विदेशी मुद्राको मूल्यमा गिरावट आउने क्रम जारी, यस्तो छ आजका लागि विनिमयदर

लोकपथ
0
Shares

काठमाडौं । आज बिहीबार पनि अमेरिकी डलर, थाई भाट र जापानी येनको मूल्यमा गिरावट आएको छ । चिनिया युआन भने स्थिर रहेको छ ।
राष्ट्र बैंकका अनुसार आज शुक्रबारका लागि अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ९७ पैसा र बिक्रीदर १४९ रुपैयाँ ५७ पैसा निर्धारण गरिएको छ ।

बिहीबारका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २१ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८१ पैसा निर्धारण गरिएको थियो । बुधबार अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ २६ पैसा र बिक्रीदर १४९ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको थियो । मंगलबारका लागि अमेरिकी डलर एकको खरिददर १४९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १५० रुपैयाँ ५८ पैसा, सोमबारका लागि अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ४९ पैसा र बिक्रीदर १५१ रुपैयाँ ०९ पैसा निर्धारण गरिएको थियो ।

थाई भाटको आजको खरिद दर सामान्य बढेको छ भने बिक्रीदर यथावत रहेको छ । केन्द्रीय बैंकका अनुसार आज शुक्रबारका लागि थाई भाट एकको खरिददर चार रुपैयाँ ४० पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा निर्धारण गरिएको छ । हिजो बिहीबारका लागि थाई भाट एकको खरिददर चार रुपैयाँ ३९ पैसा र बिक्रीदर चार रुपैयाँ ४१ पैसा निर्धारण गरिएको थियो । बुधबारथाई भाट एकको खरिददर चार रुपैयाँ ४१ पैसा र बिक्रीदर चार रुपैयाँ ४३ पैसा निर्धारण गरिएको थियो । यस्तै, मंगलबार थाई भाट एकको खरिददर चार रुपैयाँ ४२ पैसा र बिक्रीदर चार रुपैयाँ ४४ पैसा, सोमबार थाई भाट एकको खरिददर चार रुपैयाँ ४४ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा निर्धारण गरिएको थियो । आइतबार थाई भाट एकको खरिददर चार रुपैयाँ ४५ पैसा र बिक्रीदर चार रुपैयाँ ४६ पैसा निर्धारण गरिएको थियो ।

जापानी येन आज शुक्रबारका लागि १० को खरिददर नौ रुपैयाँ ३२ पैसा र बिक्रीदर नौ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । हिजो बिहीबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ३७ पैसा र बिक्रीदर नौ रुपैयाँ ४१ पैसा निर्धारण गरिएको थियो । बुधबारका लागि जापानी येन १० को खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको थियो । मंगलबार जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा निर्धारण गरिएको थियो । सोमबार जापानी येन १० को खरिददर नौ रुपैयाँ ४२ पैसा र बिक्रीदर नौ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको थियो । आइतबार जापानी येन १० को खरिददर नौ रुपैयाँ ४१ पैसा र बिक्रीदर नौ रुपैयाँ ४५ पैसा निर्धारण गरिएको थियो ।

यस्तै, आज शुक्रबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३४ पैसा र बिक्रीदर २२ रुपैयाँ ४३ पैसा निर्धारण गरिएको छ । बिहीबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको थियो । बुधबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ३९ पैसा र बिक्रीदर २२ रुपैयाँ ४८ पैसा, मंगलबारका लागि चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५० पैसा र बिक्रीदर २२ रुपैयाँ ५९ पैसा, सोमबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको थियो । आइतबार चिनियाँ युआन एकको खरिददर २२ रुपैयाँ ५६ पैसा र बिक्रीदर २२ रुपैयाँ ६५ पैसा निर्धारण गरिएको थियो ।

यसैगरी, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १६४ रुपैयाँ ४४ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १९५ रुपैयाँ ८९ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १७६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ५२ पैसा कायम गरिएको छ ।

अष्ट्रेलियन डलर एकको खरिददर ९९ रुपैयाँ ९१ पैसा र बिक्रीदर १०० रुपैयाँ ३२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०४ रुपैयाँ १३ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५५ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपैयाँ ५३ पैसा र बिक्रीदर ११६ रुपैयाँ तोकिएको छ ।

साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३९ रुपैयाँ ८७ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपैयाँ ८७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ०३ पैसा कायम भएको छ ।

युएई दिराम एकको खरिददर ४० रुपैयाँ ५६ पैसा र बिक्रीदर ४० रुपैयाँ ७३ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३६ रुपैयाँ २२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ३७ पैसा, साउथ कोरियन वन १०० को खरिददर ११ रुपैयाँ २० पैसा र बिक्रीदर ११ रुपैयाँ २५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १४ रुपैयाँ ७४ पैसा र डेनिस क्रोनर एकको खरिददर २१ रुपैयाँ ९१ पैसा र बिक्रीदर २२ रुपैयाँ तोकिएको छ ।

राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १९ रुपैयाँ ०७ पैसा, कुवेती दिनार एकको खरिददर ४८२ रुपैयाँ १० पैसा र बिक्रीदर ४८४ रुपैयाँ ०५ पैसा, बहराइन दिनार एकको खरिददर ३९४ रुपैयाँ ८८ पैसा बिक्रीदर ३९६ रुपैयाँ ४७ पैसा, ओमनी रियाल एकको खरिददर ३८६ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८८ रुपैयाँ ४९ पैसा रहेको छ ।

भारतीय रुपैयाँ एक सयको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?