वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?

काठमाडौं । कोरोना भाइरसको प्रकोप विश्वव्यापी रुपमा फैलिएको छ । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरससँग लड्नको लागि बिभिन्न देशका वैज्ञानिकहरु दिन रात खटिरहेका छन् ।

भाइरसविरुद्धको ‘टिका’ बनाउन वैज्ञानिक र डाक्टरहरु अहोरात्र खटिएका छन् । तर अहिलेसम्म कोरोना भाइरसको औषधी भने बन्न सकेको छैन । तर शोधहरुले भने कस्तो सावधानी अपनाउँदा हामी कोरोनको शिकार बन्नबाट बच्छौँ भन्ने बारेमा पत्ता लगाएका छन् ।

हालैमात्र भएको एक शोधमा कोरोना भाइरसलाई लिएर अचम्मित बनाउने खुलासा भएको छ । त्यसको बारेमा जानकारी तपाईले जानि राख्न अति आवश्यक रहेको छ ।

कोरोना भाइरसबाट बँचिरहन अत्यन्त आवश्यक छ यो जानकारी

कोरोना संक्रमणको रोकथाम र त्यसबाट जोगिनसँग सम्बन्धित महत्वपूर्ण जानकारी जुटाउन विकसित देशहरु लागि परेका छन् ।

हालैमात्र जोन होपकिंग्स युनिभर्सिटीले पनि कोरोना संक्रमण रोकथामका लागि केहि जरुरी तथ्य सार्वजनिक गरेको छ । शोधबाट आएको नतिजाका अनुसार कोरोना भाइरसबाट बच्नका लागि बिभिन्न उपायहरु सार्वजनिक गरिएको छ ।

के छ रिपोर्टमा ?

शोधले सारा विश्वका लागि महामारीको रुप लिएर हजारौँ मानिसहरुलाई दिनानुदिन आफ्नो शिकार बनाईरहेको कोरोना भाइरस कुनै पनि जीवित जीव नभएको पत्ता लागाएको छ । तर कोरोना भाइरस एक प्रकारको प्रोटिन मलीक्युल अर्थात्(डिएनए) रहेको कुरा शोधबाट वैज्ञानिकहरुले पत्ता लगाएका छन् ।

उक्त लिपिड (फ्याट वा बोसो) को छालाले घेरिएको हुन्छ । यो जब आँखा, नाक वा एक प्रकारको मुख क्यान्सर (बुक्कल म्युकेसा) मा सर्दछ तब यसले जेनेटिक कोडलाई परिवर्तन गरिदिन्छ । र मील्टिप्लायर सेल्समा बदलिदिन्छ ।

मानिसहरुको शरीरमा पुग्दै उक्त संक्रमण आफूलाई तीव्र गतिले ‘जनरेट’ गर्न थाल्छ । तर यो भाइरस कुनै जीव नभएर एउटा प्रोटिन ‘मलिक्युल’ भएको वैज्ञानिकहरुको दाबी रहेको छ ।

त्यसैले कोरोना भाइरस कहिल्यै नमर्ने शोधकर्ताहरुको दाबी रहेको छ । तर यो सत्य हो कि, कोरोना जब आफ्नो फैलिने ठाउँ पाउँदैन तब आफैँ नष्ट भएर जान्छ । यो नष्ट हुने कारण भनेको समय, तापक्रम, ह्युमिडिटीसँग आफै नष्ट भएर जाने शोधकर्ताहरुले दाबी गरेका छन् । यहाँबाटै थाहा पाइन्छ कि, कोरोना भाइरस कस्तो प्रकारको वस्तुमा सक्रिय हुन्छ र रहन्छ ।

कोरोनालाई बोसो भन्दा बाहिरको पातलो छालाले बचाइराख्छ

बोसो भन्दा बाहिरको पातलो छालामा पनि यो भाइरस जीवितै रहि राख्छ । यो भाइरस बोसाको पातलो बाहिरी छाला (फ्याट) मा रहीराख्ने गरेको शोधकर्ताहरुले बताएका छन् । तर बोसो भन्दा बाहिरको पातलो छालालाई साबुन वा डिटर्जेन्टले नष्ट गर्न सकिन्छ ।

किनभने फोम कुनै पनि लेयर वा फ्याट लेयर काट्न सबैभन्दा सहज तरिका हो । त्यसैले बारम्बार हातलाई साबुन वा डिटर्जेन्ट लगाएर थोरैमा २० सेकेण्ड मिचिमिचि धुन भनिन्छ । किनभने जति धेरै समय हामी छालालाई मिचिमिची धुन्छौँ त्यति नै कोरोनालाई हामी नष्ट गर्न सक्दछौँ ।

तातो पानी औषधि बन्न सक्दछ

फ्याटको लेयर घोलिएपछि प्रोटिन मलिक्युल नष्ट भएर जान्छ । भाइरस हिट भएपछि पनि नष्ट हुने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

त्यसैले तातो पानीले नुहाउनु, कपडा धुनु, अत्याधिक फाइदाजनक साबित हुन्छ ।

मेडिकेटेड अल्कोहल र स्यानिटाइजर महत्वपूर्ण

मेडिकेटेड अल्कोहल बाट बनाइएको केहि द्रवले कुनै पनि प्रकारको फ्याटलाई गलाउँदछ । विशेष गरि यसले भाइरसको बाहिरी लिपिडलाई गलाउन सक्षम हुन्छ ।

त्यो बाहेक एक भाग ब्लीच र पाँच भाग पानीबाट बनेको मिक्सचर प्रोटिनले लेयरलाई छिटै गलाउने गरेको वैज्ञानिकहरुले बताएका छन् ।

कपडा लगाउनु भन्दा पहिला सावधानी अपनाउँ !

हामी नयाँ कपडा देख्नासथ कस्तो छ ? सुहाउँछ कि सुहाउँदैन भनेर कपडा चेक गर्न हतार गर्छाैं । तर यस्तो गर्नाले धेरै नोक्सान हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् ।

कपडाको कुनै पनि भागमा भाइरसको संक्रमणहरु आएर बसेका हुन्छन् । कपडामा ३ घण्टासम्म भाइरस रहने भएकोले नयाँ कपडा छ भन्दैमा हतार गरेर नलगाउन वैज्ञानिकहरुले सुझाएका छन् ।

नयाँ कपडाहरु किनेर ल्यापछि पनि त्यसलाई झड्काल्न नहुने वैज्ञानिकहरुले बताएका छन् । किनभने कपडामा रहेको भाइरस झट्काल्दा हावामा फैलिने भएकोले नझड्काल्न वैज्ञानिकहरुले अर्ति दिएका छन् ।

त्यसरी झड्काल्दा भाइरस बाहिर निस्किएर जो कोहिलाई पनि आफ्नो शिकार बनाउन सक्ने वैज्ञानिकहरुले बताएका हुन् ।

यी सामानमा यति समयसम्म रहन सक्छ भाइरस

धातुहरुमा कोरोना भाइरस मात्र ४ घण्टासम्म सक्रिय रहने अनुसन्धानबाट पत्ता लागेको छ । किनभने धातुमा पानीको मात्रा ४ घण्टामा सुकिसकेको हुन्छ ।

कार्डबोर्डमा कोरोना २४ घण्टासम्म सक्रिय रहन्छ भने मेटल मा ४२ घण्टासम्म भाइरस सक्रिय रहन्छ । त्यस्तै प्लाष्टिकमा कोरोना भाइरस ७२ घण्टासम्म सक्रिय रहने शोधबाट पत्ता लागेको छ ।

भाइरसको प्रोटिन

रिसर्चबाट पत्ता लागेको छ कि, भाइरसको मलिक्युल चीसो वातावरणमा धेरै समयसम्म सक्रिय रहन्छ ।

त्यो बाहेक घर तथा कारमा लगाइएका एयर कण्डिसनमा पनि भाइरस धेरै समयसम्म सक्रिय रहने शोधकर्ताहरुको दाबी छ । धेरैजसो यो भाइरस अध्याँरोमा सक्रिय रहने वैज्ञानिकहरुले बताएका छन् ।

त्यस्तै सुक्खा,गर्मी, तातो र प्रकाश भएको माहोलमा कोरोना भाइरस आफैँ नष्ट भएर जाने शोधकर्ताहरुले बताएका छन् । कुनै पनि वस्तुमा युवी लाइटले यस भाइरसको प्रोटिन नष्ट भएर जाने वैज्ञानिकहरु बताउँछन् ।

यो भाइरस स्वस्थ स्क्रिनमा नलाग्ने वैज्ञानिकहरुले बताएका छन् । किनभने भाइरसले स्वस्थ व्यक्तिको शरीरको फ्याटको सुरक्षात्मकतालाई तोड्न सक्दैन ।

भोड्का वा वियरले भाइरसमा केहि असर गर्दैन तर ‘लिस्टरिन’ले काम गर्छ

वियर तथा भोड्काले भाइरसको सक्रियतालाई केहि असर नगर्ने वैज्ञानिकहरुले बताएका छन् । किनभने भोड्कामा जम्मा ४० प्रतिशत मात्र अल्कोहल हुन्छ । तर भाइरस नष्ट गर्नको लागि ६५ प्रतिशत अल्कोहलको आवश्यक पर्दछ । वियर र भोड्का भन्दा राम्रो र भाइरसलाई मार्न सक्ने क्षमता लिस्टरिनमा भएको वैज्ञानिकहरु बताउँछन् ।

किनभने लिस्टरिनमा ६५ प्रतिशत भन्दा माथि अल्कोहल हुन्छ । वैज्ञानिकहरका अनुसार जति बन्द ठाउँ हुन्छ त्यति नै धेरै भाइरस फैलिन्छ । तर जति उज्यालो र प्राकृतिक रुपमा हावा लाग्ने ठाउँ हुन्छ त्यति नै भाइरसको असर कम हुने वैज्ञानिकहरुले बताएका छन् ।

यी कुराहरुको राखौँ ध्यान

म्युकोशा, फूड, ताल्चा, नब्स, स्विच, रिमोट कन्ट्रोल, सेल फोन, घडी, कम्प्युटर, डेस्क, टिभी छुनु भन्दा पहिला र पछि राम्रोसँग साबुन पानीले हात धोऔँ ।

त्यो भन्दा बाहेक बाथरुम जानु अगाडी र पछाडी पनि हात धोऔँ । हात बारम्बार धोएपछि मिचिराख्न पनि आवश्यक छ ।

किनभने मिचेर हात धुँदा भाइरस नष्ट भएर जान्छ । जति राम्रोसँग मिचेर हामी हात धुन्छौँ त्यति राम्रो हुनै वैज्ञानिकहरुको दाबी छ ।

महामारीका कारण विश्वभर अहिलेसम्म ६४ हजार ७८७ जनाको ज्यान गएको छ भने संक्रमितको संख्या विश्वभर १२ लाख ३ हजार ८७७ पुगेको छ त्यस्तै ४४ हजार ९४ जनाको अवस्था गम्भीर रहेको छ ।

नेपालमा पनि कोरोना भाइरसका ९ संक्रमित फेला परेका छन् । शनिवार मात्रै नेपालमा थप ३ नयाँ संक्रमित पाइएको थियो ।

त्यस्तै अत्याधिक प्रभावित देश इटालीमा भाइरसका कारण अहिलेसम्म १५ हजार ३६२ जनाले ज्यान गुमाएका छन् भने १ लाख २४ हजार ६३२ जनामा संक्रमण देखा परेको छ ।

त्यस्तै स्पेनमा ११ हजार ९४७ जनाको भायरसका कारण ज्यान गएको छ भने १ लाख २६ हजार १६८ जनामा संक्रमण देखिएको छ ।

त्यस्तै अमेरिकामा अहिलेसम्म ८ हजार ४५४ जनाले ज्यान गुमाउँदा संक्रमितको संख्या अत्याधिक रहेको छ । अमेरिकामा अहिलेसम्म ३ लाख ११ हजार ६३७ जनामा कोरोनाको संक्रमण पाइएको हो ।

त्यस्तै फ्रान्सको अवस्था पनि भयावह रहेको छ । फ्रान्समा कोरोनाका कारण अहिलेसम्म ७ हजार ५६० जनाको ज्यान गएको छ भने ८९ हजार ९५३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै युकेमा अहिलेसम्म ४ हजार ३१३  जनाले ज्यान गुमाएका छन् भने ४१ हजार ९०३ जनामा कोरोनाको संक्रमण पाइएको छ ।

त्यस्तै ईरानको अवस्था पनि जटिल बन्दै गएको छ । कोरोना भाइरसको महामारीबाट अहिलेसम्म ईरानमा ३ हजार ४५२ जनाले ज्यान गुमाईसकेका छन् भने ५५ हजार ७४३ जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै कोरोनाको उद्गमस्थल चीनमा आज पनि थप ३ जनाको मृत्यु भएको छ । योसँगै चीनमा मृतकको संख्या ३ हजार ३ सय २९ पुगेको छ । चीनमा आज थप ३० जनामा कोरोनाको संक्रमण देखिएको छ ।

त्यस्तै जर्मनीमा अहिलेसम्म ९६ हजार ९२ जनामा कोरोनाको संक्रमण देखिएको छ भने १ हजार ४४४ जनको मृत्यु भएको छ ।

त्यस्तै नेदरल्याडमा पनि कोरोनाको कारण १ हजार ६ सय ५१ जनाले ज्यान गुमाएका छन् भने १६ हजार ६२७ जनामा कोरोनाको संक्रमण पाईएको छ ।

त्यस्तै बेल्जियममा पनि कोरोनाले आफ्नो प्रकोप फैलाईसकेको छ । त्यहाँ अहिलेसम्म १ हजार २ सय ८३ जनाको मृत्यु भएको छ भने १८ हजार ४३१ जनामा संक्रमण पाइएको छ ।

कोरोना भाइरसको महामारी २०६ देशमा फैलिएको छ ।

एजेन्सीको सहयोगमा

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?