काठमाडौं – आज (बुधबार) दिउँसो १ बजेका लागि बोलाइएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको स्थायी कमिटी बैठक अलमलमा परेको छ ।
गत आइतवार तय गरिएको समयभन्दा २ घण्टा ढिलो भइसक्दा पनि बैठक बस्ने छाँटकाट छैन । तर राजनीतिमा नयाँ उपक्रम देखापरेको छ ।
‘विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवास पुगेका छन् ।’
यसैबीच स्थायी कमिटी बैठकमा प्रधानमन्त्री ओली उपस्थित नहुने जानकारी प्राप्त भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा नै निर्धारित बैठकमा ओली उपस्थित नहुने भएका हुन् ।
के हो ओलीको अडान ?
स्थायी कमिटी बैठकअघि दुई अध्यक्ष (केपी शर्मा ओली र पुष्पकमल दाहाल ) बीचको भेटमा प्रधानमन्त्रीले प्रचण्डलाई ‘आजको कार्यसूची के हो ?’ भनेर सोधेका थिए । जवाफमा प्रचण्डले ‘मैले राखेको राजनीतिक प्रतिवेदनमा छलफल हुन्छ’ भनेपछि प्रधानमन्त्रीले ठाडै अस्विकार गर्दै ‘तपाईले राखेको लाञ्छना पत्रमा मेरो सहभागिताको कल्पना नै नगर्नुहोस्’ भनेपछि बैठकमा अन्यौलता छाएको हो ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
नेकपा स्थायी कमिटी बैठक : चुलिएको संकटमाथि ‘अध्यादेश’ को झट्का !
स्थायी कमिटी बैठकअघि ओलीसँग भेट्न प्रचण्ड पुगे बालुवाटार
विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवासमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया