कांग्रेस फुट्यो, फुटाइयो : शंशाक कोइराला

लोकपथ
0
Shares

काठमाडौं । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा. शशांक कोइरालाले पार्टीलाई एकतावद्ध बनाएर अघि बढ्न ढिला गर्न नहुने बताएका छन् ।

आइतबार कांग्रेसको संस्थापन इतर समूहले गरेको भेलालाई सम्बोधन गर्दै व्यवहारिक रुपमा कांग्रेस फुटिसकेको जिकिर गरे ।

आफू आज लामो समयपछि विराटनगरस्थित कोइराला निवास गएको तर पार्टी फुटको अवस्थामा पुग्दा आँशु खसेको समेत बताए । कोइरालाले निर्वाचन आयोगदेखि अदालतसम्मले पार्टी टुक्रा बनाएको आरोप लगाए ।

‘म आज कोइराला निवास गएँ, आँखाबाट आँशु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,’ कोइरालाको भनाइ थियो, ‘अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन ।’

०४८ साललाई स्मरण गर्दै उनले त्यसबेला गिरिजाप्रसाद कोइरालाले ठूलो परिवर्तन गरेको बताए । साथै गिरिजाप्रसादका कारण कांग्रेस परिवर्तनको पक्षमा उभिएको तर गगनले कांग्रेसलाई एक्लै अघि बढाउन सक्छन् ? भन्दै प्रश्न गरे ।

‘०४८ मा गिरिजाप्रसाद कोइरालाले ठुलो परिवर्तन गर्नुभयो । कांग्रेस नै परिवर्तनको पक्षमा उभिएको थियो,’ उनले भने, ‘के गगन थापाले एक्लै पार्टी चलाउन सक्नुहुन्छ ? ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?