काठमाडौं – पार्टीको चुलिँदो विवाद समाधानका लागि भन्दै बसेको सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक बालुवाटारमा जारी छ ।
बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भएको सहमतिका विषयमा छलफल भइरहेको सहभागि एक नेताले जानकारी दिए ।
के – के हुन् ओली प्रचण्डबीच भएको ५ बुँदे समझदारी ?
पहिलो : हिजो (मंगलबार) जारी गरेको संवैधानिक परिषद्सँग सम्बन्धित अध्यादेश फिर्ता लिने
दोस्रो : दुवै अध्यक्ष (प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड) ले ल्याएका प्रतिवेदन फिर्ता लिने
तेस्रो : पार्टीभित्रको विवाद समाधानको लागि भदौ २६ गतेको सहमतिमा फर्किने
चौँथो : संसदको विशेष अधिवेसन बोलाउने हस्ताक्षर क्याम्पियन स्थगित हुने
पाँचौँ : आगामी बैठकमा ओली–प्रचण्डको संयुक्त प्रस्ताव लाने
दिउँसो १ बजे डाकिएको स्थायी कमिटी बैठक अध्यक्षद्वयको ३ घण्टा लामो छलफलका कारण ४ बजे मात्रै बसेको थियो ।
यसअघि प्रकाशित यो समाचार पढ्नुहोस् :
ओली प्रचण्डबीच ३ घण्टा लामो वार्ता : तीन सहमतिसँगै नेकपा विवादमा ‘सेफ ल्याण्डिङ सिग्नल’
शुरु भयो नेकपा स्थायी कमिटी बैठक : झनै कसिएला कि फुक्ला त गाँठो ?
बालुवाटारमा ओली प्रचण्डबीचको वार्ता
ओलीको त्यो अडान, जसले अलमलमा पार्यो नेकपा स्थायी कमिटी बैठक !
विशेष अधिवेशनको माग राख्दै नेकपाका सांसदहरु शीतलनिवासमा
स्थायी कमिटी बैठकअघि ओलीसँग भेट्न प्रचण्ड पुगे बालुवाटार
नेकपा स्थायी कमिटी बैठक : चुलिएको संकटमाथि ‘अध्यादेश’ को झट्का !
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया