काठमाडौं । पार्टीभित्रको विवाद समाधान लगायत विषयमा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीचको वार्ता जारी रहेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच सहमतीको अधिकतम प्रयास भइरहेको स्रोतले जनाएको छ ।
यसैबीच आज नै नेकपा स्थायी कमिटी बैठक बोलाइएको छ । स्रोतले दिएको जानकारी अनुसार नेताहरु बैठकका लागि बालुवाटार पुगेपनि अध्यक्षद्वयको वार्ता नसकिएको कारण सभाहल छलफलमा जुटेका छन् ।
सरकारले मंगलवार हठात रुपमा संवैधानिक परिषद् सम्बन्धी अध्यादेश ल्याएसँगै सत्तारुढ विपक्षी दलले चर्को आलोचना गरेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया