अपराधको पराकाष्ठा जसले हामीलाई स्तब्ध बनायो

काठमाडौं । २०७७ साल समग्रमा घटना प्रधान नै रह्यो ।

राजनीतिक, सामाजिक, आर्थिक र सांस्कृतिक क्षेत्रमा यो वर्षभर नै चर्चा परिचर्चा बटुल्ने घटना भए । हत्या, बलात्कार एसिड प्रहार जस्ता कयौं घटना सार्वजनिक भए ।

भागरथी हत्या प्रकरण, एसिड प्रकरण, गोगंबु हत्या प्रकरण, मोरङका शिक्षक हत्याकाण्ड, धादिङमा भएको डोजर काण्ड जस्ता केही चर्चित घटना यहाँ समेटेका छौं ।

भागरथी हत्या प्रकरण 

गत माघ २१ गते स्कूलबाट फर्कंदा हराएकी बैतडी दोगडाकेदार गाँउपालिकाकी १७ वर्षीया भागरथी भट्टको शव भोलिपल्ट २२ गते स्थानीय जंगलमा फेला परेको थियो । दोगडाकेदार–३ स्थित सनातन धर्म माविमा कक्षा १२ मा अध्ययनरत भागरथी माघ २१ गते विद्यालय गएकी थिइन् ।

भागरथी हत्या प्रकरण : बलात्कारपछि हत्या भएको पुष्टि – Chitwan Post Daily | चितवन पोष्ट दैनिक

दिउँसो २ बजे विद्यालयबाट घर जान हिँडेकी उनको भोलिपल्ट खोचलेक-चडेपानी ग्रामीण सडकबाट ३० मिटर तल वनमाराको झाडीमा शव फेला परेको थियो ।

यो प्रकरणका अभियुक्त दिनेश भट्टले आफूले बलात्कार पनि गरेको स्वीकार गरेका छन् । जिल्ला प्रहरी कार्यालय, बैतडीको प्रहरी हिरासतमा रहेका दिनेशले अनुसन्धान अधिकृतसामू बलात्कारपछि घाँटी थिचेर हत्या गरेको बयान दिएका थिए ।

४ फागुनमा पक्राउ परेका दिनेशलाई प्रहरीले ५ गते सार्वजनिक गरेको थियो । नाबालिक ठहर भएपछि दिनेशलाई डोटीमा रहेको सुधारगृह पठाइएको छ ।

गोगंबुको डरलाग्दो हत्या 

साउन २५ गते गोगंबुमा टाउको काटिएको अवस्थामा एक पुरुषको शव फेला पर्यो । ती पुरुषको टाउको र शरीर सुटकेस र झोलामा भेटिएको थियो । शव दाङका कृष्णबहादुर बोहराको थियो । बोहराको हत्यामा संलग्न रहेको आरोपमा चितवन कालिका नगरपालिका ७ घर भएकी ३७ वर्षीया कल्पना मुडभरी पौडेल पक्राउ परिन् । उनीहरूबीच केही वर्ष अघि फेसबुकबाट परिचय भएको थियो ।

गोगंबु हत्या घटनाकी कल्पना, यस्तो छ उनको बकपत्र 'त्यसपछि मैले ह्याम्मरले अण्डकोषमा हाने' - || वर्णन मिडिया - सूचना तथा समाचारको संवाहक ||

सम्बन्ध बिग्रिएपछि उनीहरूबीच बोलचाल नै बन्द भएको थियो । कृष्णबहादुरले नक्कली फेसबुक एकाउन्ट कल्पनाका निर्वस्त्र तस्वीर राख्न थालेपछि पौडेलले आफू बस्ने घरमा बोलाएर रक्सीमा हालेर स्लिपिङ ट्याबलेट खुवाएको र सुतेपछि अण्डकोषमा हानेर मारेको स्वीकारेकी थिइन्। पौडेललाई अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ ।

ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव ३१ दिनपछि गाडिएको अवस्थामा फेला 

गत फागुन १० गते सोहडवा बस्ने ६५ वर्षिय मुसाफिर झा र उनकी पत्नी ६० वर्षीया गीता देवी झालाई घरमै सुतिरहेको अवस्थामा ओछयानसहित स शरीर बेपत्ता भएका थिए ।

ओछ्यानबाटै बेपत्ता झा दम्पतीको शव ३१ दिनपछि गाडिएको अवस्थामा फेला, प्रहरी घटनास्थलमा

बेपत्ता झा दम्पतीको शव ३१ दिनपछि गाडिएको अवस्थामा फेला परेको थियो । अत्तराम भन्ने ठाँउमा गाडिएको अवस्थामा उनीहरुको शव फेला परेको थियो ।

झा दम्पतीको अपहरण गरी हत्या आरोपमा छिमेकी रामबाबु यादव, उनका छोराहरू सुरेन्द्र यादव र राजेन्द्र यादवसहित भारत बिहार मधुवनी घर भई महोत्तरीको बनौलीमा बस्ने गरेका हरेन्द्र ठाकुर स्थानीय विकास झा, कैलाश झा र शम्भु झा लाई पक्राउ गरेर प्रहरीले सार्वजनिक गरेको थियो ।

नवराज विक हत्या 

२०७७ जेष्ठ १० गते शनिवार रुकुम पश्चिम चौरजहारी वडा नम्बर ८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जाजरकोट भेरी नगरपालिका वडा नम्बर ४ का २१ का नवराज विकको हत्या भयो । नवराज विकको हत्या मात्र नभई उनका ३ जना साथीले पनि ज्यान गुमाए । उनीहरुको हत्याको विषयमा यतिबेला देशभर बहस भएको थियो । घटनाका विषयमा प्रतिनिधिसभामा समेत बहस भएको थियो ।

स्थानीयले ढुंगामुडा प्रयोग गरेर भगाउने क्रममा नदीमा हाम फालेका नवराज विकको शव भेरी नदीको बीच भागमा फेला परेको थियो ।

No description available.

घटनाका घाइते आशिष विक र सरोज भँडेलले आफूहरु सोती पुगेदेखि नै जातीय विभेद्कारी गालीगलौज गर्दै ढुङ्गामुढा गरेको दाबी गरेका थिए । उनले भने, “हामीलाई देख्ने बित्तिकै केटीकी आमाले यिनीहरु कुटाइ नपुगेर फेरि आएको भन्दै गाली गर्न थालिन्।”

उनले आफूहरुलाई बेसरी गाली गर्न थालेपछि फर्किएको बताउँदै भने ,‘‘फर्किइसकेपछि गाउँलेहरु ढुङ्गामुढा गर्दै लखेट्दै आएपछि हामी भाग्यौँ । कोही कता कोही कता भयौँ । कतिजना भेरी नदीमा हाम्फाल्यौँ ।” करिब चार किलोमिटरभन्दा बढीको दूरीसम्म लखेटेको प्रत्यक्षदर्शी उर्मिला घर्तीले जानकारी दिए । घटनाको बारेमा छानबिन गर्न ५ सदस्यीय समिति गठन गरियो । छानबिन समितिले स्थलगत अध्ययन प्रतिवेदनका तथ्य पेश गर्यो ।

सुनियोजित हत्या, भवितव्य देखाउने सुनियोजित प्रयास, प्रहरीको शंकास्पद भूमिका, भेरी वारी–पारीको मनोवैज्ञानिक विभाजन, केन्द्रमा प्रतिनिधित्व गर्ने स्थानिय जनप्रतिनिधिको रहस्यमय भूमिका, लाशजाँच प्रकृति मुचुल्का र पोष्टमार्टममा गम्भिर षडयन्त्रको आशंका, कानूनी प्रकृयामा आम सन्देह र न्यायको उत्कण्ठा, सरकार र राजनीतिक दलको कमजोर भूमिका, जनप्रतिनिधिको संलग्नता, गैरदलितको भूमिका, राहत, क्षतिपूर्ति, घाइतेको उपचारमा वेवास्ता जस्ता कारणसहित प्रतिवेदनको तथ्य पेश गरेको थियो ।

घटनामा संलग्न चौरजहारी नगरपालिका–८ का वडाध्यक्ष डम्बर मल्लसहित ३४ जना पक्राउ परेका छा् । जसमध्ये ५ जनाले सफाई पाएका छन् भने २९ जना कारागारमा रहेका छन् ।
कारागारमा रहेका २९ जनाको अदालतले फैसला गर्न बाँकी रहेको छ ।

 सम्झना बलात्कारपछि हत्या 

बझाङको मष्टाँ गाउँपालिका–२ खिकालाकी १२ बर्षिया बालिका सम्झना विश्वकर्माको बलात्कार पछि हत्या गरियो । असोज ७ गते बुधवार दिउँसो ५ बजे भैंसीगोठ हिँडेकी सम्झनाको आधा बाटोमै बलात्कार पछि विभत्स तरीकाले हत्या भयो । घरबाट आधा घण्टाको दूरीमा रहेको भैंसीगोठ जाने क्रममा नजिकै रहेको सिममाडौं मन्दिरभित्र सम्झानाको बलात्कार पछि हत्या गरिएको अवस्थामा भेटिएकी थिइन् ।

सम्झना हत्या प्रकरण : बलात्कारपछि हत्या भएको प्रारम्भिक निश्कर्ष « Khabarhub

सम्झनाको हत्या प्रकरणमा संलग्न रहेको भन्दै जिल्ला प्रहरी कार्यालय बझाङले स्थानिय राजेन्द्र बोहरालाई सार्वजनिक गरेको थियो ।

प्रहरी नायव निरक्षक (डिएसपी) रुपक खड्काका अनुसार पक्राउ गरिएका बोहरालाई बाल सुधार गृह डोटीमा राखिएको छ ‌।

बोहराविरुद्ध अदालतको फैसला आउन बाकी रहेको र पुर्पक्षका लागि उनी बाल सुधार गृहमा बसिरहेका छन् ।

 ग्रान्डी भिल्लामा दम्पती हत्या प्रकरण 

२०७७ पुस २४ गते शुक्रवार काठमाडौं टोखा नगरपालिकाको ग्रान्डी भिल्लामा दम्पती मृत फेला परेका थिए ।
केहि दिनपछि अमेरिका उड्ने तयारीमा रहेका उमेश केसीको शव अर्धनग्न र ओछ्यानमा पल्टिएको अवस्थामा भेटिएको थियो । उनको टाउकोको देब्रेतर्फको भागमा चोटपटक लागेको थियो । नजिकै मसला पिस्ने सिलौटो रगतले लतपतिएको अवस्थामा भेटिएको थियो । उनकी श्रीमती सुदिक्षा गिरीको शव सलले पासो लगाइएको अवस्थामा प्रहरीले फेला पारेको थियो ।

दम्पती मृत फेला प्रकरण : यी 'क्लू'का कारण शंकाको सुई सोझियो सुदिक्षातर्फ !

चिकित्सकले पोस्टमार्टमको प्रारम्भिक रिपोर्टमा उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ बाट भएको उल्लेख गरेका छन् । उमेशको मृत्यु भएको करिब १० १२ घण्टापछि सुदिक्षाको मृत्यु भएको चिकित्सकले जानकारी दिएका छन् ।

प्रहरीले घटनास्थलमा रगत लागेको सिलौटो पनि भेटाएको थियो। जसलाई सुदिक्षाले हतियारको रूपमा प्रयोग गरेकी थिइन् । उमेशको टाउकोको बाँयापट्टि प्रहार गरिएको थियो  भने शरीरको अन्य कुनै पनि भागमा चोट पटक लागेको छैन । एकपटकको प्रहारमा नै उमेशको मृत्यु भयो । किनभने टाउकोमा लागेको चोटको अवस्था हेर्दा एक पटक मात्र प्रहार गरेको देखिन्छ । ‘इन्टरनल ब्लिडिङ’का कारण उनको मृत्यु भएको प्रहरीको भनाइ छ ।

प्रहरी घटनास्थल पुग्दा उमेशको शव गलिसकेको थियो भने सुदिक्षाको शव आहालै अवस्थामा थियो । अनुसन्धानका अनुसार सुदिक्षाले पहिले उमेशको हत्या गरेर पछि आफैले पासो लगाएको खुल्न आएको छ ।

मिक्लाजुङ शिक्षक हत्या प्रकरण 

घटना : प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको हत्या

स्थान : मोरङको मिक्लाजुङ९१ रमितेखोलास्थित बर्खे गाउँ

हत्या भएको स्थान : घरदेखि करिब ३० मिनेट टाढा जंगलमा

हत्याको प्रकृति : घाँटी रेटेर विभत्स अवस्था

शिक्षक श्रेष्ठ हत्या प्रकरण : नेत्रविक्रम चन्दसहित ४२ जनामाथि अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता- समाचार - कान्तिपुर समाचार

प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वका कार्यकर्ताले मङ्सिर २३ गते मंगलवार बिहान सवा ६ बजेतिर चार पाँच जनाको संख्यामा आई प्रधानाध्यापक राजेन्द्र श्रेष्ठलाई घरबाट उठाएर लगेका थिए । घरदेखि करिब ३० मिनेट टाढा जंगलमा लगेर उनको हत्या भएको थियो ।

घटना भएको दिन

विप्लव समूहका कार्यकर्ताले प्रधानाध्यापक श्रेष्ठलाई घरबाट उठाएर लगेपछि परिवारले प्रहरीलाई खबर गरेका थिए ।

हत्यामा संलग्न पक्राउ परेका नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक कारागार चलान भएका छन् । शिक्षक हत्या प्रकरणमा फरार प्रतिवादीको सूचीमा विप्लव समूहका महासचिव विप्लव पनि छन् । शिक्षक श्रेष्ठको हत्या आरोपमा पक्राउ परेका विकलाई न्यायाधीश कपिलमणि गौतमको इजलासले सोमबार थुनामा राख्न आदेश दिएको थियो ।

प्रहरीले माघ ७ गते विकलाई मोरङको बूढीगंगाबाट हतियारसहित पक्राउ गरेको थियो । को २४ प ४००५ नम्बरको मोटरसाइकलमा सवार रहेका उनको साथबाट एउटा सेमी अटोमेटिक पेस्तोल, तीन राउण्ड गोली, म्यागजिन, विभिन्न कम्पनीका मोबाइल, एक दर्जन सिमकार्ड बरामद भएको थियो ।

हतियार भेटिएपछि सरकारी वकिलको कार्यालयले उनीविरुद्ध हातहतियार खरखजाना, अपहरण र कर्तव्य ज्यान मुद्दा चलाएको थियो । हातहतियार खरखजाना मुद्दामा न्यायाधीश दुर्गा खड्काको इजलासले यसअघि नै उनलाई थुनामा राख्न आदेश दिएको थियो । दोस्रो मुद्दामा पनि थुनामै राख्ने आदेश भएको हो ।

सिराहाको मालपोत कार्यालयमा भएको बम विस्फोट 

गत चैत १ गते लहानस्थित मालपोत कार्यालयमा बम विस्फोट भएको थियो । बम विस्फोटमा परि ८ जना घाइते भएका थिए बम विस्फोटमा गम्भीर घाइते भएका दिनेश कुमार भण्डारीलाई हेलिकप्टरमार्फत् काठमाडौं ल्याइ उपचार गरिएको थियो ।

लहान मालपोतमा कसले गरायो बम विस्फोट ? « Kathmandu Pati

उक्त घटनाको जिम्मेवारी तराई जनतान्त्रिक मुक्ति मोर्चा गोइत समूहले लिएको थियो ।
घटनाको १७ दिनपछि प्रहरीले सिराहाको सुखीपुर नगरपालिका–५ का २५ वर्षका रामरिझन यादव र सिराहाकै लक्ष्मीपुर पतारी गाउँपालिका–३ का २६ वर्षका अभिमन्यू गिरी पक्राउ गरेको थियो । पक्राउ परेकाहरुले विस्फोट गराएको स्वीकार गरेका छन् ।

 जिउँदै महिलालाई खाडलमा पुरिदिने डोजर चालक 

धादिङमा डोजरको ठक्करबाट घाइते भएकी एक महिलालाई डोजर चालकले जिउँदै पुरिदिएका थिए । त्रिपुरासुन्दरी–१ सल्यानटारको खोल्सी जिपजिपेमा सडक निर्माणका क्रममा डोजरले घाँस बोकेर घरतर्फ फर्किंदै गरेकी स्थानीय ४५ वर्षीया सरस्वती कुमाललाई ठक्कर दिएको थियो ।

No description available.

डोजरको ठक्करपछि कुमाल खाल्डोमा खसेकी थिइन् । एक्स्काभेटर चालक भीमबहादुर बुढाथोकीले कुमाल खसेको खाल्डोमा वरिपरिको माटो खनेर पुरिदिएका थिए । काठमाडौंबाट सल्यानटार हुँदै आरुघाटतर्फ आउँदै गरेको बसका यात्रुले ‘डोजरले मान्छे पुर्यो’ भन्दै हल्ला गरेपछि चालक बुढाथोकी भागेका थिए । त्यतिबेला सडक मजदुर भने खाना खाँदै थिए । त्यसपछि मजदुरले खाल्डो खनेर कुमालको शव झिकेका थिए ।

डोजरको ठक्करबाट महिलाको मृत्यु भएपछि डोजरमा आगजनी गरेका थिए ।घटना भएको १७ दिनपछि डोजर चालक भारतबाट पक्राउ परेका थिए । घटनापछि फरार भएका अभियुक्त बुढाथोकीलाई केन्द्रीय अनुसन्धान ब्यूरो सिआइबीका डिएसपी अनिल घिमिरेको टोलीले भारतबाट पक्राउ गरी नेपाल ल्याएको थियो ।

सितापाइला एसिड काण्ड 

गत साउन ८ गते साँझ सितापाइलामा पवित्रा कार्कीमाथि एसिड प्रहार भयो । सोही दिन राति महानगरीय प्रहरी वृत्त स्वयम्भुले रौतहट लक्ष्मीपुर स्थायी घर भएका काठमाडौं डल्लु बस्ने मोहमद आलम र सोही स्थानका मुन्ना मोहमदलाई पक्राउ गर्यो । उनीहरूले ओखलढुंगा घर भइ  सीतापाइलमा बस्दै आएकी पवित्रामाथि एसिड प्रहार गरेका थिए ।

No description available.

मुन्ना भारतीय नागरिक हुन् । आलमले पवित्रालाई मन पराउँथे। तर, पवित्राले अर्को केटा मन पराएको भन्दै आलमले मुन्नालाई पवित्रामाथि एसिड प्रहार गर्न लगाएको प्रहरी अनुसन्धानबाट खुलेको थियो।

 प्रविण बास्तोला हत्या प्रकरण 

गत पुस ५ गते रमेश गिरीको घरमा सुत्न गएका प्रवीण बास्तोला को शंकास्पद मृत्यु भएको थियो । सुतेकै ठाउँमा बेहोस अवस्थामा भेटिएका प्रवीणको उपचारका लागि अस्पताल पुर्याएपछि मृत्यु भएको आरोपीहरुले बताउँदै आएका थिए । तर प्रवीणको हत्या भएको भन्दै ६ जनाविरुद्ध प्रवीणका बुवा प्रेमप्रसाद बास्तोलाले किटानी जाहेरी दिएपछि प्रहरीले घटनालाई कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरेको थियो ।

Headline Biratnagar | प्रविण बास्तोला हत्या प्रकरण: फरार दुई जना पक्राउ

प्रवीणको शवको पोस्टमार्टम रिपोर्टबाट मृत्युको कारण खुल्न सकेन । त्यसपछि उर्लाबारीका प्रहरी निरीक्षक )(इन्सपेक्टर) उद्धव पोखरेल नेतृत्वको टोलीले ६ जनालाई प्रतिवादी बनाएर मिसिल तयार गर्दै मुद्दा दर्ताका लागि सरकारी वकिल कार्यालयमा प्रहरीले बुझायो तर वकिल कार्यालयले आवश्यक प्रमाण नपुगेको भन्दै गत माघ २ गते सबैलाई हाजिर जमानीमा छाडेर घटनाको थप अनुसन्धान अघि बढाउन प्रहरीलाई निर्देशन दिएको थियो । भिसेरा रिपोर्ट आएपछि फागुन २ गते प्रहरीले बुझाए पनि वकिल कार्यालयले प्रमाणको भार पुग्ने गरी अनुसन्धान गर्न निर्देशन दिँदै दोस्रो पटकसमेत अदालतमा मुद्दा दर्ता गरेन ।

मुद्दा दर्ता नहुनुको कारण खोजी गर्ने क्रममा प्रहरीमा रहेको कपी मिसिलमा तीनवटामध्ये एउटा फोटो अर्कै व्यक्तिको परेको भन्दै मृतकका आफन्त र परिवारका सदस्य आन्दोलित बनेका थिए । वकिल कार्यालय र अदालतमा रहेको सक्कली मिसिलमा भने मृतककै फोटो थियो । मुद्दामा आवश्यक पर्ने सबै प्रमाण संकलन गरेर अनुसन्धान गरिएका अनुसन्धानमा प्रहरीको कुनै कमजोरी र लापरवाही नरहेको एसपी खड्काले बताएका थिए ।

प्रविणकी बहिनी सदिक्षाको बारम्बारको फलोअपपछि अन्तिममा प्रवीणको हत्यामा संलग्न ६ जनालाई प्रहरी पक्राउ गरेको छ ।

झापाको दमक घर भई उर्लाबारी–६ बस्ने ३२ वर्षीय राजेश रणपहेंली

झापाको गौरादह नगरपालिका–९ का ३१ वर्षीय दिपेश पौडेल

मोरङको रतुवामाई नगरपालिका–१० का २९ वर्षीय निकेश शिवा भनिने ‘मेहरमान दर्जी’

कानेपोखरी गाउँपालिका घर भई उर्लाबारी– ६ मा बस्दै आएका १९ वर्षीय सुदीप परियार

उर्लाबारी–९ का ३४ वर्षीय कुमार राई

उर्लाबारी–६ का ६० वर्षीय रमेश गिरी

 

यो पनि 

खेलले दिलाएको गौरव

यी सेलिब्रिटी जसले यो वर्ष घरजम गरे (भिडियो रिपोर्ट सहित)

जसले हामीलाई गुन लगाए (भिडियो रिपोर्ट सहित)

जो विवादमा तानिए

हामी सधैँ सम्झिरहने छौं, जो हाम्रो माझ रहेनन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?