काठमाडौं । नेकपा (एमाले)ले आगामी मंसिर २६ गते वडा अधिवेशन गर्ने भएको छ ।
बिहीबार (असोज २२) पार्टी केन्द्रीय कार्यालय च्यासलमा बसेको स्थायी कमिटी बैठकले मंसिर २६ गते वडा अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले आगामी पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय पनि गरेको छ ।
एमाले उपमहासचिव लेखराज भट्टका अनुसार मंसिरको पहिलो साता राष्ट्रिय भेला आयोजना गरिने भएको छ । भेलामा पार्टीका प्रदेश र जिल्ला पदाधिकारीका साथै संघ, प्रदेश र पालिकाका जनप्रतिनिधि सहभागी हुनेछन् ।
वडा र पालिका अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय पनि बैठकले गरेको छ ।
त्यस्तै, १३ जिल्लामा रिक्त रहेका जिल्ला अध्यक्ष पदका लागि सम्बन्धित स्थानीय कमिटीलाई नै निर्णय गरी नाम केन्द्रमा पठाउन भनिएको छ ।
स्थायी कमिटीको बैठक शुक्रबार (असोज २३) दिउँसो १ बजे पुनः बस्ने उपमहासचिव भट्टले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया