शिव कैलाश कला मन्दिरको छैटौँ उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कला, संस्कृति तथा मौलिक नृत्यको संरक्षण र प्रवद्र्धनसँगै नयाँ पुस्तामा रहेका नृत्य प्रतिभाको पहिचान, विकास र प्रोत्साहन गर्ने उद्देश्यले शिव कैलाश कला मन्दिरले आयोजना गरेको छैटौँ उपत्यकाव्यापी एकल नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

काठमाडौंको धनेश्वरस्थित शिव कैलाश कला मन्दिरको सभाहलमा पाँच दिनसम्म सञ्चालन भएको प्रतियोगितामा उपत्यकाका विभिन्न विद्यालयबाट छनोट भएका कक्षा १ देखि ९ सम्मका विद्यार्थीले विभिन्न विधामा एकल नृत्य प्रस्तुत गरेका थिए ।

प्रतियोगिताका लागि आयोजित अडिसनबाट विभिन्न विद्यालयका ६०० भन्दा बढी विद्यार्थी छनोट भएका थिए । विभिन्न कक्षागत तथा विधागत समूहमा भएको प्रतिस्पर्धामा उत्कृष्ट प्रदर्शन गर्ने टिमलाई नगदका साथै उत्कृष्ट विजेता १० जना विद्यार्थीलाई प्रमाणपत्र, ट्रफी तथा मेडल प्रदान गरिएको थियो ।

सहभागी विद्यालयलाई समेत सम्मानपत्र प्रदान गरिएको आयोजकले जनाएको छ ।

टिम च्याम्पियन सभ्यता पाठशाला प्रथम, टिम द्वितीय मिलन धर्मस्थली र टिम तृतिय काठमाडौं लिंकन स्कुल तारकेश्वर तृतीय भएका छन् ।

यसैगरी कक्षागत विजेताहरुमा कक्षा १ विद्यानन्द पब्लिक स्कूलकी छात्रा साखी बराल, प्रथम, विद्योदय इङ्गिलस स्कूलकी स्मारिका साउद द्वितीय र सभ्यता पाठसालाकी एरिका भट्ट तृतीय भए ।

कक्षा २ तर्फ हिमालय वालड्रभकी सुनैरा लम्साल प्रथम, ल्यान्डमार्क एकेडेमीकी अदिति गिरी द्वितीय र सभ्यता पाठशालाकी आकृति पाण्डे तृतीय भए । कक्षा ३ तर्फ प्रकृति पाठशालाकी जेनिसा बुढाथोकी प्रथम, मिलन धर्मस्थलीकी सोफिया तामाङ द्वितीय र प्रज्ञान एकेडेमीकी बिपिन्सा डंगोल तृतीय भए ।

त्यस्तै, कक्षा ४ बाट सभ्यता पाठशालाकी एन्जेल सिम्खडा प्रथम, हिमालय वालड्रफकी स्मारिका ढकाल द्वितीय र शौरद्धिपकी शानी लाल कर्ण तृतीय भए । कक्षा ५ बाट जिनिअस इङ्गिलस स्कूलकी शिवानी वर्देवा प्रथम, ल्यान्डमार्क एकेडेमीकी आर्या तामाङ द्वितीय र मिलन धर्मस्थलीकी प्रमिशा आले तृतीय भए ।

कक्षा ६ बाट काठमाडौं लिङ्गकनकी जेनिसा लोहनी प्रथम, आरम्भ एकेडेमीकी प्रशिक्षा भुसाल द्वितीय र ल्यान्डमार्क एकेडेमीकी खुुस्बु बुढामगर तृतीय भए । कक्षा ७ मा प्राज्ञान एकेडेमीकी सुप्रिया कार्की प्रथम, हिमालय वालड्रफ एकूलकी एमी लामा द्वितीय र मिलन धर्मस्थलीकी सुभाना लामिछाने तृतीय भए ।

कक्षा ८ बाट सभ्यता पाठशालाकी एयरिश कुँवर प्रथम, मिलन धर्मस्थलीकी जानकी भण्डारी द्वितीय र सभ्यता पाठशालाकी साकुरा चालागाईं तृतीय भए । कक्षा ९ बाट आरम्भ एकेडेमीकी रेबिशा गुरुङ प्रथम, मिलन धर्मस्थलीकी सिबिका बोगटी द्वितीय र प्रकृती पाठशालाकी अञ्जिला सिम्खडा तृतीय भए ।

प्रमुख अतिथि तथा वरिष्ठ नृत्य निर्देशक कमल राई, वरिष्ठ नृत्य निर्देशक राजु शाह, चलचित्र विकास बोर्डका सदस्य तथा गीतकार गणेश सुबेदी, नृत्य निर्देशक तथा प्राज्ञ महेश गोदार, समाजसेवी लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक्ट ३२५ केका निवर्तमान क्याबिनेट सचिव ट्रीजा ढकाल, सेरा डिजिटल हबका सिइयो सुबोध रायमाझी, ओखती आयुर्वेदिकका प्रबन्ध निर्देशक शोभाकान्त बस्याल लगायत कला, संस्कृति तथा सामाजिक क्षेत्रका मुर्धन्य व्यक्तित्वहरूको उपस्थितिमा विजेताहरुलाई प्रमाणपत्र तथा उपहारहरु प्रदान गरिएको थियो ।

समारोहको अध्यक्षता शिव कैलाश कला मन्दिरका अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक नारायण रिजालले गरेका थिए भने सञ्चालन युनिशा रिजालले गरेकी थिइन् । सो अवसरमा उत्कृष्ट विद्यार्थी, सहभागी विद्यालय तथा विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो ।

अध्यक्ष नारायण रिजालले नेपाली कला तथा संस्कृतिको संरक्षणसँगै नयाँ पुस्तामा रहेका प्रतिभाको पहिचान र विकासका लागि प्रतियोगितालाई निरन्तरता दिइएको बताए ।

‘नयाँ पुस्तामा प्रतिभाको कमी छैन, आवश्यकता उनीहरूलाई आफ्नो प्रतिभा प्रस्तुत गर्ने सही मञ्च र अवसर दिनु हो,’ रिजालले भने, ‘यस्ता कार्यक्रममार्फत विद्यार्थीको प्रतिभालाई प्रोत्साहन गर्दै नेपाली मौलिक कला र संस्कृतिको संरक्षणमा योगदान पुर्‍याउनु हाम्रो उद्देश्य हो ।’

विगत २५ वर्षदेखि कला तथा नृत्य क्षेत्रमा सक्रिय शिव कैलाश कला मन्दिरले हालसम्म १०० भन्दा बढी विद्यालय, कलेज तथा विभिन्न संघसंस्थामा लोकनृत्य प्रशिक्षण र कला सम्बन्धी कार्यक्रम सञ्चालन तथा संयोजन गर्दै आएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?