन् ।

अन्य देशहरुमा कोरोना भाइरसको संक्रमण र मृतकको संख्या कम हुँदै गएको अवस्थामा बेल्जियममा भने आजमात्रै थप एक सय ८५ जनाको मृत्यु भएको छ भने १ हजार १ सय २३ जना नयाँ संक्रमित फेला परेको छन् ।

त्यस्तै छिमेकी देश भारतमा ४ हजार ३ सय १४ जनामा संक्रमण देखिएको छ भने १ सय १८ जनाको मृत्यु भएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?