कोरोना भाइरस पछि विश्वमा फेरी अर्काे खतरा आउन सक्ने वैज्ञानिकको भविष्यवाणी !

काठमाडौं । कोरोना भाइरससँग अहिले सारा विश्व एकजुट भएर कोरालाई हराउन लागि परेको छ ।

अहिलेसम्म कोरोना भाइरसका कारण विश्वभर १४ लाख ३३ हजार ५५ जनामा संक्रमण देखिएको छ भने ८२ हजार १३६ जनाको मृत्यु भएको छ । त्यस्तै ३ लाख २ हजार ३६७ जना उपचार पछि निको भए घर फर्किएका छन् ।

यसैबीच वैज्ञानिकले सन् २०२० मा आउने समुन्द्री तुफानलाई लिएर एक भविष्यवाणी गरेका छन् ।

यस तुफानबाट कुन कुन इलाकामा प्रभावित हुनेछन्, यसको भने अहिलेसम्म केहि पत्ता लाग्न सकेको छैन ।

कोलोराडो स्टेट युनिभर्सिटीका मौसम वैज्ञानिकले यस वर्ष अर्थात् सन् २०२० मा सारा विश्वभर १६ वटा भन्दा धेरै ठूला प्राकृतिक प्रकोप (समुन्द्री तुफान) आउने भविष्यवाणी गरेका छन् ।

यी तुफानमा ८ वटा हेरिकन पनि सामेल रहेका छन् । जसमध्ये ४ तुफान अत्याधिक खतरनाक र शक्तिशाली हुन सक्छन् । शोधकर्ताहरुका अनुसार यस वर्ष कोरोना बाहेक अन्य ठूला दैविक आपत्ति आउने संकेत मिलेका छन् ।

वैज्ञानिकहरुले बताएका छन् तुफानको नाम

वैज्ञानिकहरुले आउने वाला तुफानहरुको नाम बताईसकेका छन् । जसमा आर्थुर, बेरथा, क्रिस्टोबल, डोली, एडुअर्ड, फे, गोन्जालो, हन्ना, इजाइअस, जोसफिन, केली, लौरा, मार्को, नाना, ओम, रेने, स्याली, टेडी, विक्की र विल्फ्रेड रहेका छन् ।

भू-स्खलन हुने संकेत

मौसम वैज्ञानिक फ्लिप क्ल्ट्सबेकले भने, सन् २०२० मा एटलान्टिक बेसिन हरिकेन मौसमका गतिविधिहरुमा परिवर्तन हुनेछ, ३ देखि ५ श्रेणीमा आएको तुफानले भयङ्कर रुप लिनेछ, जसका कारण १११ मील प्रति घण्टा वा त्यो भन्दा तीव्र गतिमा हावा चल्नेछ ।

उनका अनुसार यो तुफान १ जुनेदेखी ३० नोभेम्वरको कुनै पनि समयमा आउन सक्दछ । त्यसको साथ-साथै ठूला तुफानका कारण भूस्खलन हुने संकेत पनि देखा परेको उनले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् यसअघि प्रकाशित यो समाचार छुटाउनुभएको थियो भने आफूलाई पढ्न मन लागेको लिंकमा क्लिक गर्नुहोस् : 

कोरोना भाइरस बनाएर चीनलाई बेचेको भन्दै प्रोफेसरलाई लागेको आरोप साँचो हो ? 

फ्रान्सबाट आएकी युवतीले विमानस्थलको चेकजाँच देखेर तत्कालै आश्चर्य व्यक्त गरेकी थिइन्

कोरोना महामारी : अमेरिकी वैज्ञानिकको चेतावनी, विश्वलाई अर्को झड्का !

कोरोना : चीनकै ठूला वैज्ञानिकले गरे यस्तो दाबी

कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्को भाइरस !  

वैज्ञानिकहरुको नयाँ खुलासा : कोरोना न जीवित छ न त मर्छ ! आखिर के हो कोरोना ?  

के निर्जिव वस्तु छुँदा कोरोना सर्छ ! के भन्छन् चिकित्सक ?

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?