चितवनले सुदूरपश्चिमलाई दियो १३४ रनको लक्ष्य

लोकपथ
0
Shares

काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा बिहीबार भएको खेलमा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १३४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ रोजेको चितवनले ९ विकेटको क्षतिमा १३३ रन बनाउन सफल भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा चितवनका डेविट मिलारले ५१ बल खर्चिएर ७१ रन जोड्न सफल भए ।

चितवनले आज सुरुवातमा नै दुवै ओपनर गुमाएको थियो । बुधबार काठमाण्डू गोर्खाजसँगको खेलमा १२० रन बनाएका कामिल मिशारा ३ बलमा ४ रन बनाउँदै आउट भए । यस्तै अर्का ओपनर देव खनाल ९ बलमा ६ रन बनाएर आउट भएका थिए ।

आजको खेलमा विजेता हुने टोलीले शनिबार हुने फाइनल खेलमा लुम्बिनी लायन्ससँग प्रतिष्पर्धा गर्नेछ । आजको दोस्रो क्वालिफायर राउण्डमा विजेता टोलीले शनिबार हुने फाइनल खेल्न पाउनेछ । यसअघि नै पहिलो क्वालिफायरमा सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी फाइनलमा पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?