कोरोना भाइरस : गल्लिहरुमा १५० भन्दा धेरै बेवारिसे शव, डरले हिँड्नै छोडे मानिस

काठमाडौं । कोरोना भाइरसको कारण इक्वेडरको स्थिति डरलाग्दो बनेको छ । इक्वेडरको शहर गुयाक्विलका गल्लिहरुमा शव यत्रतत्र देखिन थालेका छन् ।

शवको अन्तिम संस्कार गर्ने कोहि पनि छैनन् । स्थानीयहरुले शवको तस्वीर सोसल मिडियामा शेयर गरेका छन् । उक्त तस्वीर भाइरल भएपछि इक्वेडरका उपराष्ट्रपति ओटो सोनेहोल्जरले जनतासँग माफी मागेका छन् ।

शहर गुयाक्विलका गल्लिहरुमा दृष्य देखिएको शवको संख्या १५० भन्दा धेरै रहेको छ । यस्तो दृष्य आजसम्म नदेखेको भन्दै उपराष्ट्रपति ओटो सोनेहोल्जनरले जनतासँग माफी मागेका हुन् ।

इक्वेडरमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु हुनेको संख्या १ सय ८० पुगेको छ भने संक्रमितको संख्या ३ हजार ६४६ जनामा संक्रमण पाईएको छ ।

उपराष्ट्रपति ओटो सोनोहेल्जरले जनतासँग माफी माग्दै उनले शव हटाउने आदेश दिएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?