काठमाडौं । नबिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) को जिम्मेवारी गणेशप्रसाद अवस्थीलाई दिइएको छ ।
बैंक सञ्चालक समितिको निर्णय अनुसार अवस्थीलाई डेपुटी सीईओमा बढुवा गर्दै जिम्मेवारी दिइएको हो ।
बैंकिङ क्षेत्रमा साढे २ दशक भन्दा भन्दा बढीको अनुभव भएका अवस्थी यसअघि बैंकको नायब महाप्रबन्धक (डीजीएम) रहेका थिए ।
उनी ६ वर्षअघि ग्लोबल आईएमई बैंकबाट सहायक महाप्रबन्धकका रुपमा नबिल प्रवेश गरेका थिए ।
नेपालका विभिन्न वाणिज्य बैंकहरुमा काम गरिसकेका अवस्थीको बैंकिङ करियर सन् २००१ बाट सुरु भएको हो ।
तत्कालीन एनआईसी बैंकबाट आफ्नो बैंकिङ यात्रा अघि बढाएका उनले त्यसपछि कुमारी बैंकको शाखा प्रमुखको रुपमा जिम्मेवारी सम्हाले । त्यसपछि सन् २००८ मा ग्लोबल आईएमई बैंकमा आवद्ध रहे । ग्लोबल आईएमई बैंकमा १३ वर्ष काम गरेका उनी त्यसपछि भने नबिल बैंक प्रवेश गरेका हुन् ।
उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन र अर्थशास्त्रमा स्नातकोत्तर र हार्वर्ड बिजनेस स्कुलबाट रणनीति विषय समेत अध्ययन गरेका छन् ।
बैंकिङ क्षेत्रमा हुने कर्जा व्यवस्थापन, निक्षेप परिचालनमा अब्बल मानिने अवस्थी व्यवसायिक विस्तार, ग्राहक सेवा तथा संस्थागत क्षमता विकासका क्षेत्रमा सक्रिय रहँदै आएका बैंकर्स हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया