काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयबीच भेटघाट भएको छ ।
स्थायी कमिटी बस्नुअघि प्रधानमन्त्री समेत रहेका नेकपा अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटघाट भएको हो ।
ओलीलाई भेट्न प्रचण्ड बालुवाटार पुगेको स्रोतले जनाएको छ ।
मंगलवार सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गरेसँगै प्रचण्डपक्षले भेला गरि उक्त अध्यादेश फिर्ता लिन माग गरेका छन् । स्रोतले दिएको जानकारी अनुसार आजको भेटघाटमा मुख्यतः अध्यादेशको बारेमा छलफल हुनेछ ।
आज दिउँसो १ बजे बालुवाटारमा नेकपा स्थायी कमिटी बैठक बस्दैछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया