काठमाडौं – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय कमिटी बैठक आगामी पुस १० गते बस्ने भएको छ ।
आज (बुधवार) केहि लामो समय छलफलमा जुटेर दुर्घटना टारेको सत्तारुढ नेकपाले स्थायी कमिटी बैठक फेरि आगामी पुस ५ गते (आइतवार) का लागि बोलाएका कारण निर्धारित पुस ५ को केन्द्रीय कमिटी बैठक ५ दिन पर अर्थात् पुस १० गते (शुक्रबार) बस्ने निर्णय गरेको हो ।
करिब ६ महिनापछि केहि लामो समय लिएर अध्यक्षद्वय (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) ले ‘वान टु वान’ वार्ता गरेर ५ महत्वपूर्ण विषयमा सहमति गरेका थिए ।
अध्यक्षद्वयको वार्ता लम्बिएका कारण नेकपाको पूर्व निर्धारित स्थायी कमिटी बैठक ३ घण्टा ढीलो गरी अपरान्ह ४ बजे बसेको थियो ।
बैठकले स्थायी कमिटी बैठक आगामी पुस ५ गते (आइतवार) बस्ने निर्णय गरेको सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता श्रेष्ठले भने, “संवैधानिक परिषद्सम्बन्धी एक अध्यादेश जारी गरेको थियो । साथसाथै केही सांसदहरुले संवैधानिक व्यवस्थाअनुसार संसदको अधिवेशनको माग गर्दै राष्ट्रपतिसमक्ष लगिएको हस्ताक्षर प्रक्रिया अघि बढाउन जानु भएको थियो । सरकारले जारी गरेको अध्यादेश फिर्ता लिने र संसद बैठक माग गरेर पेश गर्न भनिएको आवेदन पनि फिर्ता लिन सर्वसम्मतिले निर्णय भयो ।
प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठकमा हिजो कुनै निर्णय नभएको जानकारी गराउनु भएको छ । पुस ५ गते अर्को स्थायी समिति बैठकबस्नेछ । र पुस ५ को केन्द्रीय समिति बैठक पुस १० गतेसम्म स्थगित भएको छ ।”
लोकपथलाई स्रोतले दिएको जानकारी अनुसार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकमा ओली प्रचण्डबीच मूलत: पाँचवटा सहमति भएको छ ।
के – के हुन् पाँचबुदे सहमति ?
पहिलो : हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिने
दोस्रो : दुवै अध्यक्ष (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) ले ल्याएका प्रतिवेदन फिर्ता लिने
तेस्रो : पार्टीभित्रको विवाद समाधानको लागि भदौ २६ गतेको सहमतिमा फर्किने
चौँथो : प्रचण्डपक्षले चलाएको संसदको विशेष अधिवेसन बोलाउने हस्ताक्षर क्याम्पियन स्थगित हुने
पाँचौँ : आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लाने
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
दुर्घटनाबाट पार्टी जोगिएको संकेतपछि गोकुल बाँस्कोटाको रि- ट्वीट, के लेखेका थिए ?
पार्टीको विवाद समाधानोन्मुख भएपछि योगेश भट्टराईको प्रतिकृया यस्तो
ओली प्रचण्डबीच ३ घण्टा लामो वार्ता : तीन सहमतिसँगै नेकपा विवादमा ‘सेफ ल्याण्डिङ सिग्नल’
शुरु भयो नेकपा स्थायी कमिटी बैठक : झनै कसिएला कि फुक्ला त गाँठो ?
बालुवाटारमा ओली प्रचण्डबीचको वार्ता
ओलीको त्यो अडान, जसले अलमलमा पार्यो नेकपा स्थायी कमिटी बैठक !
विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवासमा
स्थायी कमिटी बैठकअघि ओलीसँग भेट्न प्रचण्ड पुगे बालुवाटार
नेकपा स्थायी कमिटी बैठक : चुलिएको संकटमाथि ‘अध्यादेश’ को झट्का !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया