विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवासमा

काठमाडौं । संसद अधिवेशनको माग राख्दै सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सांसदहरु राष्ट्रपति भवन शीतलनिवास पुगेका छन् ।

संघीय संसदको विशेष अधिवेशनको माग गर्दै नेकपाका भीम रावल र पम्फा भुसालसहितको टोली राष्ट्रपति कार्यालय पुगेका हुन् ।

उनीहरुले विशेष अधिवेशनको माग गर्दै सांसदहरुको हस्ताक्षर बटुलेर लगेका छन् । प्राप्त जानकारी अनुसार उनीहरुले निवेदन र सांसदहरुको हस्ताक्षर भने बुझाउन पाएका छैनन् ।

हस्ताक्षर दर्ता गर्न सचिव उपस्थित नभएपछि नेताहरु अलमलमा बसेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?