काठमाडौं । नेपाल टेलिकमले आर्थिक वर्ष २०८३/८४ का लागि धितोपत्र दलाल (ब्रोकर) सेवा दिने कम्पनीको सूची दर्ता गर्न प्रस्ताव मागेको छ ।
टेलिकमले आवश्यक पर्ने ब्रोकर सेवा उपलब्ध गराउन इच्छुक र योग्यता पुगेका कम्पनीलाई सूचीकरणका लागि आवेदन दिन आग्रह गरेको हो ।
सूचीकरणका लागि आवेदन दिने ब्रोकर कम्पनी कानुनअनुसार दर्ता भएको हुनुपर्नेछ । साथै, नेपाल धितोपत्र बोर्डबाट ब्रोकरको अनुमति लिएको र त्यसको नवीकरण गरेको हुनुपर्नेछ। कम्पनीसँग स्थायी लेखा नम्बर (प्यान) पनि हुनुपर्नेछ ।
ब्रोकर कम्पनीले नेपाल धितोपत्र बोर्डले तोकेको न्यूनतम चुक्ता पुँजी पूरा गरेको हुनुपर्ने टेलिकमले जनाएको छ । आर्थिक वर्ष २०८१/८२ मा कम्पनीको खुद कार्यशील पुँजी धनात्मक हुनुपर्ने र सोही वर्षको कर चुक्ता गरेको प्रमाण पनि पेस गर्नुपर्नेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०/८१ / २०८१/८२ मा धितोपत्र खरिद–बिक्रीको औसत वार्षिक कारोबार १० अर्ब रुपैयाँभन्दा बढी भएको हुनुपर्नेछ । ब्रोकरका रूपमा कम्तीमा दुई वर्षको अनुभव पनि आवश्यक छ ।
त्यसैगरी, कम्तीमा एउटा सरकारी स्वामित्व भएको वा सरकारी स्वामित्वमा आंशिक हिस्सा रहेको कम्पनी तथा संगठित संस्थामा कम्तीमा एक वर्ष ब्रोकर सेवा दिएको अनुभव हुनुपर्नेछ ।
प्रचलित कानुनअनुसार धितोपत्र कारोबार गर्न अयोग्य नरहेका कम्पनीले मात्र टेलिकमको सूचीकरणका लागि प्रस्ताव पेस गर्न सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?






प्रतिक्रिया