कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ?

काठमाडौं – विशवसामू भयंकर चुनौतिको रुपमा खडा भएको कोरोना भाइरस कोभिड १९ को महामारीका कारण यो समाचार तयार पार्दासम्म ७४ हजार ७६७ जनाका मृत्यु भएको छ भने १३ लाख ४७ हजार २ सय ३५ जना संक्रमित भएका छन् ।

यो महामारी विश्वका २ सय ९ मुलुकमा फैलिसकेको छ । २ लाख ८६ हजार ९५ जना मानिस निको भएर स्वास्थ्य लाभ गरी घर फर्केका छन् ।

भाइरसको उद्गमस्थल चीनलाई उछिन्दै ईटलीमा कोरोना भाइरसका कारण १६ हजार ५ सय २३ जनाको मृत्यु भइसकेको छ भने १ लाख ३२ हजार ५ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । विश्वका विकसित मुलुकलाई झनै आक्रान्त पारेको भाइरसविरुद्धको औषधी पत्ता नलाग्दा दैनिक करिब हजारको संख्यामा मानिसहरुको ज्यान गएको छ ।

भाइरस सुरु भएको ३ महिना पुरा बितिसक्दा पनि वैज्ञानिक र डाक्टरहरु यसविरुद्धको भ्याक्सिन एकिन गर्न सकिरहेका छैनन् । त्यसैले यो महामारीका कारण अझै लाखौँको हताहति हुने अनुमान गरिएको छ ।

यस भाइरसका विषयमा बेलाबेलामा विभिन्न अनौठा समाचारहरु आईरहन्छन् । केहिले यसलाई जैविक हतियारका रुपमा लिएका छन् भने केहिले भवितव्य प्रकोप ।

यसैबीच कोरोना भाइरस बनाउन मद्दत गरेको आरोपमा पक्राउ परेका एकजना प्रोफेसरलाई अदालतमा उपस्थित गराइएको भन्दै सामाजिक सञ्जालमा हौवा फिँजाइएको छ । विश्वको शक्तिशाली राष्ट अमेरिकाको हार्बड विश्वविद्यालयका प्रोफेसर डा. चाल्र्सलाइबरलाई मोटो रकम बुझेर कोरोना भाइरस बनाउन मद्दत गरेको आरोप लागेको भन्दै एक व्यक्तिले सामाजिक सञ्जालमा पोष्ट गरेपछि यो आगोसरी फैलिएको थियो ।
चिनियाँ सरकारद्वारा सञ्चालित उनी हावर्ड विश्वविद्यालयको प्रमुख अन्वेषकका रुपमा काम गर्दैै आएको र अर्कै विषयमा उनको पक्राउ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम बताउँछन् ।

डा. लाइबर चीनको वुहान युनिभर्सिटी अफ टेक्नोलोजीमा एक रणनीतिक वैज्ञानिकको रुपमा काम गर्छन् ।

हार्बडविश्वविद्यालयका प्रवक्ता जोनाथन स्वाइनले प्रोफेसर लाइबरविरुद्ध लगाएको आरोप अत्यन्त गम्भीर रहेको र हार्भार्डले संघीय अधिकारीहरूसँग सहकार्य गरिरहेको बताएका छन् । भारतिय सञ्चारमाध्यमले यो खबर झुटो भएको बताएका छन् ।

उनको पक्राउको कारण के थियो त ?
मिडिया रिपोर्टको विश्लेषण हेर्दा डा चार्ल्स लाइबर एक नामूद वैज्ञानिक हुन् । उनको कोरोना भाइरस बनाउने भनिएको कुरामा कुनै सम्बन्ध छैन।

उनको पक्राउको समाचार मुख्यधारको अमेरिकी मिडिया द्वारा व्यापक रूपमा रिपोर्ट गरिएको थियो।

न्युयोर्क टाइम्सका अनुसार हार्वर्डका प्रोफेसरलाई चिनियाँ कोष लुकाउने आरोप लगाइएको थियो।
डा लाइबरलाई जनवरी २०२० मा अमेरिकी फेडरल अधिकारीहरूले चीनबाट प्राप्त गरेको रकममा भौतिक रूपमा गलत, काल्पनिक र कपटपूर्ण बयान दिएको आरोप लागेको थियो । (फाईल फोटो)- एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो कि ? आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् 

कोरोना भाइरस गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस

वैज्ञानिकहरुको नयाँ खुलासा कोरोना न जीवित छ न त मर्छ आखिर के हो कोरोना

चीनका वैज्ञानिकले फेरी गरे सनसनीपूर्ण खुलासा ! 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?