अनलाइन कक्षा : अभिभावकलाई पिरमाथि पिर, न बालबालिका मन लगाएर पढ्छन् न स्कुलले शुल्क घटाउँछ !

विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरस संक्रमण र यसको जोखिमका कारण नेपालमा पनि लामो समयसम्म धेरैजसो सेवा बन्द भए । १५ महिनाको यो अवधिभर केही अत्यावश्यक सेवाबाहेक प्राय ठप्प रहे । अर्थात् देशव्यापी रूपमा लकडाउन घोषणा गरियो । संक्रमणदर दिनानुदिन बढ्दै जाँदा लकडाउनको समयावधि पनि थपिँदै गयो ।

यसको असर शैक्षिक क्षेत्रमा सबैभन्दा बढी पर्‍यो । लामो समयसम्म पनि भौतिक उपस्थिति गराउन सम्भव नभएपछि विद्यालय प्रशासनले अनलाइनबाट नै पठनपाठन गर्ने र गराउने निर्णय गरे ।

एक समयमा त छोराछोरीको अनलाइन कक्षाका लागि भनेर ऋण लिएरै भए पनि मोबाइल, ल्यापटपजस्ता डिभाइसहरू खरिद गर्ने अभिभावकहरूको संख्या ठूलो मात्रामा थियो ।

लामो समयको बन्दाबन्दी र घरमा बसेका बालबालिकाको बिग्रँदै गरेको मानसिक चिन्तनहरू नियाल्दै गर्दा अनलाइन कक्षाले अभिभावकहरूको मनमा एकप्रकारको उत्साह जन्माएको थियो । यसकिसिमको अभ्यास नेपालमा पहिलो पटक नै हो । यसरी अनलाइनबाट गरिएको पठनपाठन अनि यसले ल्याउने नतिजा कस्तो होला भन्ने कुतूहलता विद्यार्थी र अभिभावक सबैको मनमा पक्कै थियो ।

अनलाइन कक्षाले अभिभावकले सोचेजस्तो गति लिन सकेन । मोबाइल वा ल्यापटपअगाडि विद्यार्थीहरू बसेका त देखिन्छन् तर पढाइभन्दा पनि अनलाइन गेम, सिरियल हेर्नेजस्ता काममा बढी ध्यान दिनेगरेको अभिभावकहरूको गुनासो छ ।

बालबालिकालाई महँगो खर्च गरेर मोबाइल, ल्यापटपजस्ता डिभाइसको जोहो जसोतसो गरेका अभिभावकहरू विद्यालयले लिने महँगो शुल्कले दिग्दार भएका छन् । भौतिकरूपमा विद्यालयमा उपस्थित भएजस्तो प्रभावकारी सिकाइ अनलाइन कक्षाबाट नभएको अभिभावकको दाबी छ । जसले गर्दा एकातिर शैक्षिक सिकाइ प्रभावकारी भएको छैन भने अर्कोतिर विद्यालयले शतप्रतिशत शुल्क लिइरहेका छन् ।

छोराले राम्रो पढ्ला कि भनेर ऋण लिएर अनलाइन कक्षाको लागि मोबाइल किनेर ल्याइदिइन्, ओखलढुङ्गा स्थायी घर भई ललितपुरको बालकुमारी बस्दै आएकी सबिता गिरीले । उनी छोरो पढाउनकै लागि काठमाडौँ आएकी हुन् । ‘किताब कपि अगाडि राख्छ, पढ्दै होला छोरो भन्यो के–के गेम खेलेर बस्नेरहेछ ।’ उनी भन्छिन्, ‘सधँै के गर्छ भनेर अगाडि बसेर हेरिरहन पनि भ्याइँदैन, कहिलेकाहीँ हेर्दा त्यस्तै हुन्छ । अनलाइन कक्षा भइरहन्छ क्यामेरा अफ गरेर गेम मात्र खेल्नेरहेछ ।’

अभिभावकको थाप्लोमा बालबालिका मन लगाएर पढिरहेका छैनन् भन्ने मात्रै चिन्ता छैन, विद्यालयले शुल्कको लागि भनेर पटक–पटक फोन गरिरहन्छ । ‘यो वर्ष त स्कुलमा गएर त छोराले पढेकै छैन, अनलाइन कक्षाको शुल्क समेत भौतिक उपस्थितिमा लिएजति नै तिर्नुपर्ने भन्दै छन् ।’ उनी निराश हुँदै भन्छिन् ।

न छोराले ध्यान दिएर पढेको छ न त सबै पढाइसकेका छन् । स्कुलले पहिलाजति नै शुल्क मागेको माग्यै छ । ‘पैसाको मात्र नाश हुनेभयो । नदिऊँ भने पनि परीक्षा नै दिन नपाउने भन्छन् जसरी पनि दिनै पर्छ ।’ उनी भन्छिन्, ‘यो मेरो मात्र नभएर आम नेपालीको समस्या हो ।’

अनलाइन कक्षा भन्छन्, के गर्छन्–गर्छन् । आफूले शिक्षा लिन नपाएका कारण उनीहरूले जे भने पनि होला त नि भन्ने लाग्छ अभिभावकलाई । ‘आफूले पढ्न पाइएन, किताब र ल्यापटप अगाडि फिँजाएपछि पढेकै होला भन्ने लाग्छ ।’ उनी भन्छिन्, ‘कहिलेकाहीँ ठूलो–ठूलो आवाज निकालेको सुनेर दौडेर जान्छु गेम खेलेर बसेको हुँदोरहेछ । यसरी न त उनीहरूले केही सिक्छन् न त अभिभावकको ऋणको बोझ हलुका हुन्छ । कोरोनाले पार्नुसम्म पिर पार्‍यो नि !’

यसरी अनलाइन कक्षाको नाममा दिनानुदिन बालबालिकाहरू मोबाइल, ल्यापटपमा भुलिन थालेका छन् । कतिपय बालबालिकाहरू समयमा खाना नखाने, समयमा नसुत्ने गर्नथालेका छन् । कारण उनीहरू एकोहोरो ल्यापटप, मोबाइलमा हेरिरहँदा आँखामा समेत समस्या आउन थालेको छ भने अनावश्यक सामग्रीतिर उनीहरूको रुचि बढ्न थालेको अभिभावकहरूको गुनासो छ ।

अहिले बजारमा दिनानुदिन बढ्दै गएको पब्जी, फ्रीफायरजस्ता गेमहरूको लतमा परी उनीहरू अनौठो खालकोे स्वभाव देखाउन थालेका छन् । अहिले सुन्दा यो सामान्य लागे पनि पछि गएर मानसिक तनावको कारण निम्तिने विज्ञले बताएका छन् । त्यसैले तत्काल यस्तो अनलाइन खेलहरू बन्द गराउन सरकारलाई अनुरोध समेत उनले गरिन् ।

लामो समयसम्म विद्यालयमा नै गएर पठनपाठन गर्ने/गराउने वातावरण नभएपछि बालबालिकाले आफ्ना साथीभाइहरूसँग खेल्न बिर्सँदै गएका छन् । २४ घन्टामा १८ घण्टा त मोबाइल र ल्याप्टपलाई नै उनीहरूले साथी बनाएका छन् । जसले गर्दा बालबालिकाहरूलाई परिवार, समाजसँग घुलमिल हुन पनि गाह्रो हुने देखिन्छ । जतिबेला पनि मोबाइलमा नै हुन्छ ध्यान, को आयो को गयो केही थाहा छैन ।

आफ्नै तालमा व्यस्त हुन्छन्, अहिले बच्चाहरू । यसले उनीहरूको बालमनोविज्ञानमा कति असल गर्ला ? यसै पनि २० वर्षपछि हरेक घरमा एक मानसिक रोगी हुन्छन् भनेर विज्ञले समेत बताइरहेको सन्दर्भमा यसबारेमा सम्बन्धित सबै पक्षले सोच्न जरुरी छ ।

लेखकबाट थप :

कोरोनाको मारमा ट्राभल एजेन्सी : पत्तो छैन कहिले खुल्छ !

पान पसलले बदलेको जीवन : …अनि मन्जु वैशाखी टेकेरै व्यापार गर्न थालिन्

‘पैसा होईन पाईलैपिच्छे अप्ठेरो छ परदेशमा, आउनुहोस् नेपालमा पसिना बगाऔँ’

पसिना पुछ्दै ट्राफिक प्रहरी भन्छन्, ‘नियम पालना गरे हजुरलाई नै सजिलो होईन र ?’

मुन्ना अचेल मुस्कुराउँदैनन् !

शुभम : जहाँका बालबालिकालाई कोरोनाको रत्तिभर प्रभाव परेको छैन

ट्रेकिङ गाइडको लकडाउन डायरी म त विदेश जान्छु होला

विदेशमा बगाएको पसिनाले देखेको सपना निषेधाज्ञाले बेचैन छन् आर्यन

किसानलाई असारे चटारो छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?