कोरोनाको मारमा ट्राभल एजेन्सी : पत्तो छैन कहिले खुल्छ !

काठमाडौं । कोरोना महामारीको कारणले सबै क्षेत्र तथा सेवाहरु ठप्प छन् । जब चीनमा कोरोना भाइरस भेटिएको खबर आउँदै थियो तबदेखि नै निरन्तर प्रभावमा रहेको क्षेत्र हो, पर्यटन ।

नेपालमा १५ महिनादेखि लगातार प्रभाव झेलिरहेको क्षेत्र पर्यटन कहिलेबाट पहिलेको अवस्थामा फर्कन्छ अनुमान समेत गर्न सकिन्न । तर एउटा अनुमान गर्न सकिन्छ , जबसम्म कोरोना भाइरसको अवशेष रहन्छ। तबसम्म पर्यटनले पूर्ववत् गति समाउन सक्दैन ।

कोरोनाको पहिलो लहर सकिएपछि सामानयतर्फ फर्कन थालेको जनजीविकामा जब कोरोनाको दोस्रो लहरको बज्रपात आईलाग्यो तब नसोचेको मानविय क्षति भयो । कोरोनाको कहरका कारण यो समयमा जसोतसो घरमा जे छ, जस्तो छ, त्यसरी नै मानिसहरु घरमै बस्न बाध्य भए । केहि समयअघिदेखि सरकारले कोरोना जोखिम कायमै तर जनजीविका चलाउनै अप्ठेरो भन्दै अत्यावश्यक सेवा र क्षेत्रका अलावा अन्य सिमित क्षेत्र केहि खुलाउने निर्णय गरेको छ । अहिलेपनि अधिकांश क्षेत्र तथा सेवाहरु अनलाइन मार्फत् नै सञ्चालन भइरहेका छन् । भौतिक उपस्थितीबाट हुने अधिकांश कामहरु रोकीएकै छन् ।

कोरोनाले सिंगो पर्यटन व्यवसायलाई धक्का दिईरहँदा ट्राभल एन्ड टुरीजम क्षेत्र निकै मारमा परेको छ । दोस्रो लहरको जोखिमबाट बच्न सरकारले लागू गरेको निषेधाज्ञाको करिब १ हप्तापछि आन्तरीक र अन्तर्राष्ट्रीय सबै उडान बन्द भए जसले गर्दा ट्राभल व्यवसायी र यात्री दुबै मर्कामा परेका छन् । यात्रीहरुलाई पनि एक ठाँउबाट अर्को ठाँउमा जान सक्ने कुनै माध्यम छैन । केहि दिनअघि नीजि सवारीसाधन जोरविजोर आधारमा चल्न दिईएको छ । तर त्यो पर्याप्त छैन । सार्वजनिक यातायातको साधन चलाउने छुट छैन । हवाइ उडान पनि केहि दिन अघि मै सिमित रुपमा सञ्चालनमा आउँदैछ । कुनै अति आवश्यकिय कामको लागी यात्रा गर्न आफ्नो सवारी नहुनेका लागि समस्या छ ।

कोरोनाको यो समस्याबाट गुज्रिरहेको छ, बजेट ट्राभल एन्ड टुर प्रा. लि.।
काठमाडौंको वसन्तपुरमा छ,बजेट ट्राभल एन्ड टुर । यसका कम्पनीका मेनेजर र फाउन्डर रेवति प्रसाद नेपालले २०५६ साल असारमा टुरीजम लाइसेन्स प्राप्त गरेदेखि करीब २२ वर्षदेखी सञ्चालनमा आएको बजेट ट्राभल एन्ड टुर कोरोनाको मारमा परेको हो । बजेट ट्राभलमा ७ जना स्टाफ छन् । ‘कोभिड – १९’ कै कारणले करिब डेढ महिना अगाडिदेखी नै बन्द छ । आफ्ना सेवाग्राही र ट्राभल दुवै मर्कामा परेको उनको गुनासो छ।

निषेधाज्ञाको कारणले नै पहिला पनि करिब ६ /७ महिना ठप्पै भयो । क्रमिक रुपमा खुल्न थाले पछि २/ ४ वटा उडान विस्तारै हुन थालेको थियो । फेरी ठप्प भयो । देश विदेश जानेदेखि फर्किनेसम्म यात्रीहरु हवाइ सेवा बन्द हुँदा मर्कामा परेका छन् । अन्तर्राष्ट्रीय उडान बन्द भएकै कारण हजारौँ विद्यार्थीहरु भिषा लागेर पनि अध्ययनका लागि विदेश जान सकेका छैनन् । नेपालबाट नै अनलाइन कक्षा लिइरहेका छन्। यसरी विद्यार्थी मात्र नभएर खाडीबाट बिदामा आएका मानिसहरु बिदा सकिँदा पनि उडान बन्द भएकै कारण फेरी जान पाएका छैनन् । यस्तो कारणले गर्दा कति मान्छेको रोजगारी नै गुमेको अवस्था छ भने विदेशमा रहेका हजारौँ  लाखौ नेपाली कामदार फर्किन पाएका छैनन् । उता भिषाको मिती सकिईसकेका कामदारहरु पनि त्यतिकै आफ्नै खर्चमा विदेशमै बस्न बाध्य छन् । नेपाल फर्कौ भने उडान बन्द छ, विदेश मै बसूँ काम छैन । अलिअलि भएको पैसा सबै सकियो भन्ने गुनासो छ, उनीहरुको । उनले अप्ठेरो सुनाए ।

No description available.

बजेट ट्राभलमा काम गर्ने ‘टीकेटीङ’ अफीसर रञ्जना सुवेदी भन्छिन्, ‘अरु व्यवसाय जस्तै ट्राभल एन्ड टुरीजम क्षेत्रले पनि माहामारीमा ठूलो नोक्सानी बेहोर्दै आएको छ । पहिला र अहिले गरेर झन्डै ८ ९ महिना त बन्द नै भयो न आन्तरीक उडान भयो न त अन्तर्राष्ट्रीय नै । खुलेको ३/४ महिना नबित्दै फेरी बन्द भयो अहिले जुन १ तारीकबाट ३ वटा अन्तर्राष्ट्रीय उडान शुरु भएको छ, त्यो पनि नियमीत उडान भने भएको छैन । नेपालबाट नयाँ दिल्लीको भने उडान बन्द भएको छैन र अहिले पनि हप्तामा २ वटा उडान भइरहेको छ । जुन १ देखी कतार, टर्कीको पनि २ ४ वटा उडान हुन थालेको सुवेदीले बताइन् । उनका अनुसार चार्टड फ्लाइटहरु भइरहेका छन् , ठूला – ठूला ट्राभल एजेन्सीहरुले चार्टड उडान भरीरहेका छन् ।’

टिकटको मूल्यमा पनि एकदमै महङ्गो भएको छ, यसरी काम गर्न गएका श्रमीकहरुले चार्टड फ्लाइट बुक गर्न नसक्ने भएकोले नेपाल फर्कीन नसकेको उनले बताइन्।

No description available.यसरी लामो समयसम्म महामारीको चपेटामा परेको ट्राभल क्षेत्रले आर्थिक अभाव पनि झेलिरहेको छ । कर्मचारीलाई तलब अनी अफीसको भाडा तिर्न नै धौ – धौ भएको उनले बताए । महामारीकै कारण पर्यटकहरु पनि आउन छाडे पर्यटकबाट हुने आय पनि ह्वात्तै घट्यो । अहिले २ /३ वटा अन्तर्राष्ट्रीय उडान नियमीत हुने भनिए तापनि भइरहेको छैन । देशबाट मानिस बाहिर जान पाएका छैनन् र विदेशबाट पनि नेपाल आउन पाएका छैनन् । अनि कहाँबाट कमाइ हुनु ? हुनत सबै क्षेत्रमा नै महामारीको असर छ। तर बस व्यवसायी, होटल व्यवसाय, ट्राभल एजेन्सीहरुलाई झनै धेरै असर परेको जस्तो लाग्छ उनले भनिन् । देशबाट बाहीर जाँदा यताबाट रोग लैजाने डर विदेशबाट देशमा आउँदा रोग भित्रिने डर भएकोले सेवा बन्द गर्न परेको बाध्यात्मक स्थिती बुझेकी छिन् उनले । दोस्रो चरणको निषेधाज्ञामा बैशाख १८ गतेदेखि आन्तरीक उडान बन्द भएको थियो भने बैशाख २२ गतेबाट अन्तर्राष्ट्रीय उडान बन्द भएको थियो ।

यस्तो भईरहँदा पनि ठूला ठूला ट्राभलले भने चार्टर्ड उडान गरीरहेका छन् । यसबाट टिकटको मूल्य पनि दोब्बर तेब्बर बढाइएको छ, जसले गर्दा साना ट्राभलहरु मर्कामा परीरहेका छन् । सुवेडीले लोकपथलाई भनिन् ।

चार्टर्ड फ्लाइट खुलाउँदा नियमीत अन्तर्राष्ट्रीय फ्लाइट खुलाइदिए हुने भन्ने लाग्छ किनभने चार्टर्ड र अन्तर्राष्ट्रीय फ्लाइटमा प्राय नियमहरु एउटै रहने भएकोले चार्टर्ड खुल्दा नियमीत पनि खुलाउन मिल्छ भन्ने लाग्छ । उनले थपिन् ।

लेखकबाट थप :

शुभम : जहाँका बालबालिकालाई कोरोनाको रत्तिभर प्रभाव परेको छैन

ट्रेकिङ गाइडको लकडाउन डायरी म त विदेश जान्छु होला

विदेशमा बगाएको पसिनाले देखेको सपना निषेधाज्ञाले बेचैन छन् आर्यन

किसानलाई असारे चटारो छुपु मा छुपु हिलोमा धान रोपेर छोडौँला

एक वर्षमा हराए ५६ जना बालबालिका : केहि अपहरणपछि भेटिए, २ जनाको हत्या

एम्बुलेन्सको समेत चरम अभाव झेलेको भारतमा ‘अटो एम्बुलेन्स सेवा’ नेपालले के सिक्ने ?

‘अन्तिम बिदाई समेत गर्न पाईएन, के आईलाग्यो भगवान्’, कोरोनाको डरले प्लास्टिकमा गुटुमुटु !

निषेधाज्ञाका कारण ठप्प सहकारीका कारोबार : कलेक्टरको डायरी- ‘छैन छैन मात्रै भन्छन्, गार्‍हो छ !’

ए सरकार !  सुनिता दिदीहरुको कथा कसले सुनिदिन्छ ? 

महामारीको चपेटामा बालबालिका : सावधान ! परिवारका सदस्यबाटै हुनसक्छ यौन दुर्व्यवहार 

कोरोना कहर : कृष्णबहादुर दाई ! सोलुखुम्बु पुग्नुभयो ? 

तरकारी बजारमा कोरोना गिज्याउने भिडभाड : सजिलो छैन यसपटकको लडाईँ जित्न ! 

महामारीमा बढ्दो आत्महत्या : आईसोलेसन बसेकाहरुलाई यसरी हेरचाह गरौँ

निषेधाज्ञामा विद्यार्थीका दुख  : काठमाडौंको बसाई न जागिर, न पढाई !

माईतीले पेवा दिएको भेडाले बदलियो ५६ वर्षिया साहिलीको जीवन, मासिक कमाई ८० हजारसम्म

ब्यूटीपार्लरले दिएको भर, निषेधाज्ञाका कारण चलाउनै मुस्किल घर !

ईज्जत जाने डरमा बाहिरिँदैनन् महिला हिंसाका घटना, ज्यान गुमाउनेको संख्या बढ्दै

निरमायाहरुको प्रश्न : ‘हाम्लाई के नै सुख छ र ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?