काठमाडौं । विश्वप्रसिद्ध घडी तथा लाइफस्टाइल ब्राण्ड टाइटनको नेपाल प्रवेशको २२औँ वार्षिकोत्सव विशेष समारोहका साथ सम्पन्न भएको छ ।
नेपालमा टाइटन ब्राण्डको आधिकारिक वितरक Trade Network Pvt. Ltd. (NTN) द्वारा आयोजित उक्त कार्यक्रममा टाइटन कम्पनीका अन्तर्राष्ट्रिय व्यापार विभाग (आईबीडी) अन्तर्गत दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) तथा अफ्रिका क्षेत्र प्रमुख जितेन्द्र सिन्हाको समेत उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालभरका करिब ४० जना डिलर, व्यवसायिक साझेदार तथा टाइटनका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
समारोहले टाइटनको नेपालमा दुई दशकभन्दा लामो सफल यात्रालाई स्मरण गर्दै आगामी योजनाहरूको समेत जानकारी प्रदान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दै जितेन्द्र सिन्हाले नेपालमा टाइटन ब्राण्डप्रति ग्राहकहरूको विश्वास र आकर्षण निरन्तर बढ्दै गएको बताए । उनले भारतपछि नेपाल टाइटनका लागि एक महत्वपूर्ण अन्तर्राष्ट्रिय बजारका रूपमा स्थापित भएको उल्लेख गर्दै ग्राहक, डिलर तथा NTN परिवारको निरन्तर सहयोगप्रति आभार व्यक्त गरे ।
सोही कार्यक्रममा बलिउडकी चर्चित अभिनेत्री आलिया भट्टलाई नेपालका लागि टाइटन ब्राण्डको आधिकारिक ब्राण्ड एम्बासडर घोषणा गरिएको थियो ।
सिन्हाले आलियाको व्यक्तित्व, आधुनिक सोच, विश्वव्यापी लोकप्रियता तथा युवा पुस्तामाझको प्रभावले टाइटनको ब्राण्डको छविलाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरे ।
२२औँ वार्षिकोत्सवको अवसर पारेर सिन्हाले असार महिनाभरि टाइटनका सम्पूर्ण उत्पादनहरूमा २० प्रतिशत विशेष छुट उपलब्ध गराइने घोषणा गरे ।
समारोहमा उत्कृष्ट व्यवसायिक प्रदर्शन गर्ने शीर्ष १० डिलरहरुसहित हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्राण्ड आउटलेटका इन्चार्जहरूलाई समेत सम्मान गरिएको थियो ।
कम्पनीले यी नयाँ आउटलेटहरू मार्फत देशका प्रमुख बजारहरूमा टाइटनको पहुँच अझ विस्तार गर्ने लक्ष्य राखेको जनाएको छ ।
कार्यक्रमका सहभागीहरूलाई हालै OTT प्लेटफर्ममा सार्वजनिक भएको Made In India: A Titan Story शृङ्खलाबारे पनि जानकारी गराइएको थियो ।
यसै अवसरमा Nepal Trade Network Pvt. Ltd. (NTN) का प्रबन्ध निर्देशक सुनील कुमार अग्रवालले कम्पनीको भावी योजनाबारे जानकारी दिँदै सन् २०२६ भित्र देशका विभिन्न स्थानमा थप तीनवटा नयाँ शोरुम सञ्चालन गर्ने लक्ष्य रहेको बताए । उनले टाइटनलाई नेपालका थप शहर तथा बजारसम्म पुर्याउने, ग्राहक अनुभवलाई अझ उत्कृष्ट बनाउने तथा बिक्रीपछिको सेवालाई थप सुदृढ गर्ने प्रतिबद्धता व्यक्त गरे ।
समारोहमा हालै सञ्चालनमा आएका बुटवल र नारायणघाटस्थित एक्सक्लुसिभ ब्राण्ड आउटलेटका इन्चार्जहरूलाई विशेष सम्मान प्रदान गरिएको थियो ।
हाल दरबारमार्ग, जावलाखेल, धरान, विराटनगर, सिमरा, वीरगञ्ज, नारायणघाट, बुटवल, घोराही (दाङ) र पोखरा गरी टाइटनका १० वटा आउटलेटहरू सञ्चालनमा रहेका छन् ।
कम्पनीका अनुसार यी आउटलेटमार्फत देशभरका ग्राहकलाई अन्तर्राष्ट्रियस्तरका घडी तथा लाइफस्टाइल उत्पादनहरू सहज रूपमा उपलब्ध गराइँदै आएको छ ।
नेपालमा टाइटन ब्राण्ड सन् २००४ मा भित्रिएको थियो । टाइटनले घडी, स्मार्ट वाच, फेसन एक्सेसरिज तथा लाइफस्टाइल उत्पादनहरूको क्षेत्रमा आफूलाई एक भरोसायोग्य ब्राण्डका रूपमा स्थापित गर्न सफल भएको कम्पनीको दाबी छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?







प्रतिक्रिया