यी सेलिब्रिटी जसले यो वर्ष घरजम गरे (भिडियो रिपोर्ट सहित)

रामजी बलामी/काठमाडौं- वर्ष २०७७ हामीबाट बिदा हुने तरखरमा छ । यतिवेला हामी वर्ष ०७७ को समीक्षा र नयाँ वर्ष २०७८ को स्वागतका लागि तम्तयारी अवस्थामा छौँ । यो वर्ष केही सेलिब्रिटीले वैवाहिक सम्बन्ध गाँसेका छन् । ती हुन् ।

निशान भट्टराई/ऋचा न्यौपाने

गायक निशान भट्टराईले प्रेमिका ऋचा न्यौपानेसँग कानूनी विवाह गरे । यो जोडीले २७ साउनमा वैवाहिक सम्बन्ध गाँसेका हुन्।

दुई वर्षदेखि प्रेम सम्बन्धमा रहेका निशान र ऋचाले सर्वोच्च अदालतका अधिवक्ता रमेश हुमागाईंको रोहवरमा विवाह गरेका हुन् । ऋचाले लाहुर जाने रेल बोलको गीतमा निशानसँग अभिनय गरेकी थिइन् । निशान युवापुस्ता माझ लोकप्रिय गायक हुन् ।

उनको शुभ लव, के माया लाग्छ र, माया पिरिम, भिजिट भिसामा, ओई भुन्टी, तिमीलाई देखेपछि, लाहुर जाने रेल जस्ता गीतहरु चर्चित छन्।

अर्जुन पोखरेल/दुर्गा खरेल

लोकप्रिय संगीतकार अर्जुन पोखरेल र गायिका दुर्गा खरेलबीच यसै वर्ष विवाह भयो । उनीहरुले लामो समयदेखिको प्रेमलाई १९ असारमा विवाहमा परिणत गरेका हुन् । दुर्गा र अर्जुनले काठमाण्डौको एक मन्दिरमा आफन्त र साथीभाइको उपस्थितीमा बिहे गरेका हुन् ।

संगीतकार अर्जुन चितवनका हुन् भने गायिका दुर्गा झापाकी । अर्जुनले काठमाण्डौको पुतलीसडकमा अनुराग संगीत पाठशाला संचालन गर्दै आएका छन् । अर्जुन र दुर्गाबीच यही पाठशालामा पहिलो भेट भएको थियो । संगीत सिक्ने सिकाउने क्रममा दु्वैबीच माया बस्यो । नेपाली रियालिटि शो नेपाली ताराबाट सांगितिक क्षेत्रमा प्रवेश गरेकी दुर्गाले थुप्रै आधुनिक एवं चलचित्रका गीतहरु गाएकी छिन् । दुर्गाले अर्जुनको संगीतमा पनि स्वर दिएकी छिन्।

उनीहरुका थुप्रै गीतहरु चर्चित छन् । बलिउड अभिनेत्री सन्नी लियोनीले आइटम नृत्य गरेको गीत सन्नी हो नाम बोलको गीतमा पनि अर्जुन र दुर्गाले सहकार्य गरेका थिए ।

श्वेता खड्का/विजयन्द्रसिंह रावत

नायिका श्वेता खड्काले यसै वर्ष लगनगाँठो कसिन् । उनले प्रेमी विजयन्द्रसिंह रावतसँग २२ मंसिरमा विवाह गरेकी हुन् । उनीहरुले इष्टमित्र र आफन्तमाझ हिन्दू परम्परा अनुसार विवाह गरेका हुन् ।

श्वेताका दुलाहा विजयन्द्रसिंह रावत धनगढीबासी ह्न् । घरका कान्छा छोरा उनी व्यापारिक घरानाका हुन् ।
श्वेताको यो दोश्रो विवाह हो । यसअघि उनले २३ असार २०७१ मा अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी थिइन् । विवाहको एक महिनापछि श्रीकृष्णको उपचारका क्रममा मृत्यु भएको थियो ।

कहाँ भेटिएला फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी श्वेताले आधा दर्जनभन्दा बढी सिनेमामा अभिनय गरेकी छिन् ।

अन्जु पन्त/थिर कोइराला

गायिका अन्जु पन्तले पनि यसै वर्ष वैवाहिक सम्वन्ध गाँसेकी छन् । गायिका अन्ज् र थिर कोइरालाले एक वर्षदेखिको प्रेम सम्वन्धलाई विवाहमा परिणत गरेका हुन् । पन्तकी दुलाहा कोइराला इलामका हुन् । उनीहरुले परिवारका सदस्य र सिमित आफन्तमामाझ पाटन चर्चमा विवाह गरेका हुन् । उनीहरुबीच करिब ६ वर्षअघि नेपाल टेलिभिजनमा भेट भएको थियो ।

अन्जुको यो दोस्रो विवाह हो । उनी र संगीतकार मनोजराजबीच झण्डै १० वर्षअघि सम्वन्ध विच्छेद भएको थियो । पन्तकी एक छोरी छिन्।

रमेश प्रसाँई/नन्दा सिंह

गायक रमेश प्रसाई पनि यसै वर्ष विवाह बन्धनमा बाँधिए । रमेशले कालीकोटकी समाजसेवी नन्दा सिंहसँग लगनगाँठो कसेका हुन् । उनीहरुले तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गरेका हुन् । धरानमा आयोजित विवाह समारोहमा दुवै तर्फका नजिकका आफन्त र केही सञ्चारकर्मी मात्रै सहभागी थिए ।

रमेशले गाएको रिंकेबुङको राँगो बोलको गीत निकै चर्चित बनेको छ । ‘पब्लिक स्पिकर’ का विजेता समेत रहेका रमेश राम्रो वक्ता मानिन्छन् । नन्दाले भने काठमाडौंमा बालआश्रम चलाउँदै आइरहेकी छन् ।

प्रस्तुत छ, यसै विषयमा तयार पारिएको भिडियो सामग्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?