कोरोना भाइरस : वैज्ञानिकको चमत्कार, भाइरससँग लड्न अर्काे भाइरस !

काठमाडौं । संसारको संकट बनेर फैलिरहेको कोरोना भाइरस अहिले स्वास्थ्य क्षेत्रको सबैभन्दा ठूलो चुनौति बनेर खडा भएको छ ।

द्वितीय विश्वयुद्ध पछि संसार सबैभन्दा ठूलो संकटको सामना गरिरहेको यो विश्वमा अहिलेसम्म ६९ हजार ५०९ जनाले ज्यान गुमाईसकेका छन् भने १२ लाख ७६ हजार ११७ जनामा संक्रमण देखिएको छ । तर भर्खरै मात्र कोरोनाको बारेमा खुसीको एउटा खबर आएको छ ।

वैज्ञानिकहरुले कोरोना भाइरससँगै लड्न सक्ने क्षमता भएको एक नयाँ भाइरस बनाएका छन् । उनीहरुले आफूले निर्माण गरेको उक्त भाइरसले कोभिड-१९ र फ्लू जस्ता भाइरसलाई नष्ट गर्ने दाबी गरेका छन् ।

बर्लिनस्थित फोर्सचुंग्सवर्बन्ड ई.वी. आठ वैज्ञानिकहरुको एक संगठन हो । यस संगठनका वैज्ञानिकहरुको टिमले कोरोना भाइरसको यस्तो कोशिका बनाएका छन् जसले, फोक्सोको कोशिकाहरुको नक्कल गरेर कोरोना भाइरससँग लड्न सक्दछ ।

यो जानकारी होस् कि, कोरोना भाइरसले अत्याधिक असर फोक्सोमा नै गर्ने गर्दछ । जसको कारण संक्रमितहरुलाई श्वास फेर्न असहज हुने गर्दछ । साथै शरीरको लागि आवश्यक अक्सिजन मिल्न सक्दैन र त्यसकै कारणले गर्दा संक्रमितहरु ज्यान गुमाउने गर्दछन् ।

एन्टीबायोटिक औषधिहरुको विकल्प

वैज्ञानिकहरुले यस भाइरसका नाम ‘ब्याक्टेरियोफेज क्याप्सिड’ राखेका छन् । यो भाइरसकै अर्काे प्रकार हो । जसलाई एन्टीबायोटिक औषधिको विकल्पको रुपमा तयार पारिएको हो । यो भाइरस विशेष गरेर अन्य रोगका अधिकांश जीवाणुहरुलाई खाएर आफू जीवित रहन्छ ।

शोधका प्रमुख लेखक ड्यानियल लस्टरले आफूले तयार पारेको भाइरस संक्रामक नरहेको र त्यसमा १८० प्रोटिनका गुणहरु राखिएको बताएका छन् ।

जसका कारण भाइरसले रिसेप्टर्सको जसरी काम गर्ने पनि उनले बताएका छन् । त्यसैले यो भाइरस इन्फ्लूएन्जा भाइरसलाई हराउन पनि सफल भएको उनले बताएका छन् ।

दोश्रो शब्दमा भन्ने हो भने, इन्फ्लूएन्जा भाइरसलाई नष्ट गर्नको लागि यो भाइरसले ब्याक्टेरियोफेज भाइरसको उपयोग गर्दछ ।

शोधको टिमले अझै पनि धेरै काम गर्न बाँकी रहेको बताएको छ । वैज्ञानिकहरुको यस्तो विश्वास छ कि, उनीहरुले निर्माण गरेको भाइरस टेक्निक कोरोना भाइरसको औषधी बनाउनमा महत्वपूर्ण सावित हुनेछ ।

यदि कोरोना भाइरसविरुद्ध लड्ने सफलतामा उक्त भाइरस सम्भावित हतियार हुन सक्ने उनीहरुले बताएका छन् ।

यसरी काम गर्नेछ ब्याक्टेरियोफेजले

शोधकर्ताहरुका अनुसार फेज भाइरसले चरणवद्ध तरिकाबाट कोभिड-१९ जस्तो फ्लू भाइरसहरुलाई फोक्सोका कोशिकाहरुको नक्कल गरेर एक प्रकारले आफ्नो जालमा फसाउँदछ ।

त्यसपछि आफ्नो जालमा फसेका फ्लूको भाइरसहरुको सतहलाई हेमाग्लुटिनिन नामक प्रोटिन रिसेप्टर्सले छोपिदिन्छ । र भाइरसले कोरोना जस्ता फ्लू भाइरसलाई नष्ट बनाउँदछ ।

अत्याधिक महत्वपूर्ण छ यो भाइरस

१. निमोनियामा श्वास फेर्नमा असहज भएको अवस्थामा सहज बनाइदिन्छ ।

२. घाउहरुको किटाणुहरुलाई नष्ट गरेर चाँडै ठिक बनाउँदछ ।

३. फूड पोइजनमा शरीरलाई विषक्तताबाट बचाउँदछ ।

४. वैज्ञानिकहरुले दाबी गरेका छन् कि, कोभिड-१९ भाइरससँग लड्नका लागि यो भाइरस सक्षम रहेको छ । तर परिक्षण बाँकी नै रहेको छ ।

५.गणितीय मोडर र क्रायो इलेक्ट्रोन माइक्रोस्कोप अध्ययनबाट यो कुरा पत्ता लागेको छ कि, ब्याक्टेरियोफेज भाइरस एभियन फ्लू भाइरस सहित भाइरसका अन्य प्रकारकोविरुद्ध लड्न सक्छ ।

६.शोधका अर्का शोधकर्ता क्रिश्चियन ह्याकेनवर्गरले जनावरहरुको कोशिकाहरुमा परिक्षण गर्दा फेज क्याप्सिड मानिसहरुको फोक्सोको कोशिकाहरुमा फ्लूलाई नष्ट गर्न सक्षम भएको बताएका छन् ।

परिक्षणका क्रममा भाइरसले प्रजनन क्षमतालाई पनि रोक्न सफल भएको पाईएको छ ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?