कोरोना महामारी : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

काठमाडौं । चीनका स्वास्थ्य सल्लाहकार तथा वैज्ञानिक डाक्टर झान्ग नैनशानले कोरोना भाइरसको उद्गमस्थल वुहान शहर नभएको बताएका छन् ।

उनी कोरोना भाइरसको संक्रमणको परिक्षण गरिरहेका राष्ट्रिय स्तर टिमका लिडर समेत हुन् । उनलाई चीनमा ईज्जतका साथ हेर्ने र मान्ने गरिन्छ ।

८३ वर्षीय डा. नैनशानले एक प्रेस कन्फ्रेन्स गर्दै संसारभरका मिडियाहरुलाई वुहान शहर कोरोना भाइरसको जन्मस्थान नभएको बताएका छन् ।

 

उनले भने, वुहान एउटा प्रान्तको राजधानी हो र यहाँ १.१० करोड मानिसहरु बस्दछन्, यस्तो पनि हुन सक्छ कि, महामारी भाइरस कुनै अर्काे ठाउँबाट आएको र त्यहाँ तीव्र गतिले फैलिएको पनि हुनसक्छ ।

डा. नैनशानले भने, वैज्ञानिकहरु र डाक्टरहरुको समस्या यो हो कि, हामी पहिल्यै देखी यसै शहरमा कोरोनाको जन्म भएको भन्ने सोच्दै आएका छौँ, तर हामीलाई यकिन छैन कि यो भाइरस कहाँबाट फैलियो । त्यसैले पहिला हामीले यो भाइरस कहाँबाट जन्मियो भन्ने खोज्नु आवश्यक छ ।

एनले भने चीनको वुहानबाट कोरोना फैलिन शुरु भयो यो सत्य हो तर, भाइरस वुहान शहरबाटै उत्पत्ति भएको हो भन्ने बारे अहिलेसम्म केहि पत्ता लागेको छैन ।

केहि समय अगाडि बेइजिंगबाट चीनका सरकारी प्रवक्ता झाओ लिजियानले अमेरिकी सेनाले वुहानमा कोरोना भाइरस फैलाएको आरोप लगाएका थिए । जनवरीबाट तीव्र गतिमा फैलिएको कोरोना भाइरस चीनमा भने २७ फेब्रुअरीबाट बिस्तारै कम हुँदै गएको थियो ।

चीनमा कोरोना भाइरसका कारण अहिलेसम्म ३ हजार ३ सय १२ जनाको ज्यान गएको छ । भाइरसबाट अहिलेसम्म चीनमा ८१ हजार ५ सय ५४ जनामा संक्रमण देखा परेको छ ।

आज मात्रै चीनमा ७ जनाको मृत्यु भएको छ भने ३६ नयाँ संक्रमण देखा परका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?