सुस्केरा हाल्दै मदन पश्चात्ताप गर्छन्, ‘ऊ बेला पढ्न पाएको भए…!’

कोरोना कहरका कारण सबैको आफ्नै बाध्यता, बाँच्न अनि बचाउन । आफ्नो र परिवारको पेट पाल्नको लागि हजारौँ श्रमिक ज्यानको बाजी लगाएर चर्काे घाम र पानी नभनी काममा हिँडिरहेका दृश्य जो–कोहीको लागि नौलो होइन । यी श्रमिकले न त शीतलताको महसुस गर्न पाएका छन्, न त मुसलधारे पानी पर्दा ओत लाग्ने ठाउँ ।

यसरी नै घामपानीको प्रवाह नगरी सडक, चोक, गल्ली र घर–घरमा सिजनअनुसारको फलफूल बेच्न मदन शाह गल्ली–गल्लीमा आफ्नो ठेला सकीनसकी धकेलिरहेका हुन्छन् । निलो सर्ट पाइन्ट अनि घाँटीमा भिरेको धर्के गलबन्दीले बेला–बेला पसिना पुछ्दै विगत आठ वर्षदेखि मदनले फलफूल बेच्दै आएका छन् ।

नाम : मदन शाह
उमेर : ५५

मदन शाह ५५ वर्षको उमेरमा पनि परिवारको पेट पाल्न अर्काको देशमा आएर फलफूलको व्यापार गरिरहेका छन् । उनको घर भारत हो । आफ्नो देशमा केही काम नपाएकै कारण नेपाल आएर फलफूल व्यवसाय सुरु गरेका उनी काठमाडौंको बालकुमारीमा एउटा कोठा भाडामा लिएर बस्दै आएका छन् । बल्खुबाट बसमा ल्याएको फलफूल बालकुमारीबाट जडीबुटीसम्म आफ्नो ठेलामा धकेल्दै घर–घरमा डुलाएर बिक्री गर्छन् उनी । ७ जनाको उनको परिवार भारतमै खेती गरेर जीवन गुजारा गरिरहेका छन् ।

मदनका ४ छोरा र ३ छोरी भारतमा नै पढ्दै छन् । ‘परिवार चलाउन थोरै भए पनि सहयोग हुन्छ भनेर नेपाल आएर फलफूल बेच्न थालेको हुँ । बुढो मान्छे त्यसमाथि दमको रोगी थोरै हिँडेपछि सास फेर्न गाह्रो हुन्छ । स्वाँस्वाँ हुन्छ । तर के गर्नु बाध्यता छ । यति नगरी कसरी हातमुख जोड्ने ?’ उनी प्रतिप्रश्न गर्छन् ।

उनी फलफूल बेच्न घर–घरमै डुलाउने गर्छन् । अरुसँगै राख्यो भने ढिला बिक्री हुने डर छ उनलाई । त्योभन्दा बढी त बिक्री नै नहुने हो कि भन्ने डरले घर–घरमै पु-याउनु उनको बाध्यता हो ।

मदनले पढेका छैनन् । परिवारको आर्थिक अवस्था कमजोर भएकाले उनी अरु साथीहरूसँग स्कुल जान पाएनन् । आफूले पढ्न नपाएकोमा उनलाई यतिबेला दुःख लागेको छ । त्यो बेलामा पढ्न पाको भए यो उमेरमा यस्तो दुःख गर्नु पर्दैनथियो कि भन्ने लाग्छ उनलाई । त्यसैले आफूले भोगेको दुःख आफ्ना छोराछोरीले भोग्न नपरोस् भनेर नै उनले आफ्नो साइकल ठेलालाई साहारा बनाएका हुन् । अहिले घामपानीलाई साथ दिने एउटा मात्र साथी बनेको छ त्यही ठेला । आफूले जति दुःख गरेर भए पनि छोराछोरीलाई राम्रो शिक्षा दिने उनको चाहना पूरा गर्न उनी रातदिन नभनी ठेला डोहो-याउँछन् ।

‘हाम्रो समयमा पढेको मान्छे धैरै थिएनन् । थोरै पढे पनि राम्रो काम पाइन्थ्यो । अहिले सबैले पढ्न थाले । काम पाउनै छाडे । त्यसैले छोराछोरीको जागीर खाने उमेर र पढाइ पुगे पनि जागीर पाएका छैनन् । खेतीमा अल्झेर बसिरहेका छन्’, उनी दुखेसो पोख्छन् ।

बिहानै उठेर कालिमाटी पुग्नु मदनको दैनिकी हो । त्यहाँबाट सिजनअनुसारको फलफूल लिएर कोठामा पुग्दा खाना खाने बेला भइसकेको हुन्छ । कोठामा एक्लै बस्नेभएकोले खाना बनाउने चटारो पनि उनकै टाउकोमा छ । हतार–हतार खाना बनाएर खाएपछि एकछिन पनि आराम गर्न नपाई फलफूलको ठेला धकेल्ने काम सुरु हुन्छ । दिनभरि ठेला डुलाएर थकित भएका उनी बेलुका खाना बनाउने काममा समेत आफैँ खट्नुपर्छ । परदेशमा आएर दुःख गरिरहेका मदनले सुखका दिन कहिल्यै महसुस गर्न पाएका छनैनन् । कहिलेकाहीँ त फलफूल बिक्री नभएर फाल्नुपरेको अनुभव समेत उनले सुनाए ।

मदनलाई आफ्नो परिवारसँगै बसेर दुई छाक खान मन छ । तर परिवारसँग बसेर छाक कसरी टार्ने भन्ने कुराले उनलाई सधैँ पिरोल्छ । नेपालमा एक्लै दुःख गरिरहेका छन् ।
‘उमेरले पनि डाँडा काटिसक्यो अब त दुःखको दिन सकिएला नि भन्दाभन्दै कुन दिन सास जाने हो थाहा छैन । आशा पनि मरिसक्यो । हातखुट्टा लागुन्जेल अब यही काम गर्छु, त्यसपछि के हुन्छ केही थाहा छैन ।’ काँधबाट गलबन्दी झिकेर पसिना पुछ्दै उनले भने ।

‘छोराछोरीले नजानु भनेर त भन्दै थिए । अहिले पनि फोनमा कुरा हुन्छ । घर आऊ भन्छन् । तर मैले यो काम छोडेपछि पैसा आउने बाटो केही हुँदैन, कसरी चल्छ घरबार ?’ उनी चिन्तित हुन्छन् । ‘त्यही सोचेर नगएको हुँ ।’

मदनले यो काम गर्नुभन्दा अगाडि भारतमा नै परिवारसँग खेतीपाती गर्दै आएका थिए । त्यहाँको कमाइले घर धान्न धौधौ भएपछि उनी नेपाल आएका हुन् । कमाइ त्यस्तो राम्रो त हँुदैन तर कोठाभाडा, आफ्नो खाइखर्च गरेर बचेको अलिअलि घर पठाउनेगरेको कुरा उनी बताउँछन् ।

‘गरी खान्छुु भन्नेहरूलाई पनि प्रकृतिले नै ठगिरहेको छ । कहिले रोगले, कहिले महामारी, कहिले बाढी पहिरोले । लाखौँ, करोडौँको नोक्सानी खेपिरहेका मानिसहरू रोगले भन्दा भोकले धेरै पीडित छन् । यही एउटा ठेलाले हाम्रो जीवन धानेको छ ।’

लेखकबाट थप :

कोरोनाको मारमा ट्राभल एजेन्सी : पत्तो छैन कहिले खुल्छ !

पान पसलले बदलेको जीवन : …अनि मन्जु वैशाखी टेकेरै व्यापार गर्न थालिन्

‘पैसा होईन पाईलैपिच्छे अप्ठेरो छ परदेशमा, आउनुहोस् नेपालमा पसिना बगाऔँ’

पसिना पुछ्दै ट्राफिक प्रहरी भन्छन्, ‘नियम पालना गरे हजुरलाई नै सजिलो होईन र ?’

मुन्ना अचेल मुस्कुराउँदैनन् !

शुभम : जहाँका बालबालिकालाई कोरोनाको रत्तिभर प्रभाव परेको छैन

ट्रेकिङ गाइडको लकडाउन डायरी म त विदेश जान्छु होला

विदेशमा बगाएको पसिनाले देखेको सपना निषेधाज्ञाले बेचैन छन् आर्यन

किसानलाई असारे चटारो छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?