काठमाडौं – हिजो (मंगलबार) सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सहमत भएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा महासचिव विष्णु पौडेलसहित पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग करिब ३ घण्टा लामो छलफलपछि ओली विवादास्पद अध्यादेश फिर्ता लिन सहमत भएका हुन् । थप विवरण आउन बाँकी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया